प्रंसग स्थानिय निर्बाचनको
कमल रायमाझी
भैरहवा,१० बैशाख । अहिले तराईका जिल्लाहरुमा अत्यधिक मात्रामा गर्मीमा बढिरहेको छ । यो गर्मीका बावजुत पनि दोस्रो चरणको स्थानिय निकायको निर्बाचनका लागी भैरहवा लगाएतका जिल्लाहरु तातिरहेका छन् ।
प्रदेश नम्वर ३,४ र ६ मा भएको पहिलो चरणको निर्बाचन वाट स्थानिय जनतामा देखिएको उत्साहलाई अहिले तराईका जिल्लाहरुमा समेत प्रभाव पारिरहेको छ । यसको प्रभाव संगै यहा बिभिन्न राजनितिक दलहरु अहिले चुनाबी अभियानमा दौडिरहेका देखिन्छ ।

जेठ ३१ गते हुन लागी रहेको दोस्रो तहको स्थानिय निकायको निर्वाचनमा भैरहवामा पनि ठुला राजनितिक दलहरु नेपाली काग्रेश, नेकपा एमाले र माओवादी केन्द्रले चुनावी अभियानलाई तिब्रता दिएका छन् । यसको अलवा राप्रपा,नयाशक्ती , संघिय समाजवादी फोरम लगाएतका दलहरु समेत चुनावको प्रचार प्रसारमा केन्द्रित भएका छन् ।
राष्ट्रिय जनता पार्टी नेपालले समेत पार्टीको केन्द्रीय सर्कुलर कुरेर बसेको छ । त्यस पार्टीका नेताहरुले भित्र भित्र राजनितिक प्रशिक्षण चलाए पनि सतहीमा चुनावी अभियान चलाएको भनि पाईएको छैन् ।
नेकपा एमाले र राप्रपाले भैरहवा लगाएत सिद्धार्थनगर नगरपालिकामा आफ्ना मेयर सहित अन्य उम्मेदवारहरुको टुङगो लगाईसकेको छ भने अन्य दलले पनि केहि दिन कुर्नपर्ने वताएका छन् ।
यो समाचार तयार पार्दा सम्म नेपाली काग्रेसका सिद्धार्थनगर नगरपालिकाका अध्यक्ष दिलिप धितालले यहाको मेयर र उपमेयरको टुङगो लागिनसकेको जानकारी दिदै वडा स्तरमा भने सवै उम्मेदवारहरु टुङगो लगाईसकेको बताए ।
माओवादी केन्द्रले समेत सिद्धार्थनगर नगरपालिकामा मेयर,उपमेयरको टुङगो लगाउन सकेको छैन् । केहिदिनमा जिल्ला पार्टीको जिल्ला हेटक्याटर टिम बसेर निर्णय गर्ने पार्टीका सिद्धार्थनगर नगरपालिकाका अध्यक्ष चोपलाल आर्चायले जानाकारी दिए ।
माओवादी केन्द्रले पनि वडा स्तरमा भने आफ्ना उम्मेदवारहरु टुङगो लगाई चुनावी प्रचार प्रसारलाई भने तिव्रता दिएको देखिन्छ ।

नेकपा एमालेले पनि सिद्धार्थनगरमा हरि प्रसाद अधिकारीलाई नगर प्रमुखको उम्मेदवार वनाएको छ । निर्वतमान उप्रमुख समेत रहेका अधिकारी स्पष्ट बक्ताको रुपमा परिचित रहेका छन् ।
अधिकारीका साथै उपप्रमुखमा उमा काफ्लेलाई उठाइएको छ । संगठनमा कुशल नेतृत्व दिन सक्ने महिला नेतृको रुपमा आफ्नो पहिचान बनाउन सफल काफ्ले पनि सिद्धार्थनगर नगरपालिको चुनावी मैदानमा दौडिरहेकी छिन् ।
राप्रपाले सिद्धार्थनगर नगरपालिकामा पुराना नेता तथा सिद्धार्थनगर नगरपालिकामा तिन कार्यकाल नगरप्रमुखको जिम्मेवार पाईसकेका सागर प्रताप राणालाई अगाडी सारेको छ ।
राणा पञ्चायत व्यवस्थामा दुई कार्यकाल र बहुदल पछि एककार्यकाल नगर प्रमुख भैसकेका व्यक्ति हुन । उनको समेत सिद्धार्थनगरमा राम्रो प्रभाव रहेको छ । विगतमा नगरको नेतृत्व गर्दा यहाका स्थानिय वासिन्दाको मनोकांक्षा अनुसार विकास निर्माणमा महत्वपुर्ण काम गरेका कारण नै राणाले यो निर्वाचनमा पनि राम्रो मत ल्याउन सक्ने सवैको अनुमान रहेको छ ।
राष्ट्रिय जनता पार्टीले चुनावमा भाग लिएमा यस क्षेत्रका पुराना राजनितिज्ञ तथा सिद्धार्थनगर नगरपालिकाका पुर्व उपमेयर शिवरतन गुप्ताका सुपुत्र अयज कुमार गुप्ताले सिद्धार्थनगर नगरपालिकाको मेयरमा टिकट पाउने आन्तरिक रुपमा सहमती भैसकेको समेत राजपाका जिल्ला स्तरिय एक नेताले लुम्बिनीखवरलाई वताए ।
स्थानिय स्तरमा लोकप्रिय युवानेताको पहिचान बनाईका युवा नेता गुप्ता नगरमा मधेसी, मुस्लिम , थारु र पहाडी समुदायका विचमा समेत राम्रो छबि भएका निर्विवाद नेताको रुपमा परिचित रहेका छन् ।
गर्मीको बढोत्तरी संगै तातेको भैरहवा अहिले ४१ डिग्री सेल्सीयस भन्दा माथीको गर्मीमा समेत राजनितिक चहलपहलले अझ यहाका स्थानियमा उत्साह र हौसल्लाह थपेको पाईन्छ ।
महामानव गौतम बुद्धको जन्मस्थानको मुख्य प्रबेषमार्गको रुपमा रहको सिद्धार्थनगर निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल,बुटवल भैरहवा सिक्स लेन व्यापारिक मार्ग, नेपाल कै दोस्रो धेरै राजस्व संकलन गर्ने भैरहवा भंसार कार्यालय, विशेस आर्थिक क्षेत्र र निर्माण सुरु हुन लागेको भैरहवा लुम्बिनी पर्यटकिय मार्ग जस्ता राष्ट्रिय गौरवका आयोजनाको केन्द्रबिन्दु समेत रहेको भैरहवामा कसले जनताको मत तान्न सक्ने हो । यो भने हेर्न निर्वाचननै कुर्नुपर्ने देखिन्छ ।
विकासको गतिमा फड्को मारिरहेको भैरहवा विगत केहि बर्ष देखी नमुना शहरको रुपमा समेत विकसित हुदै छ । एसियाली विकास बैंकको सहयोगमा यस नगरको मुहार नै फेर्ने गरि डुवानको न्युनीकरण, फोहोर व्यवस्थापन, सडक र नालीको निर्माणमा तिव्रता पाएको छ ।
अन्तराष्ट्रिय स्तरको सिद्धार्थ रंगशाला देखी स्कुल कलेजहरुको समेत विकास हुदै गरेको भैरहवाको भाग्य विजेता समेत यहाका जनता नै भएकाले कस्ता उम्मेदवार लाई यहाको नेतृत्वमा पठाउने हुन अवको केहि दिनमा छिनोफानो हुनेछ ।
कुल ६७ जना जनप्रतिनिधि विजय हुने यस नगरमा सयौ उम्मेदवारी पर्ने सम्भावना रहेको समेत जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले अनुमान गरेको छ ।
कुल मतदाता सख्या ३३ हजार ६ सय १५ रहेको सिद्धार्थनगर नगरपालिकामा पहाडी, मुस्लिम, मधेसी र थारु समुदायका मतदाता रहेका छन् ।
जसमा पुरुषको १७ हजार ६ सय ४७ र महिलाको १५ हजार ९ सय ९८ रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हुमानाथ गौतमले जानाकारी दिए ।
राजनिति सहमतीमा निर्वाचन भएमा यस नगरमा नेपाली काग्रेस, एमाले, माओवादी केन्द्र, संघिय समाजबादी फोरम, राप्रपा, राजपा, नयाशक्ती,जनमुक्ती पार्टी माओवादी क्रान्तीकारी र फोरम लोकतान्त्रीक दर्जन बढी पार्टीले उम्मेदवारहरु उठाउने पक्का जस्तै रहेको छ । यसको अलवा स्वतन्त्र उम्मेदवारहरुले समेत उम्मेदवारी दिने छन् ।
नगरको ४ नम्वर वडामा मिलन बस्नेतको नेतृत्वमा वडा अध्यक्ष सहित स्वतन्त्र प्यानल खडा गरिएको छ । बस्नेत २०५४ सालको स्थानिय निकायको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित वडा अध्यक्ष समेत हुन ।
व्यापारिक क्षेत्रको रुपमा विकास भएको भैरहवामा राजनितिक विकासले फडको मारेमा यहाको आर्थिक विकासमा अगाडी वढन भने त्यती गाह्रो देखिदैनन् ।