logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    जनसेवाश्री मानपदबी द्धारा ज्ञानु विभुषित


    १९ जेष्ठ २०७४ , शुक्रबार

    जनसेवाश्री मानपदबी द्धारा ज्ञानु विभुषित

    भैरहवा । महिला हकअधिकार र समाज सेवामा लामो समय देखी निरन्तर योगदान पुराएकी ज्ञानु पौडेललाई जनसेवाश्री मानपदबी द्धारा राष्ट्रपती विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको उपलक्ष्यमा विभुषित गरेकी छिन् ।
    रुपन्देहीको भैरहवाकी स्थायी बासिन्दा पौडेल यस क्षेत्रकी महिला अगुवाका साथै विभिन्न संघ सस्थामा रहेर समाजको विकासमा कृयाशिल व्यक्ति हुन् ।


    सामाजिक सस्था नमुना एकिकृत विकास परिषदकी अध्यक्ष समेत रहेकी पौडेलले दर्जनौ संघ सस्थामा रहेर निरन्तर अगाडी वढेकी छिन् ।
    उनले आफु आवद्ध सस्था नमुना एकिकृत विकास परिषद मार्फत रुपन्देही लगाएत लुम्बिनी अञ्चलका सवै जिल्लाहरुमा महिला हक अधिकार, प्रज्वनन स्वास्थ्य र बिभिन्न सरुवा रोगहरुको न्युनीकरणका लागी काम गरिरहेकी छिन भने महिला हिंसा अन्त्य र महिला स्वारोजगारका लागी हस्तकलाको विकास ग्रामीण क्षेत्रमा पुराएकी छिन् ।
    गैरसरकारी संस्थाहरुको नेतृत्व गर्दै समाजको परिवर्तन र स्वास्थ्य तथा रोजगार क्षेत्रमा आफ्नो अमुल्य योगदान पुराएकी पौडेललाई नेपाल सरकारले जनसेवाश्री पदक वाट सम्मान गरेकोमा यहाका स्थानियहरु समेत खुसी भएका छन् ।
    पौडेल समाजमा पुराएको योगदानको उच्च मुल्याङकन गर्दै प्रदान गरेको पदकले सवैका लागी गौरबको विषय भएको भन्दै जनउत्थान सहकारी संस्था लिमिटेड रुपन्देहीकी उपाध्यक्ष अन्जु जैसीले आफ्नो सामाजिक सञ्चाल मार्फत बधाई दिएकी छिन् ।
    नेपाल घरेलु तथा साना उद्योग महासंघकी प्रदेश नम्वर ५ की अध्यक्ष शान्ती शर्माले समेत पौडेलले पाएको यो सम्मान उनको ३० बर्ष सम्मको लामो समाजसेवामा निरन्तर लाग्नुको परिणाम भएको वताउदै यसले उनिमा थप हौसल्लाह प्रदान गर्ने वताईकी छिन् ।


    मुलुकले विस्वास गरि प्रदान गरेको यो विशेस सम्मानले आफुलाई सामाजिक क्षेत्रमा अझ सक्रिय भई काम गर्न थप उर्जा मिलेको वताउदै पौडेलले समेत अव यात्रा समाज परिवर्तनका लागी हुने भन्दै खुसी व्यक्त गरिकिछिन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.