logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    बशडिलवा शिवशमन्दिर विकाश निर्माणको पर्खाइमा


    २७ फाल्गुन २०७३ , शुक्रबार

    बशडिलवा शिवशमन्दिर विकाश निर्माणको पर्खाइमा

    सुस्मिता बस्नेत
    भैरहवा,फागुन २७ । रुपन्देही पुरानो मन्दिर बशडिलवा शिवशमन्दिर विकाश निर्माणमा सरकारले ध्यान नदिदा ओझेलमा परेको छ ।
    मन्दिरको जगमा भेटिएका इटाहरु हेर्दा पच्चिस हजार वर्ष पुराना र ऐतिहासिक रहेकोले यो मन्दिर ,यस क्षेत्रकै गरिमा वोकेको पुरानो मन्दिर भएपनि सरकारी क्षेत्रवाट यसको उपेक्षा गर्दा ओझेलमा परेका हो ।
    सिद्धार्थनगरपालिका वडा नम्वर ८ मा पर्ने यस शिवमन्दिर भैरहवावासीका लागी मुख्य धार्मिक केन्द्रको रुपमा विकास हुदै अगाडी वढेपनि सरकारी निकायहरु भने बेखवर रहेका छन् ।


    विधिवत रुपमा २०३६ साल वाट मन्दिर स्थापना गरि दैनिक पुजापाठ गदै आएको यो मन्दिरमा विवाह, ब्रतवन्ध, लाखवत्ती जलाउने , रुद्री, साधु सन्तहरुलाई वोलाएर भोजन गराउने जस्ता कार्यहरु हुदै आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
    मुख्य रुपमा शिवरात्रिको मेला लाग्ने यो मन्दिरमा हप्ताको सोमवार पुजागर्न दर्शनार्थीको घुइचो लाग्ने गर्दछ ।
    रुपन्देही,पाल्पा, नवलपरासी, कपिलवस्तु र भारतिय सिमाक्षेत्र सुनौली, नौतनवा वाट सम्म दर्शनार्थीहरु यस मन्दिरमा पुजापाठ गर्न आउने गरेको मन्दिरका पुजारी विष्णु प्रसाद पौडेल वताउछन् ।
    १ विगा ४ कठ्ठा क्षेत्रफल भएको मन्दिरमा साना ठुलागरि ८ वटा मन्दिर र धर्मशाला रहेका छन् । विभिन्न पुजापाठ गर्दा र भक्तजनहरुले चढाएको भेटि बाट दैनिक आफ्नो खर्च व्यवस्थापन गर्दै आएको यो मन्दिरको वार्षिक ५ लाखजती आम्दानी हुने गरेको मन्दिरको रेर्कडमा देखिन्छ ।


    पुरुष भन्दा महिला भक्तजन बढी आउने यो मन्दिरमा पंञ्चोपचार विधि अनुसार शिव, पार्वती र शिवलिङ्गको वैदिक विधि अनुसार पुजा गरिने मन्दिरका पुजारी वताउछन् ।
    मन्दिरमा दर्शन गर्दा र मनमा लागेको कुरा भाकल गर्दा मनोकांक्षा पुराहुने मन्दिरमै पुजा गरिरहेकी हिमावती खड्का वताउछिन् । उनले आफ्ना छोराछोरीको भविष्य उज्जवल होस ,परिवारमा सुख, शान्ति होस भनेर शिव मन्दिरमा पुजा गर्न आईरहेको समेत वताईन ।
    मन्दिर व्यवस्थापनले आधुनिक र रमणिय मन्दिर निर्माण गर्नका लागी मन्दिर परिशरमा रहेको पोखरीको विचमा शिवको मुर्ति बनाउने र मन्दिर वरिपरि हिन्दु धर्म अनुसार व्यवस्थित गर्ने सोच वनाएपनि आर्थिक अभाव हुदा यो गर्न नसकेको दुःख व्यक्त गर्दछन् ।
    गुरुयोजना बनाएर मन्दिर क्षेत्रलाई आधुनिकिकरण  गर्दै अगाडी वढने सोच मन्दिर व्यवस्थापनको रहेपनि सरकारले यसमा ध्यान नदिएको मन्दिर व्यवस्थापन समितिको रहेको छ ।
    मन्दिर व्यवस्थापन समितिका अध्यक्ष संदिप गुरुङले मन्दिरको विकासका लागी नगरपालिका,जिल्ला विकास समिति र सरकारी अन्य निकाय वाट खासै सहयोग पाउन नसक्दा सोचे अनुरुप मन्दिर क्षेत्रको विकास हुननसकेको वताउछन् ।
    बाषिकरुपमा हजारौ भक्तजनहरु आउने यो मन्दिरमा पुजारी, साधु, सन्तहरु र पुजा व्यवस्थित गर्नका लागी स्वयसेवकहरु रहेका छन् । मन्दिरको विकासको लागी गठन भएको शिव मन्दिर सञ्चालक समितिले समेत यहाको विकासका लागी पहल गरिरहेका् देखिन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.