भैरहवा, बैशाख २२ । राजनितिक आस्थाका कारण रुपन्देही प्रहरीले अहिले माओवादी केन्द्रका कार्यकर्तालाई दुव्र्यवहार तथा बिना कारण पक्राउ गर्न थालेको छ ।
प्रहरीको यहि कारण माओवादी केन्द्रका नेता कार्यकर्ताहरु त्रासमा राजनिति गर्नु परेको माओवादी केन्द्र रुपन्देहीले जनाएको छ ।

राजनितिक व्यक्तित्व तथा सामाजिकक्षेत्रमा क्रियाशिल रामदयाल गुप्ता मन्तव्य दिदै
सामान्य विषयलाई लिएर पनि रुपन्देही प्रहरी माओवादी केन्द्र प्रति आक्रमण हुन थालेपछि अहिले पार्टीमा खैलाबैला नै मच्चिएको छ ।
पार्टीका जिल्ला तह देखी केन्द्रिय तह सम्मका नेताहरु रुपन्देही प्रहरीको पुर्वाग्रही व्यवहार प्रति आजित बनेको भन्दै गुनासाहरु समेत गर्न थालेका छन् ।
यस्तै बैसाख २० गते पनि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी रबिन्द्र धानुकको ठाडो आदेशमा पार्टीका जिल्ला सम्मेलन आयोजक समिति सदस्य तथा सिद्धार्थनगरपालिका वडा नम्वर ६ का वडा अध्यक्षका उम्मेदवार रामदयाल गुप्तालाई यस्तै अन्यायपुर्ण रुपमा पक्राउ गरि प्रहरी हिरासतमा याताना दिएको छ ।
प्रहरी हिरासतमा कठोर याताना दिएर परिवारका सदस्यलाई समेत भेटन प्रहरीले नदिए पछि माओवादी केन्द्र रुपन्देहीले विज्ञप्ती समेत निकाल्न वाध्य भएको देखिन्छ ।

प्रहरी हिरासतमा रहेका रामदयाल गुप्ता
प्रहरी हिरासतमा रहेका गुप्ताले आफ्नो वसोवास रहेको सिनपा वडा नम्वर ६ मा रहेको ६ कठ्ठा सार्वजनिक जग्गा स्थानिय कुसुम कुमारी रौनियारको नाममा जिल्ला नापि कार्यालयले फर्जी कागजात खडा गरि नामसारी गरिदिए विषयलाई लिएर जिल्ला नापी कार्यालय रुपन्देहीमा छलफल गदै गर्दा विनाकारण प्रहरी पुगेर उनलाई पक्राउ गरेको थियो ।
छलफलमा स्थानिय वासीहरुको सहभागीता रहेपनि प्रहरीले माओवादी यो हो भन्दै दुव्यवहारपुर्ण रुपमा पक्राउ गरि कुटपिट समेत गरेको प्रत्यक्षदर्शी राजु मुसलमानले बताए ।
दर्जनौको सख्यामा नापी कार्यालयमा छलफलमा पुगेका अन्य राजनितिक दलका नेता तथा समाजसेवीहरु समेत सहभागी रहेको थियो तर प्रहरीले गुप्तालाई माओवादी हो भन्दै जवरजस्ती रुपमा पक्राउ गरि कुटपिट गरेको भन्दै स्थानियहरुले विरोध गरेपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक मुद्धा दर्ता गरेको छ ।
गुप्तालाई संगै रहेका अन्य राजनितिक दलका नेताहरुलाई प्रहरीले पक्राउ नगरी घर पठाएको थियो गुप्तालाई पक्राउ पछि समेत यातना दिएको उनको परिवारिक स्रोतले वताएको छ ।
सार्वजनिक जग्गा व्यक्तिको नाममा भएको भन्दै स्थानिय पिपरहिया सेवा समाजका १ सय ६ जना सदस्यले हस्ताक्षर गरि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा समेत सार्वजनिक जग्गाको सुरक्षा गरि पाउ भनि निबेदन समेत दिएका छन् ।
यसैको विषयलाई लिएर प्रहरीले गुप्तालाई पक्राउ गर्नु र यातना दिनु संयोग मात्र नभएर राजनितिक आस्थाको कारण समेत रहेको उनका छिमेकीहरु वताउछन् ।
यस विषयलाई लिएर माओवादी केन्द्र रुपन्देहीले भत्र्सनापुर्ण बिज्ञप्त्ती जारि गर्दै आफ्नो पार्टीका जिल्ला सम्मेलन आयोजक समिति सदस्य रामदयाल गुप्तालाई स्थानिय जनता संगै रहेर सार्वजनिक जग्गा व्यक्तिको नाममा गराउने नापी कार्यालयको विरोध गर्दा प्रहरीले पक्राउ गर्नु गलत हो भनेको छ । बलपुर्वक गिरफ्तार गरी गैरन्यायीक हिरासतमा राख्नु कानुनी राज्यको उपहास भएको भन्दै माओवादी केन्द्र रुपन्देहीका ईञ्चार्ज हकिकुल्ला खाँ द्धारा हस्ताक्षरित विज्ञप्त्तीमा गुप्ताको विना सर्त तुरुन्त रिहाईको माग समेत गरेको छ ।
लामो समय देखी माओवादी केन्द्र संग आवद्ध रहेर स्थानिय स्तरमा राजनिति गरिरहेका गुप्ताको प्रहरी गिरफ्तारी कानुनी राज्यको ठाडो उपहास भएको भन्दै रुपन्देहीवासीले समेत विरोध गरेका छन् ।
राज्यले संरक्षण गर्नुपर्ने जग्गा जिल्ला नापी कार्यालय आफैले फर्जी कागजात खडा गरि व्यक्तिको नाममा गराउदा समेत आखा चिम्लिने स्थानिय प्रशासनले उल्टै राज्य र जनताको पक्षमा वकालत गर्ने एक राजनितिज्ञ तथा समाजसेवीको यसरी दुव्यर्वहारपुर्ण रुपमा गिरफ्तार गर्नु प्रहरीको दादागिरि भएको भन्दै स्थानियहरुले समेत जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।
यसरी सामान्य घटनामा पक्राउ गरि परिवारलाई समेत भेट्न नदिई हिरासतमा यातना दिनु प्रहरी प्रशासनको भेदभावपुर्ण व्यवहारको समेत विरोध भएको छ ।
पार्टी अहिले सरकारको नेतृत्व गरिरहेको छ तर उसको कार्यकर्ताहरु स्थानिय तहमा यसरी प्रहरी ज्यादतीमा पर्दा समेत केन्द्रिय तह वाट सहि अनुसन्धानमा कुनै पहल भने हुनसकेको छैन ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी बेल वहादुर पाण्डेले सार्वजनिक जग्गा व्यक्तिको नाम भएको भन्दै गुप्ताले गुण्डागर्दी गरेकाले गिरफ्तारी गरिएको वताए ।