भैरहवा । नेपाली सस्कृतीको पहिचान गर्नका लागी युवा जगतले समेत आफ्नो जिवन धर्म र सस्कृतीमा लगाएका छन् ।
धर्म समाज परिवर्तनका मुख्य संवाहक रहेको र यसको विकास समयको आगमन संगै हुने भन्द रामजानकी मन्दीर भैसेखादर हर्नैया रुपन्देहीका मुख्य गूरु रविन्द्र दास वैष्णो हुन ।
गुरु रविन्द्रले समाजमा विभिन्न धार्मिक कार्यहरुलाई निरन्तरता दिदै सेवा नै धर्म हो भन्ने विस्वास आम जनसमुदायलाई वुझाउदै अगाडी वढेको पाइन्छ ।
हेर्दा नया जोश जागर भएका युवा यि योगी रविन्द्रले अव आधुनिक नेपालको निर्माणमा समेत विभिन्न कार्यहरु वाट सहयोग पुराउन सकिने उदारण दिएका छन् ।
उनले विभिन्न धार्मीक पर्वहरुमा पुजा पाठ गर्दै देशको अखण्डता, राष्ट्रियता र स्वतन्त्रताका लागी महावाणीहरु समेत दिने गरेको स्थानियहरु भक्तजनहरुले वताउने गरेका छन् ।