लुम्बिनीखबर
भैरहवा, वैशाख २१ । महामानव गौतम बुद्धको जन्मस्थान लुम्बिनीको प्रचार प्रसारमा देश विदेश पुगेर बुद्ध र लुम्बिनी फोटो प्रदर्शनी गरिरहेका वरिष्ठ पत्रकार चेतन पन्तले यही बैशाख २६ गते लुम्बिनीमा पुनः फोटो प्रर्दशनी गर्ने भएका छन् ।

२६ गते बिहान लुम्बिनीको थाई भिजिटर सेन्टरमा लुम्बिनी र बौद्ध क्षेत्रहरुको विषयमा फोटो प्रदशनी हुने लुम्बिनीमा रहेको थाई विहारले जनाएको छ । वरिष्ठ पत्रकार पन्तद्वारा निर्मित्त ड्रिम ल्याण्ड अफ पिसेस नामक डकुमेन्ट्री समेत अनावरण हुने आयोजकले जानाकारी दिएको छ । नेपालका लागी थाई राजदुतले डकुमेन्ट्री अनावरण गर्ने भएका छन् ।
अनावरण गर्ने डकुमेन्ट्रीमा लुम्बिनी र शान्तिको विषयमा व्याख्या गरिएको छ । जसले शान्ति र लुम्बिनीको प्रचारमा मुख्य भुमिका खेल्ने समेत बताईएको छ । थाई विहार र शुवर्णमुनी प्रतिष्ठानको आयोजनामा हुन लागेको यो फोटो प्रदशनीलाई देश विदेशमा समेत पु¥याईने छ ।
विगत एक दशक देखी लुम्बिनी र शान्तिको अभियानका रुपमा लागेको वरिष्ठ पत्रकार पन्त अहिले सम्म अमेरिका, थाईल्याण्ड, चीन, मलेसिया, बर्मा, श्रीलंका, हंङकङ र भियतनाम सम्म पुगेर महामानव गौतम बुद्धको जन्म स्थान लुम्बिनी र नेपालको विषयमा विभिन्न कार्यक्रम गरिसकेका छन् ।
लुम्बिनी र यस आसपास क्षेत्रमा समेत पन्तले विकासका लागी अभियान चलाउने गरेका छन् । उनि हिमाल र लुम्बिनी देखिने संसारको एकमात्र ठाउँ पाल्पाको बल्ढेङगढी दरवार सम्म पुगेर यसको प्रचार प्रसारमा सहयोग गरेका छन् ।
उनको अभियानमा उनका भाई शम्भु पन्त र सहयोगी दिपक परियारको समेत सधैँ साथ रहेको उनले बताउने गरेका छन् । रुपन्देहीका पुराना पत्रकार पन्त समाजसेवा समेत उत्तिकै जागरुप रहेको देखिन्छ । उनले स्थानिय स्तरमा हुने विकास निर्माण देखी धार्मिक कार्यक्रम हरुमा समेत सहयोग पुराउदै आएको पाईन्छ ।
आफ्नो पाँच भाई मध्यका जेठा चेतन पन्त अहिले पनि परिवार भित्रको सामिप्यता र पारिवारिक सम्बन्धलाई सधै शान्तिमय बनाउने गरेका छन् ।