
उमेशचन्द्र रिजाल
इतिहासले यो प्रमाणित गरेको छ की लोकतान्त्रिक समाजको विकास आधार समाचार र यसबाट प्राप्त हुने सूचनाहरु नै हुन् । यसैले पत्रकार हुँ भन्नेहरुले पत्रकारिता के हो ? भनेर जान्न र बुझ्न अत्यन्त जरुरी छ । विश्व पत्रकारिताको कुरालाई एकातिर पन्छाएर हेर्ने हो भने यो लेख अधुरो नै बन्नेछ । पत्रपत्रिकाहरु राज्यबाट निर्देशित हुने र त्यही अनुरुप छापिने गरेको इतिहास (चीन, रुस) को विगतलाई हेरे पुग्दछ । एकतन्त्री शासनमा पत्र पत्रिकाहरु छापिए पनि ती राज्यबाट निर्देशित थिए । अहिले पनि विश्वका धेरै देशहरुमा राज्यबाट निर्देशित पत्रिकाहरु संचालनमा आइरहेका छन् । यस्ता पत्रिकाहरुले राज्यको भावना अनुसार नै पत्रिका छाप्ने काम गर्दछन्, यसबाट दायाँ बायाँ गर्नेहरु राज्यको कोपभाजन हुन्छन् ।
पत्रकारिता आफैमा गम्भिर चुनौतीको विषय हो, र यसलाई हल्का रुपमा लिनु गम्भिर गल्ती हुन्छ । राज्यबाट निर्देशित पत्रकारितालाई एकातिर पन्छ्याएर हेर्ने हो भने राज्यबाट निर्देशित नभएका पत्रपत्रिकाहरु अराजक, स्वार्थलोलुप र एक विशेष पार्टी, समूह क्षेत्रको प्रतिनिधित्व गर्ने भए भने त्यो भन्दा ठूलो दुर्दशा अर्को हुँदैन ।
पत्रकारिता भनेको सूचना संकलन गर्ने, बनाउने अनि त्यसलाई समाचारको रुपमा प्रस्तुत गरी जनसमक्षबीच पस्कने कार्य हो । यसैले पत्रकारिता एउटा चुनौतीपूर्ण कार्य हो । समाचार संकलनको क्रममा कयौँ पत्रकारहरुले ज्यान जोखिममा राखेका छन्, ज्यान उत्सर्ग गरेका छन् । उनीहरुलाई मेरो हृदयदेखि नै साधुवाद छ ।
पत्रकारिताको खास उद्देश्य हुन्छ, जनताको सही, सत्य र तथ्यपूर्ण समाचार सम्प्रेषण आफ्नो समाज, सरकार, समुदाय एवं राष्ट्रिय एवं अन्र्तराष्ट्रिय गतिविधिको जानकारी पत्रकारिताको सबैभन्दा ठूलो दायित्व हुन्छ सत्य र तथ्य कुराहरु सम्प्रेषण गर्नु । पत्रकारिताको मर्म हो सत्य घटनालाई प्रस्तुत गर्नु । यसमा उसको विचार, राजनैतिक आस्था र भावनाको स्थान हुँदैन । पत्रकारिता व्यवहारिक र कार्यात्मक सत्य हो । पत्रकारिताको धर्म हो जनताप्रति आस्था एवं विश्वास । त्यो पनि बिना डर बिना कसैको समर्थन । विभिन्न सूचनाहरुलाई कुनै पूर्वाग्रह बिना सम्प्रेषण गर्नुपर्छ पत्रकारले । पत्रकारले कुनै प्रोपोगाण्डा, विज्ञापन, उत्तेजना र मनोरञ्जनलाई राम्ररी छुट्याउन सक्नुपर्दछ । यसबाट अछुतो भई समाचार सम्प्रेषण गर्नु पत्रकारिताको धर्म हो ।
पत्रकार कुनै पनि पार्टीको पाले हुनुहुँदैन । उसको आफ्नो आस्था, विचार र भावना कुनै पार्टी प्रति झुकाव, समर्थन हुन सक्छ तर त्यसको गन्ध पत्रकारितामा आउनुहुँदैन । यद्यपी विभिन्न विचारका लेखहरुलाई स्थान दिनुपर्दछ । समाजलाई डो¥याउने कार्य पत्रकारिताले गर्दछ । समाजप्रति उसको ठूलो दायित्व छ, धर्म छ । यसैले पत्रकारितामा देशको चौथो अंग पनि भनिन्छ । समाचार सम्प्रेषणमा आफ्नो उत्तरदायित्व, मर्यादा एवं समाज प्रतिको कर्तव्य कदापि बिर्सनुहुँदैन । मानिसहरुले पनि सम्प्रेषित समाचार तथ्यपूर्ण छ वा छैन भनेर हेक्का राख्तछन्, तर नेपाली समाज त्यो स्तरमा पुग्न सकेको छैन ।
पत्रकार को हो ? भन्ने प्रश्न आफैमा हास्यास्पद छ, किनकी पत्रकारिता कसैले पनि गर्न सक्छ । पत्रकारले नागरिकता (जनताका) कुराहरु बिना भेदभाव प्रेषित गर्दछन् । पत्रकारको समाजमा एउटा विशिष्ट भूमिका हुन्छ । असल पत्रकार दृढ अवलोकनकर्ता हुन् । उनीहरु समाजका हरेक गतिविधिहरु नियालिरहेका हुन्छन् । राम्रा, नराम्रा कामका विश्लेषण गरिरहेका हुन्छ र त्यही अनुरुप निष्पक्ष समाचार सम्प्रेषण गर्न दृढ रहन्छन् ।
पत्रकारलाई समाजबाट अलग गरेर हेर्न सकिँदैन, हुनसक्छ कुनै विषयमा उनीहरु समाज पृथक देखिन सक्तछन् समाज परिवर्तनको सन्दर्भमा । पत्रकारहरु आफ्नो भूमिका प्रति स्पष्ट हुन जरुरी छ, आफु र जनताप्रति । पत्रकार समाजबाट पृथक हुन सक्दैन पत्रकारहरु नागरिक हुन् र राष्ट्रवादी पनि । पत्रकारले समाचार सम्प्रेषण गर्दछन् र नागरिकहरु त्यसको व्याख्या र विश्लेषण गर्दछन् ।
युद्धको समय होस् वा राष्ट्रिय संकट परेका बेला होस्, पत्रकारले सूचना प्रवाह मात्र गर्दैनन्, सरकारलाई सूचना दिने कार्य गर्दछन् जुन अन्य शक्तिशाली संस्थाहरुले गर्न सकेका हुँदैनन् । सरकारको नकारात्मक वा सकारात्मक कामहरु जनसमक्ष पस्कने काम गर्दछ ।
अमेरिकी पूर्व राष्ट्रपति निक्सनले अगष्ट ९, १८७४ मा राष्ट्रपतिबाट राजिनामा दिन बाध्य भए, त्यो राजिनामाको माग कुनै विरोधीले मागेको कारण थिएन, त्यसमा पत्रकारको भूमिका थियो । यस्तो कार्य गरेका थिए, वासिङगटन पोष्टका पत्रकारहरुले ।
सत्य समाचार सम्प्रेषण गर्नु पेशेवर पत्रकारको धर्म हो, उसको ख्याति पनि त्यसैमा निर्भर हुन्छ । गलत समाचार सम्प्रेषण गर्ने प्रचलन वर्तमान अवस्थामा बढिरहेको देखिन्छ । संसारका धेरै देशका प्रसारण माध्यमहरुले गलत समाचार सम्प्रेषण गरिरहेको पाइएको छ । गलत समाचार सम्प्रेषण प्राय जसो एकतन्त्रिय मुलुकहरुमा बढी देखिन्छ, लोकतान्त्रिक मुलुक भन्दा प्रेसहरु सरकारी नियन्त्रणमा हुने हुनाले यसो भएको हो । यद्यपी लोकतान्त्रिक मुलुकमा पनि धेरै समाचार संस्थाहरु अस्तित्वमा हुने हुनाले यसको समाचार बिना पूर्वाग्रह प्रेषित हुन्छन्, तर हाम्रो जस्तो मुलुक जहाँ लोकतन्त्र संस्थागत भएको छैन, पत्रकारहरुको समाचार सम्प्रेषणमा अराजकता देखिएको छ । राजनैतिक आस्थाका आधारमा संचालित पत्र पत्रिका, रेडियो, टि.भी आदि कहिल्यै निष्पक्ष हुन सक्तैन ।
हाम्रो देशको मूल रोग भनेको नेपाली समाजमा पत्रकारिता माथिको प्रश्न चिन्ह हो । कुन समाचार ठीक ? वा बेठीक ? त्यो छुट्याउने हैसियतमा नेपाली समाज पुगेको छैन, यसैले राजनैतिक धार्मिक आस्थाका आधारमा हामीहरु समाचार प्रति आफ्नो दृष्टिकोण राख्तछौँ । यो गलत हो ।
गलत समाचार सम्प्रेषणमा के गर्ने ? भन्ने कुराको छिनोफानो गर्ने निकाय छैन । अब हामी हाम्रो देशतिर फर्केर हेरौँ ।
–नेपालमा पत्रकारहरु पत्रिका संचालकहरु राजधानी बाहिर (मोफसल) समाससचार सम्प्रेषणकर्ताहरु दयनीय अवस्थामा रहेका छन् । त्यति मात्र होइन राष्ट्रिय पत्रिका संचालकहरु डन भएका छन्, त्यसलाई उर्जा दिने जोखिममा रहने पत्रकारहरु डाउन भएका छन् ।
–विगत देखि वर्तमान सम्मको नेपाली पत्रकारिताको विश्लेषण गर्नुपर्ने किन भएको छ भने सही पत्रकारिता बिना मुलुक (देश) अगाडि बढ्न सक्तैन ।
गलत समाचार सम्प्रेषण गर्नुहुँदैन, यति छोटो विचारलाई ध्यान नदिई कुनै आस्थाका आधारमा समाचार सम्प्रेषण गर्नुपर्छ र ? के लोकतन्त्र भनेको जथाभाबी लेख्ने, अनि जति पनि पत्रिकाहरु प्रकाशन हुने हो र ? ( यो वा उ दलको )
समाजमा कैयौँ विभेद र मिलन हुन सक्तछन् र समाज समष्टिमा अन्र्तक्रियामा आधारित छ, चाहे सकारात्मक होस् या नकारात्मक । तर समाचार सम्प्रेषणको वास्तविकतालाई पत्रकारले ध्यान दिनु जरुरी छ ।
राजधानी (काठमाण्डौ) बाहिर प्रकाशन हुने पत्रपत्रिकाले भयंकर संघर्ष गर्नुपरेको तथ्य सबैका सामु छर्लङ्ग छ । तर सरकारको नीति यसमा स्पष्ट छैन । पत्रिका बाँच्नुपर्ने आफ्नो बाध्यता छ, अर्कोतिर अवलोकन गर्ने हो भने राष्ट्रिय पत्रिकाहरु विज्ञापन र सेट लेखकहरुबाट चलेका छन् । राष्ट्रिय पत्रिकाहरु आफ्नो बिक्रीबाट होइन, विज्ञापनबाट चलेका छन् । । बिना विज्ञापन, बिक्रीको आधारमा के ‘कान्तिपुर’, ‘नागरिक दैनिक’ चल्न सक्तछन् र ?हाम्रो समाज माथि हेर्ने, तल नहेर्ने मानसिकताबाट गुज्रिरहेको भान हुन्छ । राजधानी बाहिर प्रकाशन हुने कैयौँ (प्रायः धेरै) दैनिक, साप्ताहिक पत्र पत्रिकाका समाचार, लेख र सम्पादकीय, राष्ट्रिय पत्रिका भन्दा कम छैनन् ।
बाँच्न गाह्रो हुन्छ, गरीब जनताहरु ( जो बहुसंख्यक छन् ) समाचार पढ्दैनन् । समाचार सुन्ने कुरै भएन । यस्तो अवस्थामा पत्र पत्रिका हेर्ने कुरै भएन । अनि राजधानी बाहिरका पत्रपत्रिकाहरु कसरी चल्छन् त ? योे जटिल प्रश्न छ । यो प्रश्नको उत्तर राजधानी बाहिरबाट प्रकाशन हुने सम्पादक, पत्रकारहरुले जवाफ दिनु नै होला । अर्को पटक “कसरी बाँचेका छन्, मोफसलका पत्रिकाहरु ।”