कमल रायमाझी
भैरहवा, बैशाख २७ । महामानव गौतमबुद्ध जन्मस्थान लुम्बिनी र बुद्ध सर्किटको विकास संग संगै गरे मात्र नेपालले सार्थकता पाउने उपराष्ट्रपती नन्द वहादुर पुन पासाङ ले बताए ।
उनले लुम्बिनीको विकासमा मात्र राज्य अगाडी वढे यहा आउने पर्यटकहरु अपेक्षाकृत रुपमा पर्यटकिय आम्दानीको स्रोत वन्न नसक्ने धारणा राखे ।

बुद्धको जन्मस्थान लुम्बिनी,बुद्धको राजदरवार तिलौराकोट, मावली देवदह,अष्टधातु राखिएको स्थान रामग्राम,बुद्ध संग सम्बन्धीत स्थानहरु निग्लिहवा,गोटिहवा र कुदानको विकासमा पनि सरकारले ध्यान दिनुपर्ने उपराष्ट्रपती पुनले सुझाव दिए ।
अहिले लुम्बिनी आउने अधिंकांश पर्यटक आधा घण्टा मात्र वस्ने गरेको वताउदै उपराष्ट्रपती पुनले आगामी दिनमा यहा आउने पर्यटकलाई एक हप्ता सम्म राख्न सक्ने वातावरण वताउन समेत लुम्बिनी विकास कोष र सरकारले पहल गर्नुपर्ने धारणा व्यक्त गरे ।
२५६१ औ बुद्धजयन्ती तथा लुम्बिनी दिवशको उपलक्ष्यमा बुधवार लुम्बिनीको भव्य समारोह लाई सम्बोधन गर्दै समारोहका प्रमुख अथिति तथा उपराष्ट्रपती पुनले बुद्ध एक महान दार्शनिक, शान्तिका अग्रदुत रहेको बताउदै अहिंशाका पदपर्दशक रहेकाले नै बुद्ध संसारभर महान रहेको वताए ।

बुद्धको पञ्चशिललाई मात्र मार्गदर्शक गर्न सके विश्व शान्ति र अहिंसा तिर लम्कीने र आजको दिन बुद्ध जन्मेका दिन भएकाले पनि बुद्ध पुर्णीमा शान्तिको सुरुवात भएको दिन तथा महान दिन रहेको उपराष्ट्रपती पुनले आफ्नो मन्तव्यमा व्यक्त गरे ।
बुद्ध जन्मेको आजको दिन नेपालीहरुको लागी समेत महान रहेकाले विश्वभरि शान्तीका अग्रदुत जन्मीएको देश नेपालका हामी नेपाली भनेर समेत परिचित हुनु पाउदा समेत गर्वको अनुभुती हुने गरेको उपराष्ट्रपती पुनले वताए ।
संयुक्त राष्ट्रसंघका तत्कालिन महासचिव उ थान्तको सन १९६८ मा भएको लुम्बिनी भ्रमण संग सुरु भएको आधुनिक लुम्बिनीको विकास सुरुवातका कारण लुम्बिनी अन्तराष्ट्रिय जगत सम्म पुगेको वताउदै उपराष्ट्रपती पुनले महासचिव उ थान्त लाई धन्यवाद समेत दिए ।
समारोहमा लुम्बिनी क्षेत्रका सांसद कल्लेसश्वरपुरी गोस्वामीले लुम्बिनी नेपाल र नेपालीका लागी गर्व गर्ने स्थान भएकाले यसको विकासमा सवैले ध्यान दिनुपर्ने वताए ।
बौद्ध धर्मालम्वीहरु को आस्थाको केन्द्रको रुपमा रहेको लुम्बिनी पर्यटकको आर्कषण वनाउन समेत सवै लाग्नुपर्नेमा संसाद गोस्वामीले जोड दिए ।
सस्कृति तथा पर्यटन नागरिक उडयन मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीले बुद्धको सत्यतालाई संसार माझ पुराउन सहयोगको भुमिका खेलिरहेको लुम्बिनीको विकासमा नेपाल सरकारको मुख्य प्राथामिकता रहेको वताए ।
समारोहमा लुम्बिनी विकास कोषले बुद्ध र लुम्बिनीको प्रचार र प्रसारमा योगदान पुराउने विशिष्ट व्यक्तिहरुलाई सम्मान समेत गरेको छ । कोषले पर्यटन व्यवसायी विक्रम पाण्डे, चलचित्रकर्मी रमित ढुङगाना, होटल कसाईका अध्यक्ष नोबुओ काशाई “टोकुशिन”,प्रोफेशर डाक्टर रोबिन कलिहम बेलायत, प्रोफेसर डाक्टर निशिमुरा जापान, भन्ते सबोद थाइ विहार, मास्टर इन सुन चाईना विहार ,नेता गुरुकुल भिक्षु नेतेह, रोल्याण्ड युनेस्को प्रतिनिधि लाई सम्मान गरेको हो ।
२५ बर्ष सेवा पुरा गरेकी कोषकी कर्मचारी निमा शर्मालाई दिर्गसेवा पदक प्रदान गरेको छ । भने कोषले स्थानिय एक सय जना गरिव,जेहेन्दार,असाय र शहिद परिवारका विद्यार्थीहरुलाई मायादेवी छात्रबृत्ती वाट रु ५ हजार नगद सहिद प्रशंसापत्रले पुरस्कृत गरेको छ ।

बुद्धजयन्तीमा सहभागी भएका भिक्षु तथा भिक्षुणीहरुलाई समेत कोषले नगद सहिद सम्मान तथा दान प्रदान गरेको छ।
समारोहका अध्यक्ष तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष सिद्धार्थ मर्हजन तथा भिक्षु निग्रुले लुम्बिनीको अहिले अवस्था र यहाको विकासमा प्रकास पारेका थिए ।
लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनी शाक्यले स्वागत मन्तव्य राखेको थिए ।
बुद्ध जयन्तीको अवशरमा बुधवार साझ पनि कोषले २५ सय ६१ वत्ती वाली मायादेवी मन्दीरको वरिपरि दिपावली गर्ने समेत जनाएको छ ।
जापानिजको सहयोग
बद्धजयन्तीको अवसर पारेर जापानिज नागरिक तथा लुम्बिनी होटल कसाईका अध्यक्ष नोबुओ काशाई “टोकुशिन”ले व्यक्तिगत रुपमा ५ हजार जनालाई विगत वर्ष देखी नै खानाको व्यवस्था गर्दै आएका छन् । उनले यो वर्ष पनि खानाको व्यवस्था गर्नुका साथै रु १० लाख रुपैया सहयोग प्रदान गरेको लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले वताए । जापानिज नागरिक कसाईले तिलौराकोटको उत्खनन्का लागी रु २ करोड रुपैया सहयोग समेत गरेका छन् । उनले जापानमा पढनका लागी लुम्बिनी विश्वविद्यालयका एक जना विद्यार्थीलाई पाच वर्ष सम्मको निशुल्क छात्रबृत्ती समेत व्यवस्था गरेको लुम्बिनी विकास कोषले जनाएको छ । स्थानिय स्तरमा समेत बालगृह देखी अनाथलयमा यीनको सहयोग हुदै आएको छ ।