logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    शैक्षिक अभियानमा अगाडी बढ्दै काशी


    १४ जेष्ठ २०७४ , आइतबार

    शैक्षिक अभियानमा अगाडी बढ्दै काशी

    लुम्बिनीखबर
    भैरहवा, जेठ १४ । भैरहवामा शैक्षिक अभियानको नेतृत्व सम्हालेको काशी नोबल एकेडमीले यसै शैक्षिक सत्रदेखि कक्षा ११ सञ्चालन गर्ने भएको छ ।
    कक्षा १० सम्मका अध्ययन गराउँदै आएको यो स्कुलले विद्यार्थीहरुको सुविधाका लागि अब कक्षा ११ पनि सञ्चालनमा ल्याउने जनाएको छ । यस क्षेत्रको शैक्षिक स्तरलाई अगाडि बढाउने उद्देश्यका साथ २०५२  साल देखि काशी जुनियर स्कुलको रुपमा सञ्चालनमा आएकोे यो विद्यालयले छोटो समयमा गुणस्तरीय शिक्षामा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको पाईन्छ ।

     


    विगत वर्षहरुमा विद्यार्थीहरु र अभिभावकहरुको सुझाव र सल्लाह अनुसार कक्षा  ११ र १२ सञ्चालनका लागि समेत अनुमति लिएको स्कुलको व्यवस्थापन शाखाले जानकारी दिएको छ । नयाँ कक्षाको सुरुवात सँगै शैक्षिक गुणस्तरियतामा समेत मुख्य ध्यान दिईने समेत स्कुल प्रशासनको प्रतिबद्धता देखिन्छ ।

    आगामी शैक्षिक सत्र देखी व्यवस्थापन संकायमा ११ कक्षाको सञ्चालन समेत गर्ने स्कुल प्रशासनले जानकारी दिएको छ  ।  विद्यालयले व्यवस्थापन संकायमा  बिहानी र दिवा गरेर ५ कक्षा संचालन गर्ने र प्रत्येक कक्षामा ४० जना विद्यार्थी भर्ना गर्ने विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेले बताए ।  उनले स्कुलको भौतिक संरचना समेत नयाँ र आधुनिक किसिमले निर्माण कार्य भैरहेको र यसमा विद्यार्थीहरुलाई आवश्यक विषय वस्तुमा विशेष ध्यान दिएर कक्षा सञ्चालन हुने बताए ।

    व्यवस्थित कक्षा कोठा, कम्प्युटर ल्याब र पुस्तकालय, आधुनिक प्रविधिको प्रयोगद्वारा प्रयोगात्मक तरिकाले पढाइ, मासिक प्रगति परीक्षा लिनुका साथै दक्ष, अनुभवी शिक्षक र शैक्षिक वातावरणमा अध्यापन गराइने विद्यालयका सहायक प्रिन्सिपल श्रीबहादुर रायमाझीले बताए ।

    प्राथमिक कक्षा हँुदै एसइई सम्मका कक्षाहरु अभिभावक र विद्यार्थीहरुको अपेक्षा अनुसार पढाइरहेको यो स्कुलले अबको नयाँ कक्षाहरुमा भने कसरी अध्यापन गराउने हो हेर्न केही समय कुर्नै पर्नेछ । विद्यालयले विद्यार्थीलाई सहुलियत दरमा र गरिब जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृतिको व्यवस्था गर्ने जनाएको छ । नयाँ भवन र प्रयोगात्मक रुपमा अध्यापन गराउने लक्ष्य राखेको यो स्कुलले आगामी वर्षहरु थप कक्षाहरुको अनुमति लिएर प्राध्यापन गराउने समेत जनाएको छ ।

    देशको माग अनुसार आफुहरु प्राविधिक शिक्षामा समेत फड्को मार्न चाहेको जानकारी दिँदै स्कुलका सञ्चालक टोप बहादुर रायमाझीले दक्ष र गुणस्तरीयतामा आफुहरुको कुनै कमी नरहने समेत बताए ।

    त्रिभुवन बहुमुखी क्याम्पसका सह–प्रध्यापक  मणीराम भट्टराईले काशी स्कुलको शैक्षिक गुणस्तरीयता भैरहवा क्षेत्रमा अब्बल रहेकाले यसलाई स्थायित्व दिएमा यसको भविष्य अझ उज्ज्वल हुने देख्दछन् । त्रिभुवन विश्वविद्यालय भैरहवा बहुमुखी क्याम्पसमा प्राध्यापन गराउने हरी प्रसाद आर्चायले पनि काशी स्कुलको भविष्य सुन्दर रहेकाले भैरहवाबासीको विश्वास र विद्यार्थीहरुको ढुकढुकीमा यो स्कुल बसेको बताउँछन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.