कमल रायमाझी
भैरहवा, चैत ३१ । तराई–मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय उपाध्यक्ष तथा सासंद सर्वेन्द्र नाथ शुक्लाले मधेसी मोर्चा समानता, समाबेसी र अधिकारका लागी संघर्ष गरिरहेको वताए । उनले मधेसका जनता आत्म सम्मानका साथ नेपाली भएर अगाडी वढन चाहेकाले पनि यसको प्राप्तीको लागी आफुहरुले संघर्ष गरिरहेको वताए ।
तराई मधेस विद्यार्थी फ्रन्ट भैरहवा बहुमुखी क्याम्पसले विहिवार राखेको नया बर्ष २०७४ सालको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै पुर्व मन्त्री समेत रहेका शुक्लाले अन्याय विरुद्ध विद्यार्थीहरु एकजुट भएर लडनुपर्ने वताए । उनले लक्ष्य प्राप्ती गर्नको लागि संघर्ष गर्न समेत विद्यार्थीहरुलाई आह्वान गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै शुक्लाले अहिलको संघर्ष वर्चस्ववादी र अधिकारवादी बीचको रहेकाले यसको समाधान नभए सम्म मोर्चा लडाई समेत जारी रहने वताए । “अहिलेको संविधान अपुुरो छ, देशमा संविधान जारी गरेर मात्र हुँदैन, त्यसलाई व्यवहारमा पनि लागु गर्न सक्नुपर्छ, उनले भने । पूर्व शिक्षा मन्त्री समेत रहेका नेता शुक्लाले समाजमा रहेको विभेद विरुद्ध आवाज बुलन्द बनाउन विद्यार्थीहरुलाई आग्रह गरे ।
तमलोपाका केन्द्रीय सदस्य हजरत अलीले विद्यार्थी चेतनशील समाज भएको र राजनीति विद्यार्थी जीवनबाट सुरु हुने बताए । मधेशले आफ्नो अधिकार मागिरहेको बेला सरकारले घोषणा गरेको निर्वाचनको कुनै औचित्य नरहेको र मधेशी मोर्चाले निर्वाचन बहिष्कार गर्ने चेतावनी दिए ।
युवा नेता प्रशान्त गुप्ताले मधेशी विद्यार्थी मिहिनेती र लगनशील भएर अध्ययन गर्ने तर अध्ययन गरिसकेपछि देशको कार्यपालिका, न्यायपालिकामा समानजनक उपस्थिीति हुन नसकेको गुनासो गरे । क्याम्पस सबै विद्यार्थीहरुको साझा मन्दिर भएकोले क्याम्पसले तीन ठूला विद्यार्थी संगठनको मात्र नभई सबै विद्यार्थीहरु आवाज सुन्नुपर्ने बताए । उनले गरीब तथा विपन्न मधेशी तथा उत्पीडित विद्यार्थीहरुको शिक्षाको लागि अक्षय कोष स्थापना गर्न आहवान गरे ।
मधेशी बुद्धिजीवी समाज, रुपन्देहीका अध्यक्ष एवं प्राध्यापक त्रिभुवन बरईले शासक वर्ग उत्पीडित जनतालाई अधिकार दिने पक्षमा नरहेको र २०७३ सालमा तराई–मधेशले पाउन नसकेको अधिकार २०७४ मा पाओस भन्ने शुभकामना व्यक्त गरे ।
तराई–मधेश विद्यार्थी फ्रन्टका केन्द्रीय उपाध्यक्ष राम किशुन नायकले देशको परिवर्तन विद्यार्थीबाट सुरु हुने बताए । उनले मधेशीलाई दोस्रो दर्जाको नागरिकको रुपमा हेरिएको भन्दै दुःख व्यक्त गरे । तमवि.फ्रन्टका केन्द्रीय सदस्य सन्दिप त्रिपाठीले तमवि.फ्रन्टले निरन्तर अग्रगामी सोचका साथ रचनात्मक काम गर्दै आएको बताए ।

तराई–मधेश लोकतान्त्रिक पार्टी रुपन्देहीका उपाध्यक्ष तथा युवा नेता समाजसेवी अजय कुमार गुप्ताले संविधानले तराई–मधेशलाई अधिकारबाट वञ्चित गरेको र ती अधिकार पाउन अब संघर्ष नै गर्नुपर्ने बताए । उनले समाजको समानताको लागी मधेसीहरुले बलिदानी गरेको वताउदै अव एक पटक सवै तात्ने वेला आएको मन्तव्य व्यक्त गरे । भैरहवा क्षेत्रमा लोकप्रिय युवानेताका पहिचान वनाएका गुप्ता विभिन्न संघ सस्थामा समेत आवद्ध रहेका छन् ।
तराई–मधेश विद्यार्थी फ्रन्ट रुपन्देहीका जिल्ला अध्यक्ष मोहम्मद अलीको सभापतित्व, तमलोपाका केन्द्रीय उपाध्यक्ष सर्वेन्द्र नाथ शुक्लाको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य हजरत अलीको विशिष्ट आतिथ्यता, भैरहवा बहुमुखी क्याम्पस इकाइ कमिटी अध्यक्ष चन्दन तिवारीको स्वागत मन्तव्य तथा कार्यक्रम संयोजक जैनुद्धिन देवानको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।