लुम्बिनीखबर
भैरहवा, २५ जेठ । नेपाली काँग्रेस सिद्धार्थनगर नगरपालीका रुपन्देहीका मेयर तथा उपमेयरका उम्मेदवारहरुले भैरहवालाई बिकसीत र समुन्नत नगर बनाउने उद्घोष गरेका छन् । नेपाली काँग्रेस सिद्धार्थ नगर समीतीले बुधवार आयोजना गरेको आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचनका उम्मेदवार–पत्रकार परिचयात्मक कार्यक्रममा मेयरका उम्मेदवार मातृका प्रसाद यादवले नगरको बृहत विकास र सुन्दरताकालागी अल्पकालीन तथा दिर्घकालीन योजनाहरु मार्फत भैरहवाको बिकास गरीने बताए ।

यसकोलागी परम्परागत र जनता झुक्याउने कामले नगरको स्तरउन्नती सम्भव नरहेको प्रस्टाउदै उनले सुरुमा नगर प्रसासनबाट सरल, सहज र पादर्शी शुसासनको प्रत्याभूति नगरवासीले पाउनु पर्ने बताए ।
सरल, सहज र पारदर्शी सुसासनको प्रत्याभूति गराउन सुरुमा आफुले सेवाग्राही मैत्री प्रशासनको व्यवस्ता मिलाएर अगाडी बढ्ने योजना रहेको उनले सुनाए ।
नगरको बिकासमा नितीगत र गुरुयोजना मार्फत दिगो बिकासमा जोड दिएका उनले टिकाउ, दिगो र गुणस्तरीय विकास निमार्णमा कटीबद्धताका साथ लागी स्वच्छ, सफा, हराभरा, प्रदुषणरहित सुन्दर नगर निमार्णमा लाग्ने बताए । स्थानीय जनसहभागीता र पारदर्शीता जस्ता सुशासनका आधारभुत पक्षको समेत सुनिश्चितता नभएका कारण लामो ईतिहास बोकेको सिद्धार्थनगरपालीको चोहे अनुरुप बिकास हुन नसकेको भन्दै उनले नगरका सिमान्तकृत समुदाय बिच सन्तुलीत विकासको प्रतीफल प्राप्ती र परिवर्तनको आकांक्षाको सम्वोधन आफुले गर्ने सक्ने बताए ।
त्यस्तै भैरहवामा रहेको बिद्युत समस्यालाई समाधान गर्न सचांलीत १३२ केभीए प्रसारण लाईन बिस्तारमा देखीएका जटीलता हल गरी भैरहवालाई उज्यालो सहरका रुपमा बिकास गर्ने उनले बताए । उनले निमार्णाधिन गौतमबुद्ध अन्तरािष्ट्रय बिमानस्थल र बेलहीया–बुटवल ब्यापारीक मार्ग बिस्तारकोको काम छिटो सम्पन्न गराउन समेत पहल गर्ने बताए । नेपाली काँग्रेसको तर्फबाट उपमेयरको उम्मेदवार रहेकी माधवी सर्मा वाग्लेले बालबालीका, बृद्ध, महीला, अपाङ्ग, अशक्त तथा अल्पसंख्यक पीछडा बर्गाकालागी बिषेस कार्यक्रम सचांलन गर्ने आफ्नो लक्ष्य रहेको बताईन् । उनले भाषा, साहीत्य, कला, धर्म–संस्कृतीको संरक्षण, शिक्षा, स्वास्थ्य तथा खेलकुदको बिकास स्थानीयको चाहाना अनुरुप स्थानीयकै सहभागीतामा सचांलन गर्ने दावी गरीन् ।
नेपाली काँग्रेस नगर सभापति दिलीप धितालको सभापतित्व, सचिव सजींव सर्मा रेग्मीको सचांलनमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस चुनाव प्रचार प्रसार जिल्ला समन्वय समीतीका सयोंजक बिसेस्वर प्रसाद यादव, नेपाल उद्योग बाणीज्य महासघंका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठ लगायतले बोल्दै लोकतान्त्रीक पद्धतीको बिकासले मात्र सामाजीक बिबीधतालाई समेट्ने भन्दै सवैको सहभागीता सुनिश्चीत गर्न रुख चिन्हमा भोट गरी काँग्रेसका उम्मेदवारहरुलाई जिताउन आह्वान गरे ।
सो अवसरमा नेपाली काँग्रेस सिद्धार्थ नगर नगरपालीका बडा नं १ का अध्यक्षका उम्मेदवार रमेसमल्ल, २ का जगजिवन पाठक, ३ का चन्द्रवली यादव, ४ का नरेन्द्र रौनीयार, ५ का पुरन प्रसाद श्रेष्ठ, ६ का धिरेन्द्र श्रीवास्तव, ७ का भिमसेन कर्मचार्य, ८ का राजनजगं राणाँ, ९ का श्याम खानाल, १० का बिजय नाथ धवल, ११ का राजेस्वर यादव, १२ का करुणजगं श्रेष्ठ र १३ का सोमबहादुर गुरुङ्ग (सेते) लगायतको सहभागीता रहेको थियो ।