logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    समाजसेवा गर्न उम्मेदवारी


    १६ जेष्ठ २०७४ , मंगलबार

    समाजसेवा गर्न उम्मेदवारी

    पाल्पा,१५ जेठ । गाउको विकासका लागी राजनितिक दलको आवस्यकता महत्वपुर्ण हुने भन्दै पाल्पा बल्ढेङगढीका एक युवाले स्थानिय निकायको निर्वाचनमा उम्मेदवारी दिने भएका छन् ।


    छहरा रैनादेबी गाउपालिका वडा नम्वर 7 मा पर्ने बल्ढेङगढी वडापालिकामा वडा सदस्यको उम्मेदवारी दिने घोषणा गरेका स्थानिय सोमबहादुर रायमाझीले समाजको विकासमा जनप्रतिनिधी भएर आफुले काम गर्न चाहेको वताए ।
    जनताको माग पनि मलाई जनप्रतिनिधीमा उठाउने हो भन्दै रायमाझीले १३ बर्ष देखी गाउमा बसेर निस्वार्थ गरेका कामहरु सस्थागत गर्नका लागी समेत मेरो उम्मेदवारी आवस्यक रहेको जनाए ।
    गाउमा स्वास्थ्य, शिक्षा, रोजगार, मोटर बाटो, खानेपानी, विद्युत र कृषिमा आत्मनिर्भर बनाउने आफ्नो दृढ संकल्प रहेको समेत उनको प्रतिबद्धता पत्रमा देखिन्छ ।
    अवको समयमा कार्ययोजनाका साथ गाउको विकासमा अल्पकालिन र दिर्घकालिन योजनाहरु तयार गरेर अगाडी बढन आवस्यक रहेको रायमाझीको सोचाई रहेको छ ।
    विगत लामो समय देखी माओवादी केन्द्रमा बसेर काम गरेका रायमाझी जनताको सेवामा लाग्न पार्टीले पनि आफ्नो उम्मेदवारी आवस्यक ठानेको बताउछन् ।
    जनता र उनको पार्टीको चाहाना अनुसार जनप्रतिनिधी बन्न सकेमा उनले विगत देखी समाजमा गरेका कार्यहरुले पुर्णता पाउने स्थानियहरुको समेत  बिस्वास रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.