logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    कार्कीको पहलमा विद्युत


    १३ जेष्ठ २०७४ , शनिबार

    कार्कीको पहलमा विद्युत

    पाल्पाा । पाल्पाको विगट गाउको रुपमा परिचित रहेको बल्ढेङगढीमा विद्युल विस्तारका लागी पत्रकार भुवन कार्कीले पहल सुरु गरेका छन् ।
    विभिन्न राजनितिक दल तथा स्थानिय संग सहकार्य गरेर कार्कीले विगत ६ महिना देखी रोकिएर वसेको विद्युल लाईन विस्तारको बजेटलाई कार्यान्वयनमा ल्याएका हुन ।


    शनिवार उनले गाउमा विद्युत पोल र तार पुराएका छन भने विस्तारीकरणमा समेत सहयोग पुराएको स्थानियले वताए ।
    स्थानिय राजनिति दलका नेता सोम वहादुर रायमाझीको सहयोग र सल्लाहमा कार्कीले विद्युतीकरणमा पहल गरेको रेशम वहादुर रायमाझीले वताए ।
    अव केहि महिनामा त्यस क्षेत्रमा विद्युत पुग्ने छ भने खानेपानिका लागी समेत कार्कीले पहल गरिरहेको बताउछन् ।
    बल्ढेङगढीका सवै गाउमा भएका समस्याहरुको अध्ययन गरेर समाधानमा लाग्ने प्रयासमा समेत कार्की रहेको देखिन्छ ।
    उनले अहिले स्वास्थ्य, शिक्षा र रोजगार लाई मुख्य प्राथामिकतामा राखेर गाउको विकासमा जुटेको बल्ढेङगढीकी गोमा कार्की वताउछिन् ।
    कृषिलाई समेत आधुनिकिरण र बैज्ञानिक रुपमा परिमार्जन गर्ने प्रयास गरिरहका कार्कीले राजनितिक क्षेत्रमा समेत आउने प्रयास गरेका छन् ।


    स्थानिय निर्वाचनमा छहरा रैनादेबी गाउपालि अन्तरगत बल्ढेङगढी वडापालिको सदस्यमा उम्मेदवारी दिएका कार्कीले विगतमा समेत जंगल फडानीका विरुद्ध, यातायातमा बढी भाडा लिनेका विरुद्ध र विकास निर्माणमा भ्रष्टचार गर्नेहरुका लागी समाचार लेखेर कानुनी कार्वाही गराएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.