
क्रमस,माधवी शर्मा, नेपाली काग्रेस उमा काफ्ले, एमाले कमला थापा, माओवादी केन्द्र
बीस बर्षको अन्तरालमा हुन लागेको स्थानिय निर्वाचनमा पुरुष उम्मेदवारको साथसाथै महिला उम्मेदवारहरु समेत प्रमुख पदहरुमा उम्मेदवारी दिने भएका छन् । संविधानमा नै नगर र गाउँपालिकाको प्रमख र उप्रमुखमा महिला उम्मेदवार अनिवार्यता गरेपछि महिला उम्मेदवारहरुको समेत राजनीतिक नेतृत्व लिन तयार भएको देखिन्छ । जिल्लाको पुरानो नगरपालिका सिद्धार्थनगरपालिकामा पनि महिला नेतृत्व अबको नगर हाँक्नका लागी आफ्नो उम्मेदवारी पार्टी नेतृत्व संग दाबी गरेका छन् । नेपाली कांग्रेसबाट माधवी शर्मा, एमालेबाट उमा काफ्ले, र एमाओवादीबाट कमला थापाको नाम अहिले चर्चामा रहेको छ । उनीहरु नगर प्रमुख र उप्रमुख मध्ये सकेसम्म प्रमुखमा दाबा राख्ने देखिन्छ भने प्रमुख नपाए पनि उपप्रमुख मा उम्मेदवारी दिनेछन् ।