बुवाआमाको साथमा १२ कक्षा सम्म
श्री रायमाझी
भैरहवा,जेठ । माध्यामिक शिक्षा अध्ययन गर्दा सम्म बुवा आमाको साथमा बसेर गर्नुपर्ने एक कार्यक्रममा बक्ताहरुले वताएका छन् ।

उनिहरुले घरपरिवार र संस्कार सिक्नका लागी समेत १२ कक्षा अध्ययन गर्दा सम्म बुवा आमाको सामिप्यतामा रहदा परिवारको प्रतिष्ठा छोराछोरिले सधै सम्झिने समेत जनाए ।
कोशी नोबल एकेडेमीले बुधवार भैरहवामा आयोजना गरेको क्यारियर काउन्सिलिङ र मोटिभेसन प्रोग्राममा मा बोल्ने बक्ताहरुले यस्तो वताएका हुन ।
भैरहवा रहेका ब्रिज कोर्स संचालन गर्ने सस्थाहरु, विद्यार्थीहरुका अभिभावकहरु र एसइई दिएर वसेका विद्यार्थी माझ गरिएको क्यारियर काउन्सिलिङ र मोटिभेसन प्रोग्राममा कक्षा १२ सम्म अध्ययन गर्न टाढा जानु भन्दा घर परिवार र समाजको नजिक बसेर पढनुपर्ने समेत बताईएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले एसइई पछि कस्तो विषय पढने र बजारको माग केहो भन्नेमा समेत प्रशिक्षकहरुले बताएका थिए । एसइई पछि परिवारको आर्थिक स्थिति हेरेर समेत विद्यार्थीहरुले कलेज रोज्नुपर्नेमा समेत जानाकारी गराईएको थियो ।
कक्षा १२ सम्म बाबु आमाको काखमा बसेर अध्ययन गर्दा छोराछोरीलाई आत्मविस्वास हुने र आफ्नो परिवार समस्या बुझन सक्ने क्षमतामा विकास हुने, घरपरिवार, आफ्न्त, छरछिमेक र साथी भाई संग समेत घुलमिल हुदा भविष्यमा सकारात्मक प्रभाव पर्ने क्यारियर काउन्सिलिङ र मोटिभेसन प्रोग्राममाको उद्धेश्य रहेको समेत जानाकारी दिएको थियो ।
काशी नोवल एकेडेमीका प्रिन्सिपल राजेन्द्र घिमिरेको अध्यक्षता , हरि प्रसाद आर्चायको स्वागतमा सम्पन्न कार्यक्रममा उपेन्द्र अधिकारी र पार्थीवेन्द्र उपाध्यायले सहजीकरण गरेका थिए ।

कार्यक्रममा काशी नोबल एकेडेमीका शिक्षक निर्मल हुमागाईले अवको शैक्षिक सत्र देखी आफुहरुले समेत व्यवस्थापन संकायमा कक्षा ११ सञ्चालन गर्न लागीएको जानाकारी दिदै सवै बिद्यार्थीहरुलाई शैक्षिक सस्थाको अवलोकन भ्रमण गर्न अनुरोध गरिएको थिए ।