कमल रायमाझी
भैरहवा,जेठ २६ । देश परिवर्तनका लागी लामो लडाई लडेको माओवादीले स्थानिय निकायमा पनि आफ्ना एजेण्डाका कारण जित्ने निश्चित भएको छ ।

जनयुद्धका कारण गाउगाउमा आफ्नो प्रभाव बलियो बनाई शहरमा समेत आफ्ना कृयाक्लावलाई तिब्रता दिएको माओवादीले बिचारका कारणले नै स्थानिय निर्वाचनमा जित्ने पक्का जस्तै भएको नेताहरुले बताउने गरेका छन् ।

माओवादी केन्द्र सिद्धार्थनगरले आफ्ना घरदैलो तथा कार्यकर्ता भेटघाट अभियानमा उत्साजनक सहभागिता देखे पछि नगरको निर्वाचन आफ्नो पक्षमा आउने निक्र्योल गरेको हो ।

सिद्धार्थनगर नगरपालिकामा स्थानिय निकायको निर्वाचनमा समाबेसी तथा मधेसीहरुलाई मूख्य पदहरुमा पार्टीले उम्मेदवारी बनाए पछि अन्य दलहरुलाई समेत माओवादीले गतिलो झापड हानेको स्थानियहरुले समेत बताउने गरेका छन् ।

पार्टीले मधेसी तथा मुस्लिम नेता फैज अहमद खाँनलाई सिद्धार्थनगरको प्रमुख र जनजाती महिलाको तर्फ बाट कमला थापालाई उपप्रमुख र वडाहरुमा समाबेसीका आधारमा उम्मेदवार उठाए पछि नगरबासीहरुले समेत माओवादी केन्द्र प्रति विस्वास जागेको बताएका छन् ।

बराल, रोकाय र आर्चायको कमाण्डमा घरदैलो
माओबादी केन्द्र सिद्र्धाथनगरले पार्टीका केन्द्रिय सदस्य अनुप बराल, जनयुद्धका कमाण्डर तिर बहादुर रोकाय (डार्बिन) र नगर अध्यक्ष चोपलाल आर्चायलाई निर्वाचन जिताउने जिम्मा सुम्पेको छ ।

मधेसका जिल्लाहरुमा आफ्नो संगठन मजबुत पार्ने र सिद्र्धाथनगरमा पार्टीलाई जिताउने जिम्मा पाएका यी नेताहरुले अहिले घरदैलो तथा पार्टीको धरातललाई बलियो पार्नेमा खटिएका छन् । उनिहरुले जुनसुकै हालतमा पनि नगरमा आफ्ना उम्मेदवारलाई बहुमतले विजय बनाउने भन्दै जनता संग समेत आफ्ना एजेण्डाहरु सुनाएको मजदुर नेता नारायण हमालले बताए ।

हिजो लोडसेडीङको मारमा परेका नेपाली अहिले उज्यालो नेपालको अभियानमा हिडन सकेको भन्दै मजदुर नेता हमालले अव देशको विकास र आर्थिक बृद्धिदर उच्चतममा पुराउन समेत जनताले माओवादी केन्द्रलाई भोट दिनेमा ढुक्क देखिएका छन् ।

उज्यालो नेपाल अभियान सफल भएको , समाबेसी र समानुपालिक व्यवस्था लागु भएको, सिंहदरवारको अधिकार गाउगाउमा आएको लगाएतका माओबादीले गरेका कामहरुका विषयमा समेत अहिले जनतालाई बुझाउन खोजिएको छ ।

यो परिबर्तनका लागी १० हजारको बलिदानी र हजारौ घाईते अपाङग भएकाले पनि परिबर्तन सस्थागत गर्नका लागी माओबादीलाई जिताउन उनिहरुको अनुरोध देखिन्छ ।
नगरको १ नम्वरमा घरदैलो
माओवादी केन्द्र सिद्धार्थनगरले आफ्ना उम्मेदवारहरुलाई बिजय गराउनका लागी व्यक्तिगत भेटघाट तथा सामुहिकरुपमा घरदैलो कार्यक्रमहरुलाई समेत निरन्तरता दिएको छ ।

शुक्रवार नगर पार्टीले सिद्धार्थनगर वडानम्वर १ मा घरदैलो तथा जनता भेटघाट कार्यक्रम गरेको हो ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला सहइञ्चार्ज अनुप बराल, सिद्धार्थनगर अध्यक्ष चोपलाल आर्चाय, जिल्ला सचिब तिर बहादुर रोकाय मगर, उम्मेदवार र कार्यकर्ताहरुको सहभागिता रहेको छ ।

बडानम्वर १ को रानि गाउ, मेउडिहवा, निउडिहवा हुदे बेलहिया क्षेत्रमा दिनभरी अभियान गरिएको थियो ।