कमल रायमाझी
भैरहवा,२९ चैत । शान्ति र अहिंशाको वाटो रोजेर संसारभर आफ्नो ज्ञान फैलाउन सफल भएका महामानव गौतम बुद्ध जन्मेको क्षेत्र लुम्बिनीका दुई उद्योगीहरु नेपाल उद्योग वाणिज्य महासंघको ५१ औ साधारण सभा वाट कार्यसमितिमा विजय भएका छन् ।

फोटोः धिरेन्द्र पन्त फेसवुक वाट
सिद्धार्थनगरका स्थायी वासीन्दा तथा उद्योगीहरु राजेश कुमार अग्रवाल र कृष्ण प्रसाद शर्मा नेपाल उद्योग वाणिज्य महासंघको ५१ साधारण सभावाट अत्याधिक मत प्राप्त गरि विजय भएको छन् ।
लुम्बिनीक्षेत्रमा उद्योग व्यवसायी गरि देश विदेशमा आफ्नो पहिचान बनाउन सफल भएका यि दुई अग्रवाल र शर्मा स्थानियस्तरमा मात्र नभएर राष्ट्रियस्तर मै आफ्नो पहिचानलाई संस्थागत रुपमा विकास गर्ने व्यवसायीका रुपमा चिनिन्छन् ।
प्रतिष्ठित तथा ख्याती प्राप्त व्यापारिक घराना सिद्धार्थ ग्रुपका अध्यक्ष अग्रवाल र विभिन्न सामाजिक संघ सस्था र निर्माणक्षेत्रमा कृयाशिल शर्माको विजयले लुम्विनीक्षेत्रमासमेत खुसियाली छाएको छ ।
व्यवसायीहरुको विकास र सस्थागत उन्नतीको लागी सधै क्रियाशिलरहने यी दुई व्यवसाही नेताहरु नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय समितिमा विजय हुनु खुसीको कुरा भएको भन्दै लुम्बिनीक्षेत्रका वासिन्दाहरुले खुसी व्यक्त गरेका छन् ।
शर्माले जिल्ला नगर तर्फको खुल्ला सदस्यमा विजय भएका छन भने अग्रवाल एशोसियट तर्फको सदस्य पदमा विजय भएको सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य गोविन्द ज्ञवालीले जानाकारी दिए ।
दुवै ै जनाले बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको प्यानल बाट उम्मेदवारी दिई विजय भएका हुन ।
निर्वाचनमा किशोर प्रधान र शेखर गोल्छा विच बरिष्ठ उपाध्यक्षमा कडा प्रतिस्पर्धा भैरहेको छ ।