
विष्णु गैह्रे (व्यवसायी)
बहिनी नमस्ते ! के गर्दै हुुनहुन्छ ?
–नमस्कार दिदी ! अहिले त समोसा मटर र चाउमिन बनाउँदैछु ।
जतिबेला पनि व्यस्तको व्यस्त कति काम गर्नुहुन्छ ?
–व्यस्त नभएर के गर्नु जहान छोराछोरी पाल्नैप¥यो । २÷४ पैसा नभए जीवन धान्न गाह्रो हुँदारहेछ । छोराछोरीको फि तिर्नुप¥यो, लाउन, खानप¥यो । त्यसैले जतिबेला पनि कम गर्नुपर्दोरहेछ । शुरुमा निकै दुख थियो । बजार गएर तकारी किन्न, नानाचाचाको लागि पनि २÷४ पैसा थिएन । यही पेशाबाट पहिलेको तुलनामा अहिले त निकै सुधार भएको मैले महसुस गरेकी छु ।
बिहान उज्यालो भएदेखि साँझसम्म काम गरेको ग¥यै कति बेला आराम गर्नुहुन्छ ?
–म यही पेशाबाट निकै खुशी छु । अहिले सम्म भगवानको कृपाले कुनै रोेग लागेको छैन । साँझ बिहान आरामै छ । मलाई दिउँसोमा यही काम गर्दा पनि मलाई बोझ भएको महसुस छैन । खुशीले आफ्नो पेशा गर्न पाउँदा शरीर थाकेको पनि महसुस नहुँदोरहेछ । पहिले २÷४ पैसाको जोगाड पनि कसरी गर्नेहोला जस्तो लाग्थ्यो । अहिले त आफुलाई आवश्यक पर्ने पैसाको जोहो गर्न सकेकी छु । त्यसैेले लागि मेरो लागि यही पेशा नै आराम हो ।
यतिका धेरै काम गर्दागर्दै पनि छोराछोरीको राम्रो हेरचाह गरिरहनुभएको छ, कसरी ?
–म आफ्नो पेशामा सन्तुष्ट छु । पसलमा÷होटलमा आउने ग्राहकहरु सन्तुष्ट छन् । बिहान ठीक ५ः३० बजे उठेर नित्यकर्म सकेर पसल ठीक ६ बजे खोल्छु र छोराहरुलाई चियानास्ता खान दिन्छु । उनीहरु पढ्न बस्छन् । मैले पसलतिर हेर्छु र खाना पाकेपछि ठीक ९ बजे उनीहरुलाई खाना खुवाएर स्कुल पठाउँछु । साँझमा विशेष गरी अफिस छुट्टी भएपछि (५ बजेपछि) काममा अलि खुकुलो हुन्छ र साँझको घरको काम र छोराछोरीको स्याहारसुसारमा ध्यान दिन्छु ।
अहिले गरिरहेको कामबाट दैनिक कति कमाउनुहुन्छ ?
–ग्राहकहरु धेरै हुनुहुन्छ । प्रायजसो मेरो पसलमा चिया नास्ता खानेहरुको भिडभाड नै हुन्छ । दैनिक खाना खाने कर्मचारी पनि हुनुहुन्छ । बाहिरी ग्राहकहरुलाई अर्डर अनुसार चिया नास्ता र खाना बन्छ । मोटामोटी हिसाब गर्दा ८÷१० हजार दैनिक आम्दानी हुन्छ । (बचतको हिसाब गरेकी छैन । )
यस्तो खटेर काम गर्ने हिम्मत कसरी आयो ?
–शुरुमा मेरो भाञ्जाले पसल गर्छु भनेर पसल भाडामा लिइयो । भाञ्जाले पछि पसल गर्दिन भन्नुभयो । भाञ्जाले छोडेपछि यो पसल म आफै सम्हालेँ । ५÷६ महिना सम्म म कोटिहवाबाटै आउने जाने गरेँ । छोराछोरीलाई पढाउने बेला भयो । कोटिहवाबाट हिँडेर साध्य नै भएन र आफै सटर भाडामा लिएर यहीँ बस्न थालेँ । छोराहरुलाई शुरुमा लिटल स्टारमा भर्ना गरेँ । ठूलो छोराले ४ वर्ष कोटिहवा नै पढ्यो । सानोले १ वर्षमात्र कोटिहवा पढ्यो । पछि पसल भाडामा लिएपछि यही भैरहवाको सि.बी पब्लिक हाइस्कूलमा पढ्छन् । पसल गर्दा दैनिक आम्दानी पनि हुने घरखर्च र पढाइलाई पनि थपथाप भयो । त्यसपछि झन् पसल गर्न उत्साह जागेर आयो । दैनिक आम्दानीको पैसाले सामान थप्दै गएँ । पसल गर्न झनै मन लाग्यो । मुख्यगरी मेरो प्रेरणाको स्रोत मेरो श्रीमान् नै हुनुहुन्छ ।
श्रीमानको सहयोग कत्तिको छ ?
–मलाई मेरो श्रीमान्को १०० प्रतिशत सहयोग छ । श्रीमान्को व्यवहारबाट म सन्तुष्ट छु । कहिलेकाँही २÷४ हजार चाहिँदा म श्रीमान्लाई सहयोग गर्छु । उहाँले पनि मलाई पैसा चाहियो भनेपछि दिनुहुन्छ । उहाँबाट म प्रति नराम्रो व्यवहार कहिले पनि भएको छैन । घरमा बस्दा पसलमा चाहिने आवश्यक सामान ल्याउने व्यवस्था उहाँले नै मिलाइदिनुहुन्छ । सबै कुरामा उहाँको सर्पोट छ ।
चियानास्ताको पसल अनेकथरीका मान्छे आउँछन्, कहिलेकाँही पुरुषबाट दुव्र्यवहार पनि हुनसक्छ, त्यस्ता अनुभूति भएको छ की छैन ?
–पेशा गर्दाको ४ वर्षको अन्तरालमा म प्रति कसैबाट त्यस्तो खालको कुनै नराम्रो व्यवहार भएको छैन । मलाई सम्बोधन गर्दा, दिदी, साहुनी, भाउजू, आन्टी, बहिनी भनेर सभ्य भाषाको प्रयोग गर्नुहुन्छ । अश्लिल शब्द कसैले पनि प्रयोग गर्नुहुन्न । म आफू पनि चाहिने भन्दा बढी कुरा कसैसँग गर्न रुचाउँदिन । आवश्यक कुरामा पसलमा आउने ग्राहकहरुले मलाई आदर र सत्कार गरेरै बोल्नुहुन्छ । मलाई त्यस्तो नराम्रो व्यवहारको केही अनुभूति भएकै छैन ।
त्यस्तो र्दुव्यवहार हुँदा श्रीमान्सँग भन्नुहुन्छ की नाई ?
–कहिलेकाँही आफूलाई अप्ठ्यारो प¥यो भने सबैकुरा म श्रीमान्लाई भन्छु । सबैकुरा उहाँसँग शेयर गर्छु ।
श्रीमानले के सल्लाह दिनुहुन्छ ?
–मेरो श्रीमानले मलाई पूर्ण विश्वास गर्नुहुन्छ । म शुरुदेखि नै संघर्ष गरेको मान्छे मलाई नराम्रो विचार कहिल्यै आउँदैन । त्यसैले उहाँले जे परिस्थिति परेपनि धैर्य भएर काम गर्नुपर्छ आत्तिनुहुँदैन भन्नुहुन्छ । त्यस्तो नराम्रो केहीपनि परेको छैन ।
यति धेरै काम गरिरहँदा पनि कतिबेला पनि थकित देखिनुहुन्न, जतिबेला पनि हसमुख देखिनुहुन्छ । त्यसको खास कारण ?
–वास्तवमा रिसाएर केही फाइदा छैन । म आफ्नो पेशामा सन्तुष्ट छु । रिसाएर, झोक्किएर बोल्यो भने पसलमा आउने ग्राहक पनि कोही आउँदैन । २ दिन बाँचेर पनि किन रिसाउने ? २ दिनको जिन्दगीमा सबैको प्रिय भएर बाँच्न सिक्नुपर्छ । मीठो बोल्ने मानिसका इष्टमित्रहरु पनि धेरै हुन्छन् । रिसाउनेहरुसँग कोही पनि नजिक हुन चाहँदैनन् । रिसाहाका धेरै शत्रुहरु हुन्छन् । हामी एकअर्कासँग हाँसीखुसी मिलेर बोल्नुपर्छ । हाँसिरहने व्यक्तिलाई सबैले मन पराउँछन् । वास्तवमा हाँसेर बोल्ने त मेरो बच्चैदेखिको स्वभाव हो । मेरो आमाले पनि मलाई “नानी कसैसँग नरिसाउनु रिसाउनेको भाग्य नै हुँदैन । हाँसिरहने मानिस सँधै भाग्यमानी हुन्छ” भन्नुहुन्छ । त्यसैले मलाई त थकान महसुस पनि हुँदैन र हाँसेर बोल्ने त मेरो स्वभाव नै हो ।
जीवनको उकाली ओरालीलाई कसरी सम्झिनुहुन्छ ?
–२०६२ सालमा मेरो विवाह भएको हो । विवाहपछि ४ वर्ष म पाल्पा घरमा बसेँ । त्यसपछि २०६६ सालमा श्रीमान्सँगै कोटिहवा आएँ । म कोटिहवा आउँदा मेरो श्रीमान्ले माइक्रो चलाउनुहुन्थ्यो । त्यतिबेला मलाई पैसाको दुख थियो । पछि श्रीमान्ले ऋण धन गरेर ट्रक किन्नुभयो । मैले गाई पालेँ र खेतीपाती गरेर बसेँ । त्यसपछि हामीले त्यही ट्रक बेचेर कोटिहवामा घर किन्यौँ । त्यसपश्चात हामी छोराहरुलाई पढाउनको लागि भैरहवा आयौँ । म पसलमा संलग्न भएँ । २०६८सालमा पसल गर्न थालेँ । पसलबाट राम्रै आम्दानी भयो । म यो पसल शुरु गर्दा पनि आफ्नै पौरखले गरेकी हुँ । अहिले हामीले एउटा ट्रक पनि किनेका छौँ । श्रीमान्ले अहिले ट्रक चलाउनुहुन्छ । ट्रकबाट पनि राम्रै आम्दानी भइरहेको छ । हामी दुवैको प्रयासबाट जीवन राम्रै चलेको छ । केही पैसा बैंकमा जम्मा गर्न सकेका छौँ । हामी दुवै सन्तुष्ट नै छौँ ।
महिला भएकै कारण व्यवसाय गर्दाका कठिनाइहरु के अनुभूति गरिरहनुभएको छ ?
–व्यवसायमा पुरुषको तुलनामा महिलालाई धेरै गाह्रो छ । जस्तो परिस्थिति परेतापनि सहनशील भएर अगाडि बढ्न सके सफलता हात पार्न सकिन्छ । छोराछोरी स्कूल पठाउने, पसल चलाउने, पसलमा चाहिने सामान जुटाउने सबै कठिनाइसँग जुधेर पनि अघि बढ्न सिकेकी छु । कुनै काम गर्न चाहेको खण्डमा महिलाले पनि जुनसुकै काम गर्न पनि सकिँदोरहेछ भन्ने मैले महसुस गरेकी छु । कठिन परिस्थितिलाई पनि सहज रुपले लिन थालेकी छु ।
अन्त्यमा, अबको योजना के छ ?
–अब भैरहवामा एउटा घर बनाएर छोराछोरीलाई आफ्नै घरमा राख्ने इच्छा छ । भाडामा बस्दाको अनुभव मैले धेरै सँगालेकी छु । घर बनाएपछि छोराहरुको पढाईलाई ख्याल गर्दै पसल पनि नगर्ने की भन्ने योजना छ । अरु ठूलो कुनै योजना छैन ।