चर्चामा सिद्धार्थनगरको मेयर
लुम्बिनीखबर
भैरहवा, वैशाख ३ । राष्ट्रिय गौरवका आयोजनाहरु गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, भैरहवा बुटवल छ लेन सडक, विशेष आर्थिक क्षेत्र र दर्जर्नौ महत्वपुर्ण परियोजनाहरु सन्चालित भैरहवा शहर अन्तराष्ट्रिय रुपमै महत्वपूर्ण शहर हो । विश्व पर्यटनको केन्द्र लुम्बिनीको प्रवेशद्वार, पैदलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने नेपाल भारत सीमा क्षेत्र बेलहियाको प्रारम्भ विन्दु भैरहवामा करिब २० वर्ष सम्म कर्मचारी तन्त्रमार्फत अन्य नगरमा जस्तै विभिन्न परियोजना र आयोजनाहरु सम्पन्न भए ।
दशकाँै सम्म पन्चहरुले राज गरेको सिद्धार्थनगरमा पन्चायत छदँै पनि धेरै मान्छेहरुले संघर्ष गरे । रुपन्देही जिल्लाकै सबैभन्दा पुरानो नगरपालिका सिद्धार्थनगर नगरपालिका रहेको यस शहरको राजनीतिक नेतृत्वले राष्ट्रिय रुपमा ठूलो प्रभाव पार्दछ । सरकारले घोषणा गरेको बैशाख ३१ को निर्वाचनलाई लक्षित गरेर दलहरुले चुनावी कार्यक्रम र उम्मेदवार पनि सार्वजनिक गरिरहेका छन् । नेकपा एमाले र कांग्रेसले भैरहवामा नै क्षेत्रीय स्तरका ठूला चुनावी आमसभा सम्पन्न गरिसकेका छन् । कांग्रेस, एमाले र माओवादीले ठूला ठूला आमसभा गरिरहँदा मधेसी मोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने घरदैलो कार्यक्रमलाई व्यापकता दिएको छ ।

महेन्द्र कुमार श्रेष्ठ (कांग्रेस) डा. रामप्रसाद बस्याल (एमाले) फैज अहमद खाँ (मा.केन्द्र)
मोर्चाको केन्द्रिय नेतृत्वले निर्वाचन बहिष्कार गर्ने र तल्लो तहका नेताले निर्वाचनमा सहभागी हुने भनिरहँदा आसन्न निर्वाचनमा सिद्धार्थनगरमा एमाले, कांग्रेस, राप्रपा र माओवादीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । सिद्धार्थनगरको मेयरमा एमालेबाट पुष्पान्जली उपाध्यय, हरि प्रसाद अधिकारी, डा. रामप्रसाद बस्याल, ज्ञान देव हटुवाल लगायतको नाम चर्चामा आएतापनि हरि प्रसाद अधिकारी र डा. रामप्रसाद बस्याल मध्ये एक जनाले मेयरको टिकट पाउने निश्चितता बढेको छ । यसैगरी कांग्रेसबाट दिपक क्षेत्री न्यौपाने, ओमकुमार श्रेष्ठ, मातृका यादव , महेन्द्र कुमार श्रेष्ठ, सुरेन्द्र थापा, दिलिप धितालको नाम चर्चामा आएको छ । सो पार्टीबाट पनि अन्ततःगोत्वा दिपक क्षेत्री न्यौपाने र महेन्द्र कुमार श्रेष्ठ मध्ये एकजनाले मेयरको टिकट पाउने निश्चितता देखिएको छ ।
त्यसैगरी माओवादी केन्द्रबाट मनिस कुमार जोशी, फैज अहमद खाँ, कमला थापाको नाम चर्चामा आएको भएता पनि अन्ततः मनिस कुमार जोशी र फैज अहमद मध्ये एकजनाले मेयरको टिकट पाउने भएका छन् । यसैगरी सिद्धार्थनगरमा अर्को प्रतिस्पर्धी दल राप्रपाबाट सागर राणाको विकल्पमा कुनैपनि उम्मेदवार देखिएको छैन । राणा नै राप्रपाको मेयरको उमेदवार हुने निश्चितता छ । त्यसैगरी मधेसी मोर्चा चुनावमा भाग लिएमा साझा उम्मेदवारको रुपमा अजय गुप्तालाइ मेयरको उमेदवार बनाउने तयारी थालेका छन् ।
यसरी औद्योगिक व्यापारीक शहर सिद्धार्थनगरको मेयरमा उद्यमी व्यवसायीहरुको उमेदवारीको चर्चाले महत्व पाएको छ । एमालेका उमेदवारहरु मध्ये बलिया देखिएका डा. रामप्रसाद बस्याल, कांग्रेसका महेन्द्र कुमार श्रेष्ठ, माओवादीका फैज अहमद खां र मधेसी मोर्चाका अजय गुप्ताको मुख्य पेशा व्यवसाय र गौण पेशा राजनीति हो ।
राजनीतिक नेता कार्यकर्ता जीवनभर सबै छाडेर राजनीति गर्ने तर चुनावको मुखमा टिकट पाउने बेलामा उद्यमी व्यवसायीले पाउदा के असर गर्ला ? दलहरुले चुनावी परिणाम आफ्नो पक्षमा पार्न के तिनै नेतालाई टिकट देलान त ? त्यसैको सेरोफेरोमा रहेर लुम्बिनीखबरले व्यवसायीक पृष्ठभूमिका नेता भएता पनि राजनीतिमा पनि सक्रिय ती नेताहरुले जित्ने आधारको विश्लेषण गर्दै तयार पारेको रिर्पोट ः
महेन्द्र कुमार श्रेष्ठ
मेयरको उमेदवारको आकांक्षी (कांग्रेस)
भैरहवाका संघसंस्थाको नेतृत्वको चर्चा चल्दा सबै भन्दा अग्रपंक्तिमा आउने नाम हो महेन्द्र कुमार श्रेष्ठ । गुल्मीमा जन्मेर रुपन्देहीको भैरहवालाई कार्यथलो बनाएका उनी रणनीतिक र कुटनीतिक क्षेत्रमा अब्बल व्यक्तित्वको रुपमा भैरहवामा स्थापित भइसकेका छन् । कांग्रेसको कुनै पनि पदीय जिम्मेवारीमा नभएता पनि सबै किसिमका चुनाव, आमसभा तथा अधिवेशन सफल पार्नकोलागि तथा कांग्रेसको स्थानिय मूल नेतृत्व होस् वा कांग्रेस निकटका विभिन्न जनवर्गिय संगठनको नेतृत्व चयनमा उनको भूमिका अहम् देखिँदै आएको छ ।
विज्ञानको विद्यार्थी एकाएक व्यापारीक क्षेत्रमा लागेपछि सफल भएका उनी भैरहवा क्षेत्रमा समाजसेवा र व्यवसायलाई एकैसाथ अगाडी बढाएका छन् । पछिल्लो समय कांग्रेसको माथिल्लो बुद्धिजीवि सर्कल एवं तहबाट आसन्न निर्वाचनमा संघसंस्थामा सक्रिय, अन्य दलको पनि मत तान्न सक्ने कांग्रेसको नेता कार्यकर्तालाई मात्र उमेदवार बनाउन दबाबमूलक सुझाव दिएपछि सिद्धार्थनगरमा श्रेष्ठले टिकट पाउने सम्भावना बलियो हुँदै गएको हो । विगत ३० वर्षदेखी भैरहवा क्षेत्रका विभिन्न संघसंस्थामा सक्रिय श्रेष्ठ कांग्रेसलाई आर्थिक समस्या पर्दा सधैँ काँध थाप्ने नेता पनि हुन् । उनले हरेक बखत सबै उद्यमी व्यसायी मार्फत कांग्रेसलाई सहयोग गर्दै आएको बताउँंछन् ।
भैरहवा शहर उद्योगी व्यवसायीको सहर भएकोले उनीहरुलाइ परेको समयमा जहिले पनि सहयोग गरेको हुदां स्थानिय निर्वाचनमा उद्यमी व्यवसायीको मत निर्णायक हुने उनको विश्वास छ । स्थानिय निकायमा विकासको मुद्दालाई प्रमुख एजेन्डा बनाएर जाने श्रेष्ठले कांग्रेसले मेयर छाडेर कुनैपनि दलसंग सहकार्य नगर्ने पनि बताए । उनले भने “सिद्धार्थनगर नेपाली कांग्रेसको सबैभन्दा बलियो आधार क्षेत्र हो । कांग्रेसको प्रतिबद्ध मत एकातिर छदैछ अर्कोतिर हामी जस्ता संघसंस्थाका नेतृत्वकर्ताको भूमिकाले पनि कांग्रेस एक नम्बरमा छ । कसैसंग सहकार्य भएमा मेयर छाडेर गर्नुहुदैंन । हामी मेयर लिएर अन्य दललाई साथमा लिएर जान पनि सक्छौँ । ”
श्रेष्ठले आफुले टिकट पाएमा जित्ने आधारहरु पनि पेश गरे उनले भने “पहिलो ःयहांका सबैजसो संघसंस्थामा कांग्रेसको दबदबा छ । म लगभग सबै संघसंस्थामा आवद्ध छु । सबैको सहयोग र सहकार्य भएमा मेरो जित सुनिश्चित छ । दोस्रोः मधेसी समुदायसंग राम्रो सम्बन्ध र सहकार्य छ । तेस्रो ः यहांँका उद्यमी व्यसायीको २ दशकदेखी नेतृत्वमा बसेर सेवा गरेको छु । चौथो ः म कांग्रेस भित्र पनि कुनै पक्षको नभइ पाटिको कार्यकर्ताको रुपमा परिचीत छु । म उमेदवार भएमा पाटिभित्र विद्रोह नआइ एकताबद्ध भइ सबै नेता कार्यकर्ता लाग्छन् । पाचौं ः सिद्धार्थनगरको बारेमा अधिक बुझेको छु । यो नगरलाई विश्व शान्ति र समृद्धिको आधार स्तम्भ बनाउने मेरो योजना छ ।
जेसीआइ सिद्धार्थ मार्फत संघसंस्थामा प्रवेश गरेका श्रेष्ठ जेसीआई सिद्धार्थको अध्यक्ष, नेपाल जेसीजको उपाध्यक्षको सफलता पुर्वक जिम्मेवारी पुरा गरेका छन् । सिद्धार्थनगर उद्योग वाणिज्य संघको २ कार्यकाल अध्यक्ष हुदैं महासंघको केन्द्रिय सदस्य,रेडक्रसमा ८ वर्ष मन्त्री भएका उनी सिद्धार्थ यातायातको स्थापना र सन्चालन, लुम्बिनी ट्रकको स्थापना सन्चालन, भैरहवामा विशेष आर्थिक क्षेत्र सन्चालन, यातयात कार्यलय भैरहवाको इकाई स्थापनामा ठूलो भूमिका रहको दाबी गर्छन् ।
०४८ सालदेखी नेपाली कांग्रेसको सक्रिय सदस्यको रुपमा पार्टिमा समेत क्रियासील श्रेष्ठले मधेस आन्दोलनको बेला भैरहवाका उद्योग धन्दामा परेको असरलाई न्यूनिकरण गर्न उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारको नेतृत्वमा मधेसी मोर्चाका नेताहरु महन्थ ठाकुरहरुलाई बसालेर सहज बातवरण बनाउन समेत भूमिका खेलेका थिए । सिद्धार्थनगर पछाडी पर्नुको कारण असल र दूरदृष्टी भएको नेता नहुनुले भएको तर्क गर्ने श्रेष्ठले नेपालको दोस्रो ठूलो नाका बेलहिया, विश्व पर्यटनको केन्द्र लुम्बिनीलाइ सहि उपयोग गर्ने योजना आफुसंग भएको बताउँछन् ।
ब्याडमिन्टन खेलको राष्ट्रिय खेलाडी समेत रहेका श्रेष्ठ हाल भैरहवा ब्याडमिन्टन क्लबको उपाध्यक्ष हुन् भने उनी केही दशक अगाडी भारतीय मेयर सिमेन्टको नेपाल हेर्ने एक मात्र डिलर व्यवायीको रुपमा व्यवसायमा हात समेत हालेका हुन् । यद्यपी त्यो भन्दा अगाडी उनी काग्रो व्यवसाय गर्दथे । डा. बाबुराम भट्टराइ अर्थमन्त्री छदा बेलहिया बुटवल सडक खण्डको वस्तु स्थितीको बारेमा छलफल गराई सो परियोजनालाई अगाडी बढाउन मुख्य भूमिका खेल्ने श्रेष्ठले आफुले टिकट पाए चुनाब जितेरै छाड्ने पनि बताए ।
कांग्रेस नेता गोपालमान श्रेष्ठ, खुमबहादुर खड्का, अर्जुननरसिंह के.सी, रामकृष्ण ताम्रकार, बालकृष्ण खाण र अब्दूल रज्जाकसंग निकट सम्बन्ध भएका श्रेष्ठलाइ उद्योग वाणिज्य महासंघको केन्द्रिय नेतृत्वले समेत टिकटकोलागी पहल गरिदिने देखिएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघको नेतृत्व गर्दा लुम्बिनी औद्योगिक करिडोरमा विद्यूतको नियमितता, लुम्बिनी गुरु योजनालाई अगाडी बढाउन पहल, सेजको सन्चालन, विपन्न वर्गका महिलाहरुलाई व्यवसायीक बनाउन विभिन्न सीपमूलक कार्यक्रम, उद्योग वाणिज्य महासंघको एक गाउ एक उत्पादन नीति अन्र्तगत माछा र केराको उत्पादन जस्ता महत्वपुर्ण कार्यक्रम सफल बनाएका श्रेष्ठलाई आफ्नै ससुरा कमलदीप श्रेष्ठको सहयोग पनि महत्वपुर्ण देखिएको छ । कमलदीप नेपाली कांग्रेसको रुपन्देहीका पुर्व कोषाध्यक्ष हुन् भने हाल केन्द्रीय नेतासंग सीधा सम्पर्क राख्न र प्रभाव राख्न सक्ने नेता पनि हुन् । उनी सिद्धार्थ इन्सुरेन्स, विभिन्न शैक्षिक संस्थामा सन्चालकका साथै सिद्धार्थ एफ एमको सन्चालक तथा जेसीज हाई स्कुलको सन्चालक तथा सल्लाहकार समेत हुन् ।
डा. रामप्रसाद बस्याल
मेयरको उमेदवारको आकांक्षी, एमाले
बहुदल, लोकतन्त्र र गणतन्त्र प्राप्तीकोलागी दलहरु संघर्ष गरिरहदाको क्षण र विभिन्न तहका निर्वाचनमा जनप्रतिनिधीको चयन सम्बन्धमा दशकौंदेखी चिकीत्सा पेशा मार्फत सामाजिक सेवा गरिरहेका डा. रामप्रसाद बस्याल भैरहवाको हरेक घटना परिघटनासंग जोडिने नाम हो ।
विक्रम सम्बत २०४४ सालदेखी भैरहवामा बसोबास गर्दै आएका डा. बस्याल पेशाले चिकित्सक भएता पनि राजनितीक मोर्चामा अग्रभागमा देखिदैं आएका छन् । २०३१ सालदेखी कम्युनिष्ट पार्टीमा सक्रिय रहदै आएका डा. बस्याल भैरहवा क्षेत्रका प्रतिष्ठीत उद्यमी तथा समाजसेवीको रुपमा समेत परिचीत छन् । निर्वाचन नजिकदैं जादां विभिन्न निकायले निर्वाचनको मतको सर्वेक्षण गरिरहेको बेला डा. बस्यालले भने ईतिहासमै सिद्धार्थनगरमा एमाले यसपटक सबैभन्दा बलियो देखिएको तर्क गरिरहेका छन् ।
मत सर्वेक्षणका विभिन्न पद्धती अन्र्तगत सामाजिक अवयवको विश्लेषणको आधारमा उनले त्यस्तो सर्वेक्षण गरेको बताए । २० वर्ष अगाडी नगरमा जत्ति मतदाता थिए त्यसको अहिले दोब्बर भएका छन् । आन्तरिक र बाह्य बसाइ सराइले यस्तो भएको हो । दुई दशक यता बसाई सराइ गरेर आएका मतादाताहरुले राष्ट्रियताका खातिर लडिरहेको दललाई साथ दिने उनको विश्वास छ । जुन कुरा एमालेले केही हप्ता अगाडी भैरहवामा गरेको विशाल आमसभामा स्थानिय जनताको सहभागीताको संख्याले पुष्टि गरेको उनको तर्क छ । डा. बस्यालले भने “२० वर्ष पछी हुन थालेको निर्वाचनको संघारमा आइपुग्दा सिद्धार्थनगरमा इतिहांसमै एमाले सबैभन्दा बलियो छ । यतिबेला एमालेले कसैसंग सांठगाठ गरे मेयर लिएर गनुपर्छ होइन भने एकल उमेदवार उठाउनुपर्छ । ”
डा. बस्यालले अहिलको परिस्थीतिमा पनि एमालेले मेयर छाडेर अरुसंग एलायन्स गरयो भने सिद्धार्थनगरमा सय वर्ष सम्म एमाले उभो नलाग्ने दाबी समेत गरे । उनले भने “हामीले ०५४ सालको निर्वाचनमा मेयर छाड्नु हुदैंन भनेर पार्टी कार्यलयमा तालाबन्दी समेत गरयौ तर तत्कालिन नेतृत्वले सुनेन जसको कारण हाम्रो पाटिको आधिकारीक उमेदवार उपमेयर र राप्रपाको मेयर रहनेगरी पार्टी चुनावमा गयो । चुनावमा संयुक्त प्यानलले जित्यो तर पनि एमाले कमजोर हुन पुग्यो किनकी पार्टीका नेता कार्यकर्तामा नैराश्यता छाएको थियो । स्वाभिमानी गिरेको थियो । जसको विरुद्ध जिन्दगीभरी लडियो त्यही दललाइ शिरमा चढाएर हिँड्नुपर्दा हामीलाई सह्य भएन त्यसकारण मैले तत्कालिन समयमा पनि स्वतन्त्र उम्मेदवारी दिएको थिए ।”
तत्कालिन समयमा आफुले इमान्दार कार्यकर्ताको स्वाभिमानलाइ उचो राख्न स्वतन्त्र उमेदवारी दिएको तीथो यथार्त सुनाउने डा. बस्यालले सिद्धार्थनगरमा एमालेले राम्रो र योग्य उमेदवार जो सुकैलाइ उठाएपनि चुनाव जित्ने सुनिश्चितता बढेको बताउँछन् । डा. बस्यालले यस पटकको निर्वाचनमा नेतृत्वले पुनः ०५४ सालको गल्ती दोहोराएमा त्यसको परिणाम झन खतरनाक हुने चेतवानी संकेत समेत दिएका छन् । उनी भन्छन् “म मेयर उठ्नै पर्नेछैन । मेयरको उमेदवार पाटिले जसलाई बनाउछ त्यहि स्वीकार्य हुन्छ । तर पार्टि नेतृत्वले नबुझिकन, जनताको भावनासँंग खेलबाड गरेर मेयर छाडेर अरु पदमा सम्झौता गरयो भने त्यसको खुलेर विरोध गरिनेछ । ”
एमालले मेयर छाडेर उपमेयर लिएर कुनै दलसंग सम्झौता र सहकार्यगरी चुनावी संग्राममा होमियो भने पनि एमालेको ठूलो पंक्तीले पार्टीको निर्णयको उल्घंन गर्ने उनको तर्क छ । ०५४ सालमा पार्टिलाई सचेत गराउदा पनि जबरजस्ती राप्रपा संग एलायन्स गर्दा डा. बस्याललाई स्वतन्त्र उमेदवारमा सघाउने प्रा.डा कपिल लामिछानेको प्राज्ञिक समूहको भैरहवामा त्यतिबेला भन्दा झनै पकड बढेर गएको छ ।
त्यसैगरी पछिल्लो संविधानसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ का सभासदका उमेदवार भरत कुमार पोखरेल पनि कुनैपनि हालतमा सिद्धार्थनगरमा एमालले मेयर छाड्न नहुने पक्षमा छन् । अर्कोतर्फ डा. बस्यालसंगै मेयरमा चर्चा चलेको एमालेका नेता पुर्व उपमेयर हरिप्रसाद अधिकारी पनि मेयर पद छाडेर पार्टीले कुनै दलसंग सहकार्य गरे त्यसलाई नस्वीकार्ने संकेत गरिसकेका छन् ।
यसरी डा. बस्याल, पोखरेल, लामिछाने र अधिकारी जस्ता एमालेका खम्बाहरुले पाटिेले कुनैपनि हालतमा सिद्धार्थनगरमा मेयर छाड्न नहुने दबाब सृजना गरिरहेका छन् । यदि पाटिको माथिल्लो नेतृत्वले मेयर छाडेर चुनावी सहकार्य गरेमा उनीहरुले असहयोग गर्ने र पुनः बस्यालले स्वतन्त्र रुपमा मेयरको उमेदवारी दिन सक्ने देखिएको छ । त्यो कार्यमा युवा र विद्यार्थिको ठूलो पंक्ति सहभागी हुने देखिएको छ । यसर्थ पार्टीले नेतृत्वलाइ बारम्बार सचेत समेत गराउदैं आएको बुझिएको छ ।
२०५४ सालको स्थानिय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा सिद्धार्थनगरको मेयरमा उठेका डा. बस्यालले २३ सय भन्दा बढी मत प्राप्त गरेका थिए । तत्कालिन समयमा राप्रपासंग एमालेको साठगांठ भएपछि उनीसहितको समूहले एमालेको पार्टि कार्यलयमा तालाबन्दी गर्दै विरोध समेत गरेको थियो । त्यतिबेला पार्टिको तत्कालिन निर्णय गलत भएको र कार्यकर्ताको भावना विपरित भएको निश्कर्ष निकाल्दै विरोधमा उत्रिएका अभियन्ताहरु अहिले पार्टिले त्यस्तो गल्ती नदोहोराउनेमा विश्वस्त पनि देखिएका छन् ।
२०३१ सालदेखी सक्रिय राजनीति गर्दै आएका डा.बयाल ०३५ सालतिर भूमिगत कालमा एमाले नेताहरु अष्टलक्ष्मी शाक्य, टंक कार्कीसँंगै भएर विभिन्न राजनितीक गतिविधीमा सक्रियता देखाएका थिए । प्रवासमा छँदा रामचन्द्र भट्टराई (तत्कालिन दैनिक निर्णयका सम्पादक) संगै राजनीति गरेका उनले स्व. नारायण घिमिरे (बुद्ध एयर भैरहवाका म्यानेजर दर्शन घिमिरेका वुबा) को सहयोगमा मोदनाथ प्रश्रित जेलमा छँदाको राजनीतिक गतिविधी स्मरणयोग्य रहेको जनाउँछन् । एमाले नेता प्रदीप नेपालले भैरहवाको बाबुराम अर्यालको प्रेसमा बसेर तत्कालिन समयमा भूमिगत शैलिमा गरको पत्रिकाको कम्मोजींगमा पुराएको सहयोग होस वा पन्चायत कालमा भरत मोहन अधिकारी, माधव नेपालहरुलाई आफ्नै घरमा सेल्टर दिनुको क्षण पनि सम्झिनयोग्य रहेको बताउँछन् ।
ज्ञानेन्द्र सरकारले कू गर्दा सिनपा वडा नम्बर ११ मा जनतालाई सचेत गराउदै हिड्ने क्रममा भरत पोखरेल संगै पक्राउ परी जेल गएका बस्यालले माओवादीलाइ शान्ति प्रक्रियामा ल्याउन पनि ठूलो योगदान दिएका छन् । संकटकालको बेला गोरखपुरमा रहेका प्रचण्ड (हालका प्रधानमन्त्री) , बाबुराम भट्टराईसंग वार्ता गर्न एमाले नेताहरु माधव नेपाल, विष्णु पौडेललाइ भैरहवा देखी आफ्नै सवारी साधनमा गोरखपुर पु¥याएर पुनः भैरहवा फिर्ता गरेका थिए । अत्यन्तै गोप्य रुपमा गरिएको उक्त विषयको बारेमा विमर्श साप्ताहिकले समाचार छापेपछि प्रशासनले बस्याललाई धेरै पटक यातना समेत दियो ।
रुपन्देही क्याम्पसको संस्थापक अध्यक्ष, सनसाइन उच्च माविको अध्यक्ष, बहिरा बाल विद्यालयको अध्यक्ष, जिल्ला बालकल्याण समितीको उपाध्यक्ष, लुम्बिनी नेत्र ज्योति संघको अध्यक्ष जस्तो भूमिकामा रहेर सामाजिक नेतृत्व सफलता पुर्वक निर्वाह गरेका बस्यालले एमाले सिद्धार्थनगरको उपसचिवको जिम्मेवारी पनि पुरा गरिसकेका छन् । उनी औषधी उद्योग, क्लिनीक, विभिन्न शैक्षिक संस्थाका सन्चालक मात्रै नभएर रुपन्देही एफ एमका अध्यक्ष समेत हुन् ।
हरि प्रसाद अधिकारी नगर सचिव हुँदा उनी उपसचिव रहेका थिए । लुम्बिनी नेत्र ज्योति संघमा अध्यक्ष छदां वर्षौदेखी करारमा रहेका ८० जना मजदुरलाइ एकैपटक स्थायी नियुक्ति दिएर मजदुहरुका प्रिय पात्र बनेका बस्यालले आंखा अस्पतालको आर्थिक स्रोतलाई पनि मजबुत पारेका थिए । उनी अस्पतालमा प्रवेश गर्दा करिब २ करोड रहेको बैंक ब्यालेन्स बढाएर तीन वर्षमा करिब १८ करोड पु¥याएका थिए ।
उनले आसन्न निर्वाचनमा एमालेले मेयरको टिकट दिए चुनाब जितेरै छाड्ने आधार समेत प्रस्तुत गरे । उनले आफ्ना जीतको ५ आधारहरु प्रस्तुत गरे । पहिलोः सिद्धार्थनगरमा मैले दशकौंदेखी हजारौं मानिसहरुको स्वास्थय उपचार गरिरहकोछु । विशेषतः मध्ययम र निम्न वर्गिय मानिसहरुको उपचार गर्नेक्रममा कयौंको निशुल्क पनि गरेको छु । तीनिहरुले मलाई अत्यन्तै विश्वास र माया गर्छन । दोस्रोः मैले सामाजिक काम र सहयोग गर्ने क्रममा सबै व्यक्तिलाइ सहयोग गरेको छु । पाटिका सबै तहका कार्यकतांसंग प्रगाढ सम्बन्ध छ । तेस्रो ः अन्य पार्टीका नेता कार्यकर्तासंग सुमुधुर सम्बन्ध रहेको छ । चौथोः पारिवारीक हिसाबले करिब ४ सय मतादाता रहेको जयसवाल परिवारसंग भएको पारिबारीक सम्बन्धले सहयोग पुराउछ । पाचौं ः करिब ४ दशकदेखी पार्टिमा सक्रियता , निरन्तरता र मेहनतले जित्ने विश्वास बढाएको छ ।
फैज अहमद खां
मेयरको उमेदवारको आकांक्षी (माओवादी केन्द्र)
भैरहवामा सफल व्यसायीको रुपमा परिचीति फैज अहमद खां माओवादीले भूमिगत राजनीति गर्दा देखिनै पार्टीमा सक्रिय देखिन्छन् ।
२०५८ सालमा पाटिको सदस्यता लिएका उनले स्वर्गीय रमेश यादव (सांसद सोनिया यादवका श्रीमान) , देवेन्द्र पाण्डे र विनोद उपाध्ययसंँग मिलेर पार्टीको आन्दोलनलाई भूमिगत तथा खुल्ला राजनीतिमा सफल पार्न ठूलो भूमिका आफ्नो पनि रहेको बताउँछन् । भैरहवामा पार्टी विस्तारमा मुख्य भूमिका खेलेका खां आफ्नै पसललाई पार्टीको सम्पर्क कार्यलयको रुपमा अगाडी बढाउँदाको क्षण अविस्मणीय भएको बताउँछन् ।
द्वन्द्धकालमा पार्टीलाई ठूलो सहयोग गरेका उनी हाल मुश्लिम मुक्ति मोर्चाको केन्द्रिय सदस्य तथा रुपन्देही जिल्लाको अध्यक्षको रुपमा जिम्मेवारी पुरा गरिरहेका छन् । भैरहवामै जन्मी हुर्कि, यहि पढेको कारण भैरहवा क्षेत्रमा ठूलो नेटवर्क भएको बताउने खां भानु माविको अध्यक्ष भएर महत्वपुर्ण काम समेत गरेका छन् । सो विद्यालयको भवन तथा गेट निर्माणमा ठूलो भूमिका खेलेका उनी अटोमोबाइल्स, इलोक्ट्रोनिक्स र होटल क्षेत्रमा लगानी गरेका छन् । गौतमबुद्ध सन्देशका लगानी कर्ता समेत रहेका खां इलोक्ट्रोनिक्स व्यवसायको आयत गर्ने भैरहवाको पहिलो व्यवसायी हुन् ।
सिद्धार्थनगरमा पार्टी संगठनको विस्तारमा महत्वपुर्ण भूमिका देखि लिएर पाटिको हरेक कार्यक्रमलाई पुराएको सहयोगको कारण आफुले मेयरको टिकट पाउने उनको दाबी छ । उनी भन्छन् “यस नगरमा भूमिगतकालमा पार्टी विस्तारमा मैले पु¥याएको योगदान सबै नेतालाई राम्रो संग थाहा छ । अर्कोतिर म स्थानिय पनि भएकाले मैले अन्य दलमा आस्था राख्नेहरुको पनि मत तान्ने र मधेसी मुश्लिम समुदायको पुर्ण सहयोग हुने हुनाले पार्टीले मेरो नेतृत्वमा स्थानिय निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने आधार प्रशस्त देखिन्छ । ”
कुल मतदाता मध्ये करिब १० हजार मुश्लिम मतदाता रहेको सिद्धार्थनगरको स्थानिय निर्वाचनमा ५० प्रतिशत मत मुश्लिमको मात्रै आएपनि आफ्नो जीत सुनिश्चित भएको उनको दाबी छ ।
अहिले समाबेशी र स्थानिय निर्वाचनको मुद्धा माओवादी केन्द्रको भएको हुदां कुनैपनि दलसंग तालमेल गर्नु जरुरी नभएको उनको तर्क छ । सिद्धार्थनगरको विकास पहिलेका नेताहरुबाट हुन नसक्ने हुदां नगरलाई उपमहानगर बनाउन, लुम्बिनीसंग जोडेर विकास गर्न आफुसंग पर्याप्त भिजन भएको उनी दाबी गर्छन् । नगरमा विद्यमान पार्किङ समस्या, सार्वजनिक शौचालयको समस्या समाधान गर्नेदेखी लिएर विभिन्न योजना मार्फत नगरलाई मुलुककै नमूना बनाउन आफ्नो प्रयास रहने उनको भनाई छ ।
पार्टीमा अहिले प्रचण्डपथ मात्रै रहेको हुँदा जो सुकै उमेदवार भएपनि पाटिको सिंगो पंक्ति एक भएर आधिकारीक उमेदवारलाई चुनाव जिताउन लाग्ने पनि उनले बताए । पार्टीका केन्द्र देखी स्थानिय नेता कार्यकर्तासंग राम्रो सम्बन्ध भएका फैजलाई टिकट दिलाउन विशेषतः पार्टीका जिल्ला इन्चार्ज हकिकुल्लाह खां को सहयोग हुने देखिएको छ । हकिकुल्लाहको अतिरिक्त टंकमणी बन्जाडे, एमएस शर्मा, मातृका यादव, विनोद उपाध्ययसंग निकट मानिने खां ले पार्टी भित्र धेरै आकांक्षी भएता पनि आफुले टिकट पाएमा चुनाव माओवादी केन्द्रको पक्षमा पारेरै छाड्ने विश्वास व्यक्त गरे ।
फैजले सिद्धार्थनगरमा माओवादी केन्द्रले चुनाव जित्नेमा धेरै आधार प्रस्तुत गरेका छन् । पहिलो ः अहिले मुलुक नै माओवादी केन्द्रमय भएकोले जनताले स्थानिय तहमा माओवादीको परीक्षण गर्ने हेतुले मतदान गर्नेछन् । दोस्रो ः आफु यहीँ जन्मी, हुर्की पढेलेखी अगाडी बढेकोले धेरैजनासंग घुलमिल भएको हुँदा धेरैको मत आउनेछ । तेस्रो ः सिद्धार्थनगरमा मधेसी र मुश्लिम समुदायको मत निर्णायक भएकोले सो समुदायकै व्यक्ति आफु भएको हुदां उनीहरुको सहयोग उल्लेखनीय रहनेछ । चौथो ः पार्टी भित्रको अथक र निरन्तर योगदान एवं सहयोगको कारण टिकट पनि पाउने र निर्वाचन पनि जित्ने छु ।