सचिन चौधरी
भैरहवा,२६ चैत । स्थानीय तह निर्बाचनको मिति नजिकिदै गर्दा नेकपा माओबादी केन्द्र सिद्धार्थनगरले रयाली सहित मतदाता भेटघाट र घरदैलो अभियानलाई तिब्रता दिएकोछ ।
केन्द्रले मतदाता भेटघाट तथा कार्यक्रम अन्तर्गत शुक्रवार सिनापा १ मा रयाली सहित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेकोछ । वडाको विभिन्न टोलमा रयाली तथा घरदैलो पश्चात आयोजित कोणसभामा माओबादी केन्द्र सिनापका मेयर पदका उम्मेदवार फैज अहमद खान , उपमेयरकी उम्मेदवार कमला थापा, वडा न १ अध्यक्ष पदका उम्मेदवार केशव कुँवर,वडा न १ का इन्चार्ज नारायण हमाल लगायतले बोल्दै सिंहदरवारमा केन्द्रिकृत अधिकार जनताको घरदैलोमा ल्याउने स्थानीय तहको निर्बाचनलाई उत्सवका रुपमा लिना आग्रह गर्दै
सिद्धर्थनगरको विकास र सम्बृद्धिका लागि मावोबादी केन्द्रलाई जिताउने पर्ने कुरामा जोड दिए । उनीहरुले लोकतन्त्रको रक्षा र समृद्ध नेपालका लागि नेकपा मावोबादी केन्द्र बाहेक अर्को बिकल्प नभएको समेत बताए .