logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    एनसीडब्लुएफ पुनः सक्रिय


    २३ फाल्गुन २०७३ , सोमबार

    एनसीडब्लुएफ पुनः सक्रिय

    लुम्बिनीखबर
    भैरहवा, फागुन २१ । बालबालिकाको क्षेत्रमा काम गर्ने नेपाल बालकल्याण संस्था (एनसीडब्लुएफ) पुनः सक्रियतापुर्वक काममा लाग्ने भएको छ ।

    समाजसेवी क्या. खेमबहादुर थापाको अध्यक्षतामा ०५६ सालमा भैरहवामा मुख्य कार्यलय रहनेगरी  स्थापना भएको उक्त संस्था पछिल्लो समय सुस्ताएको थियो ।  अनाथ, असाहय, संरक्षणविहीन, सडक बालबालिका, कारागार बालबालिका, सर्कस बालबालिका, बालअधिकारबाट वञ्चित बालबालिका र बेचिएका बालबालिकाको उद्दार, संरक्षण गर्ने उद्देश्यले स्थापित उक्त संस्थाले उद्देश्य अनुसार काम नगरेको भन्दै टिका टिप्पणी आएपछि संस्थाले साधारण सभा र अधिवेशन नै गरी अब संस्थाको उद्देश्य अनुसार सक्रियता पूर्वक लाग्ने प्रतिबद्धता जनाएको हो ।

    एनसीडब्लुएफ जेल चिल्ड्रेन, नाइट सेल्टर, सकर्स चिल्ड्रेन, कन्फील्क्ट भिक्टम, बुटवल डे केयर, डिफ चिल्ड्रेन जस्ता परियोजना सन्चालन गर्दै आएको थियो । विगतका वर्षमा नेपालकै नमुना संस्थाको रुपमा स्थापित भइसकेको उक्त संस्था पछिल्लो समय सुस्ताउनुको मुख्य कारण सन्चालक समिति सदस्य बीचको आपसी मनमुटाव नै रहेको देखिन्छ ।

    नेपाल सरकारको राष्ट्रिय शिक्षा पुरस्कार, अमेरिकन एम्बेसीबाट हिरो एक्टिङ इन मोर्डन डे स्लेभरी अवार्ड समेत प्राप्त गरेको संस्थाका भवनहरु अहिले भाडामा लगाएर प्रशासनिक खर्च व्यवस्थापन गर्नु विडम्बना भएको सन्चालक नै बताउँछन् ।

    भैरहवामा ६ वटा भवन र जग्गा,  हेटौँडामा २ वटा भवन भएको उक्त संस्थालाई अब पहिलेकै अवस्थामा पु¥याउन सबै लागिपर्ने नव निर्वाचित पदाधिकारी तथा सदस्यले जनाएका छन् । आजका बालबालिका भोलिका कर्णधार भएकोले उनीहरुको लागी सबैको सहयोग जरुरी रहेकोले सबै पक्षसँग सन्चालकले हातेमालो गर्न चाहको पनि जनाए ।

    साधरणसभामा सहभागी समाजका प्रबुद्ध वर्गहरुले सधै आफ्नो लागि मात्रै नभएर साना बालबालिकाकोलागि सोचेमा मात्रै पनि धेरै महत्वपूर्ण काम गर्न सकिने दृष्टिकोण पनि  राखेका थिए ।

    सहभागीहरुले अबोध बालबालिका विना कारण अभिभावक विहीन हुने, कसैको उचित शिक्षा दीक्षा नहुने त कयौँ बालअधिकारबाट नै वञ्चित भएको अवस्थामा उनीहरुबाट भोलीको सुन्दर भविष्यको कल्पना गर्नु बिडम्बना हुने हुँदा त्यस्ता बालबालिकाको बारेमा अहिले नै सोचेमा भोलिको दिन राम्रो हुने जनाए ।

    वर्तमान परिवेशमा मुलुकमा बालबालिका र अनाथको नाममा  झोले संस्थाले करौडौं लुटिरहेको अवस्थामा सम्पूर्ण पुर्वाधार भएको एनसीडब्लुएफलाई सही व्यवस्थापन गरेमा मात्रै उदाहरणीय काम गर्न सकिने देखिन्छ । रुपन्देहीमा सिद्धार्थ अनाथ आश्रम लुम्बिनीरोड, अविनाश अनाथ आश्रम कोटिहवा, मायादेवी अनाथ आश्रम मणिग्राम, नेपाल सरकारकै बालगृह बुटवल लगायतका १२ भन्दा बालबालिका आश्रम रहेका छन् ।

    अवस्थामा उनीहरुबाट भोलीको सुन्दर भविष्यको कल्पना गर्नु बिडम्बना हुने हुँदा त्यस्ता बालबालिकाको बारेमा अहिले नै सोचेमा भोलिको दिन राम्रो हुने जनाए ।
    वर्तमान परिवेशमा मुलुकमा बालबालिका र अनाथको नाममा  झोले संस्थाले करौडौं लुटिरहेको अवस्थामा सम्पूर्ण पुर्वाधार भएको एनसीडब्लुएफलाई सही व्यवस्थापन गरेमा मात्रै उदाहरणीय काम गर्न सकिने देखिन्छ । रुपन्देहीमा सिद्धार्थ अनाथ आश्रम लुम्बिनीरोड, अविनाश अनाथ आश्रम कोटिहवा, मायादेवी अनाथ आश्रम मणिग्राम, नेपाल सरकारकै बालगृह बुटवल लगायतका १२ भन्दा बालबालिका आश्रम रहेका छन् ।

     अध्यक्षमा पुनः हरिओम
    यसैबीच नेपाल बाल कल्याण संस्था (एनसीडब्लुएफ) सिद्धार्थनगरको अध्यक्षमा हरिओम विश्वकर्मा पुनः दोहोरिएका छन् । शनिबार सम्पन्न वार्षिक साधरणसभा तथा अधिवेसनबाट विश्वकर्मा पुनः अध्यक्ष चयन भएका हुन् ।

    जसको उपाध्यक्षमा नरसिंह चौधरी, महासचिवमा दिलीप कुमार मल्लिक, सचिवमा सिता भट्टराइ र कोषाध्यक्षमा दिपक श्रेष्ठ चयन भएका छन् । उक्त संस्थाको सन्चालक समिती सदस्यमा धर्म बहादुर खड्का, राजेन्द्रसिंह खड्का, संगिता जि.सी, अमृता गुरुंग, ज्ञानराज उपाध्यय र रोमनसिंह रिसाल चयन भएका छन् ।

    आगमी २ वर्षे कार्यकालकोलागी चयन भएको सन्चालक समितीले संस्थाको उद्धेश्य प्राप्तिकोलागी अहं भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ । अधिवेसन तथा साधरणसभा हरिओम विश्वकर्माको सभापतित्व तथा रुपन्देहीका स्थानिय विकास अधिकारी युवराज सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.