logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    मर्चवारमा बब्लुको सक्रियता


    २५ बैशाख २०७४ , सोमबार

    मर्चवारमा बब्लुको सक्रियता

    लुम्बिनीखबर
    भैरहवा,  वैशाख २५ । । रुपन्देहीको मर्चवार राजनितीक हिसाबले अत्यन्तै महत्वपुर्ण थलो हो । यहि थलोबाट डा. के आई सिंहले राजनीति शुरु गरे र देशको प्रधानमन्त्री भए ।

     

    पन्चायतकालमा शुक्ला परिवारको राजनीतिमा दबदबा कायम रह्यो । राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ला त्यही क्षेत्रबाट प्रतिनिधित्व गर्दै बारम्बार मुलुकको मन्त्री बने र अहिले सांसद पनि छन् । सर्वेन्द्रनाथको शुक्लाको केन्द्रिय राजनीतिमा प्रभाव बढ्दै जाँदा मर्चवारमा बब्लु शुक्ला उदयीमान नेताको रुपमा स्थापित हँुदै गएका छन् ।

    शुक्ला परिवारकै जितेन्द्र नाथ शुक्ला(बब्लु शुक्ला) गत संविधान सभा निर्वाचनमा त्यही क्षेत्रबाट सभासदको उमेदवार बनेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको तर्फबाट उमेदवार रहेको उनले पार्टीका जनआधार नहँुदाहँुदै पनि २५ सय भन्दा मत प्राप्त गरेका थिए ।

    पार्टीको प्रतिबद्ध मत नभएको अवस्थामा पनि त्यति धेरै मत प्राप्त गरेर गत संविधानसभादेखी आफ्नो राजनीतिक उचाई प्राप्त गरेका शुक्लाको राजनीतिमा सक्रियतासंगै मर्चवारबासी खुसी भएको देखिन्छ ।

    शुक्ला अहिले राप्रपा र राप्रपा नेपाल एकीकरण भएपछी राप्रपाले आगामी स्थानिय निकाय निर्र्वाचनमा मर्चवार क्षेत्रमा कुनै भूमिका नदिएपछि उनले पार्टी परीत्याग गरी राष्ट्रिय जनता पार्टीमा प्रवेश गरेका हुन् ।

    अहिले पछिल्लो समय स्थानिय निकाय निर्बाचनमा कुनै सरसल्लाह समेत नगरी आफुलाई किनारा लगाउने उद्देश्य राखेको थाहा पाएपछि स्वार्थी  बेईमानहरु रहेको राप्रपा पार्टीमा रहनु भन्दा राष्ट्रिय जनता पार्टीमा प्रवेश गर्नु उचित रहेको बताए । शुक्लालाई राजपाका नेता ओम प्रकाश यादब गुलजारीले टिका, माला लगाएर विशेष समारोहकाबीच पाटि प्रवेश गराएका हुन् ।

    शुक्ला  आसन्न स्थानिय निर्वाचनमा सेमरीमाई गाउँपालिकाको प्रमुख पदमा उमेदवार हुनेछन् । बब्लुको राजनीतिक सक्रियतासंँगै उनका बुबा  तत्कालिन असुरैना गाउँ पञ्चायतका प्रधानपञ्च राजेन्द्रनाथ शुक्लाको धेरैले सम्झना गरेका छन् । राजेन्द्रनाथलाई तत्कालिन श्री ५ को सरकारले गोरखा दक्षिण बाहु पदकले समेत सम्मान गरेको थियो ।

    बब्लु राजनितिमा सक्रिय भएसंगै उनको पारीवारीक एकता पनि बढेर जाने देखिएको छ । केहि बर्षदेखी बब्लु र सवेन्द्रनाथबीच बोली बाराबारको अवस्था छ । जसको कारण बब्लुशुक्ला  र सवेन्द्रनाथ शुक्लाबीच वैमन्यस्ता बढ्दा अन्यले राजनीतिक फाइदा लिइरहेको अवस्थामा काका भतिज एकै पार्टीमा जोडिनुले मर्चवारमा पुनः शुक्ला परिवारको दबादबा बढेर जाने देखिएको छ । गत संविधान सभा निर्वाचनमा बब्लु र सर्वेन्द्रनाथ एकै निर्वाचन क्षेत्रबाट अलग पार्टीबाट चुनावी मैदानमा उत्रिएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.