सिद्धार्थनगर नगरपालिका वडा नं ३ निवासी अजय कुमार गुप्ता राजनीतिक व्यक्तित्व तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व उपप्रमुख बुवा रतन कुमार गुप्ता र आमा निर्मला गुप्ताका कनिष्ट सुपुत्र हुनुहुन्छ । युवाकाल देखि नै व्यापारिक क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल हुनु भएका गुप्ता सामाजिक क्षेत्रमा समेत कृयाशील व्यक्तित्व हुनुहुन्छ । तीन दशकदेखि इटा व्यवसायमा रहेका गुप्ता परिवारको व्यवसायिक प्रतिष्ठानको नेतृत्व गरिरहनु भएका गुप्ताको शैक्षिक क्षेत्रमा समेत लगानी रहेको छ । नेपाल सरकारको पश्चिमाञ्चल खेलकुद विकास समितिको पूर्व डाईरेक्टर, सिद्धार्थनगर नगर विकास समितिको पूर्वअध्यक्ष, रुपन्देही उद्योग संघको पूर्व कार्यसमिति सदस्य, घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीको पूर्व सदस्य, गौतमबुद्ध सामूदायिक मुटु अस्पतालको संस्थापक सदस्य, नेपाल भारत अवध मैत्री समाजको रुपन्देहीका संस्थापक जिल्ला अध्यक्ष रहनुभएका गुप्ता विगत १२ वर्ष देखि लुम्बिनी इटा उद्योग व्यवसायी संघमा कार्यसमिति सदस्य, कोषाध्यक्ष हँुदै हाल सचिव पदमा रहेर इटा व्यवसायीहरुको हक अधिकारको लागि संर्घषरत हुनुहुन्छ । उहाँसँग लुम्बिनीखबरको साताको सम्वादमा गरिएको कुराकानी ः

अजय कुमार गुप्ता का.स. सचिव ः लुम्बिनी इटा व्यवसायी संघ
लुम्बिनी इटा उद्योग व्यवसायी संघले व्यवसायी हकहितका लागि कस्ता कार्यहरुलाई अगाडी बढाएको छ ?
–इटा उद्योग सञ्चालनमा सरकारी नीति नियमदेखि राजस्व प्रणालीमा आउने समस्याहरुलाई समाधानका लागि हामीले निरन्तर प्रयास गरेका छौँ । व्यवसायीलाई उद्योग सञ्चालनमा आउने समस्याहरु – श्रमिक, विदेशबाट आयातित कोइला, माटो, भस्कट, वातावरण मैत्री प्राविधिकको विकासमा हामी संस्थाको तर्फदेखि व्यवसायीको स्तर वृद्धिसम्म सदैव कृयाशिल भएर अगाडि बढेका छाँै ।
यहाँले सचिव हुँदा कस्ता प्रतिबद्धता सहित लुम्बिनी इटा उद्योग व्यवसायी संघको नेतृत्व लिनुभएको थियो ?, कति पुरा गर्नुभयो र कति पुरा हुन बाँकी छन् ?
–हामी लुम्बिनी इटा उद्योग व्यवसायी संघको नव निर्वाचित भएर आएको लगभग ६ महिना भयो । यो ६ महिनामा हामीले रुपन्देही,कपिलवस्तु र नवलपरासीका इटा व्यवसायी संघसँग सहकार्य गरी इटाको गुणस्तरीयता र मुल्यमा एकरुपता ल्याउने प्रयास गरेका छौँ । नेपाल सरकारले तोकेको नयाँ प्रविधिको प्रयोगको अन्तिम चरणमा हाम्रा व्यवसायी साथीहरु पुगेका छन् । सरकारले तोकेको मुल्य अभिबृद्धि करलाई सरकारी दायरामा ल्याउने प्रसास जारी रहेको छ । इटा उत्पादनमा अति आवश्यक विदेशी कोईलाको सहज आपूर्ति र काँचो इटाको बीमाका लागि हामीले सरकारसँग पहल जारी राखेको छौँ ।
बेमौसमी वर्षाका कारण काँचो इटा नष्ट हँदा इटा व्यवसायीहरु ठुलो मर्कामा पर्ने गरेका छन् । यसका लागि रुपन्देही इटा व्यवसायी संघले के सहयोग गर्ने गरेको छ ?
–हामी बैमौसमी वर्षाका कारण वर्षेनी लाखौँ नोक्सानीमा पर्ने गरेका छाँै । यो नै इटा व्यवसायीको समस्या हो । यसको समाधानका लागि हामीले गर्ने भनेको बीमाको व्यवस्था हो । यसका लागि अहिलेको हाम्रो लुम्बिनी इटा उद्योग व्यवसायी संघले सरकार संघ बीमाका लागि जोडदार रुपमा माग गरिरहेको छ । यसको कार्यान्वयन भएमा हाम्रा व्यवसायीहरुलाई केही राहत पुग्ने थियो । यसका लागि हाम्रो संघले व्यवसायीको नोक्सानी को मूल्याङकन गरी सरकारलाई बुझाउने काम गरिरहेका छौँ । राहतका लागि समेत प्रयासरत छौँ ।
इटा उद्योगहरुमा काम गर्नका लागि बालबालिकाहरु प्रयोग भएको देखिन्छ, जुन कानुन विपरीत हो । यसको अन्त्यको लागि लुम्बिनी इटा उद्योग व्यवसायी संघले के पहल गरेको छ ?
–हाम्रा अधिकांश मजदुरहरु भारतबाट आउने गरेका छन् । उद्योगले मजदुरहरुलाई बर्षायाममा अग्रीम पेश्की दिएर बोलाउने गरेको छ । यसरी आउने मजदुरहरु परिवारका सबै सदस्य सहित उद्योगमा आउने गरेका छन् । उनीहरुको साथमा रहेका साना छोराछोरी, वृद्ध आमा बुवा, बाख्र«ा, कुखरा समेत साथमा लिएर उद्योगमा नै बस्ने गरेकाले उनीहरुको साथमा रहेका बालबालिकाहरु इटा उद्योगमा प्रयोग भए जस्तो देखिएको हो । तर रुपन्देहीका इटा उद्योगहरुले बालबालिकाहरुलाई श्रमिकका रुपमा प्रयोग गर्देनन् । बरु हाम्रो संघको पहलमा यसरी बुवाआमाका साथमा आउने बालबालिकाहरुलाई शिक्षाको व्यवस्था समेत हामीले उद्योगहरुमा मिलाउने गरेका छाँै । म यसै अवसरमा जानकारी गराउन चाहन्छु की हाम्रा सदस्य उद्योगले नेपाल सरकार उद्योग मन्त्रालयबाट समेत यही आर्थिक वर्षमा बालबालिकाका लागि शिक्षामा उचित व्यवस्थापन गरे बापत पुरस्कार समेत प्राप्त गरेका छन् ।
वातावरण मैत्री प्रविधिमा रुपन्देहीका इटा उद्योगहरुको स्थिति के रहेको छ ?
–रुपन्देहीका सबै इटा उद्योगहरुले वातावरण मैत्री फिक्स चिम्नी र जिकज्याक फायरिङ प्रविधि अपनाई सकेका छन् । इटा उद्योगहरुको हाताभित्र समेत स्वच्छ वातावरण बनाउनका लागि समेत लोकल प्रविधिको प्रयोग भएको छ । स्मरण रहोस् संघले कडा रुपमा वातावरण मैत्री उद्योग बनाउन व्यवसायीलाई बेलाबेलामा निर्देशन समेत दिने गरेको छ ।
इटा उद्योगहरुको मापदण्डका विषयमा कुराहरु उठ्ने गरेका छन् । यस क्षेत्रका इटा उद्योगहरुको मापदण्ड कस्तो रहेको छ ?
–नेपाल सरकारले तोकेको मापदण्ड अनुसार रुपन्देहीका सम्पूर्ण इटा उद्योगहरुले फिक्स चिम्नी निर्माण गरिसकेका छन् । छिमेकी जिल्लाहरुमा अझ पनि मापदण्ड विपरीत धेरै इटा उद्योगहरु सञ्चालनमा रहेकाले मानिसहरुले यस विषयमा चासोहरु राख्ने गरेका छन् । रुपन्देहीका इटा उद्योगहरुले विशुद्ध रुपमा कोइला मात्र प्रयोग गरेका छन् । तर अन्य जिल्लाहरुमा दाउरा, भुस र कागजको प्रयोग गर्ने गरेकाले आरोपहरु लाग्ने गरेका छन् । जुन नियम विपरीत हो ।
लुम्बिनी इटा उद्योग व्यवसायी संघले सामाजिक क्षेत्रमा के कस्ता कामहरु गरेको छ ?
–इटा उद्योगहरुले सामाजिक क्षेत्रका भवन निर्माणहरुमा सहयोग नगरेको कमै होला । लुम्बिनी इटा उद्योग व्यवसायी संघले समेत यस जिल्लामा निर्माण हुने स्कुल, वृद्धाश्रम, अनाथ आश्रम, मन्दिर, मस्जिद, चर्च, धर्मशाला, स्वाथ्य संस्था लगायत विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । भुकम्प पीडित, अग्नि पीडित, बाढीपीडितहरुलाई समेत सहयोग पु¥याउँदै आइरहेकोे छ । सामूदायिक विद्यालयहरु मध्येबाट रुपन्देही जिल्ला प्रथम छात्र छात्रालाई समेत वार्षिक रुपमा नगद सहित सम्मान गर्ने गरेका छौँ ।
इटा उद्योगहरुले उत्पादन गर्ने इटाहरुको गुणस्तरीयतामा एकरुपता नभएको आरोपहरु यहाँहरुलाई लाग्ने गरेको छ नि ?
– नेपालमा उत्पादन हुने इटाहरु मध्य रुपन्देहीमा उत्पादन हुने इटाहरुमा गुणस्तरीयता र एकरुपता छ । यहाँका उद्योगहरुले उत्पादन गरेका इटाहरु रुपन्देहीमा मात्र नभएर बाहिरी जिल्लाहरुमा समेत ठुलो माग रहेको छ । राजधानीदेखि पोखरा, पाल्पा, स्याङजा, गुल्मी, अर्घाखाँची, धादिङ लगायतका जिल्लामा इटाहरु पुग्ने गरेका छन् ।
अन्त्यमा ?
–नेपाल सरकारले इटा व्यवसायीहरुसँग कर मात्र असुल्न हँुदैन । इटा उद्योगहरुलाई सुविधाहरु पनि दिनुपर्दछ । ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरु अहिले सडकको समस्यामा रहेका छन् । सरकारले असुल्ने मुल्य अभिवृद्धि कर समेत अव्यवहारिक रहेकाले व्यवहारिक कर (फ्लाट टयाक्स¬¬) को व्यवस्था गर्न आवश्यक छ । यस सम्बन्धमा सम्बन्धित पक्षको यथासम्भव छिटो ध्यान जाओस् भन्ने हाम्रो चाहना छ । नेपाल सरकारले भूकम्प पश्चात ढुंगाले बनेका भवनहरु र नाली, पर्खालहरु कमजोर हुने भन्दै इटाहरु प्रयोग गर्न मातहतका निकायमा सर्कुलर जारी गरेकोले कमिसनतन्त्र र घुसखोरीका कारण यो लागू हुन सकेको छैन । मापदण्ड र इटाको प्रयोग सबै निर्माण कार्यमा प्रयोग गरी बलियो संरचना निर्माणमा सबैले पहल गर्न आवश्यक छ ।