logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    दुर्गन्धको शहरमा रुपान्तरण हुदै धकधई बजार


    ३० जेष्ठ २०७४ , मंगलबार

    दुर्गन्धको शहरमा रुपान्तरण हुदै धकधई बजार

    राजनितिक दलका नेताहरु काममा जिरो गफमा हिरो

    पशुपती यादब
    धकधई,जेठ । बिभिन्न कारणले चर्चामा रहने रुपन्देहीको धकधई बजार स्थानिय निकायका निर्वाचनका कारण अहिले तातेको छ ।
    जिल्लाको पुर्ब दक्षिण क्षेत्रमा पर्ने यो बजार राजनितिक दलहरुको समेत अखडा बनेको देखिन्छ । २०४६ सालको जन आन्दोलन, मधेस आन्दोलन र माओबादीको जनयुद्धमा समेत यो बजार राजनितिक चर्चामा नै रहेयो ।
    शहर उन्मुख गाउपालिकाको दर्जामा रहेको धकधई रोहिणी गाउपालिकामा पर्दछ । गाउपालिकाको केन्द्र पनि यो बजार हो ।
    धकधईको दक्षिण क्षेत्रका तिन सांसद तथा मन्त्री समेत भैसकेका छन् । तर यो शहर उन्मुख गाउ अहिले पनि बिकासको अपेक्षा र दुर्गन्धको चपेटामा परेको छ ।
    यस क्षेत्रका दर्जनौ गाउहरुको केन्द्र र जमघट हुने बजार धकधईको बिकासमा राजनितिक दलहरुले चासो कम दिने गरेको स्थानिय हरुको गुनासो छ ।
    नेपाली काग्रेशका जिल्ला सभापती अव्दुल रजाक धकधई क्षेत्रका स्थानिय हुन भने अहिलेका सांसद हुन । माओबादी केन्द्रका पोलिटव्युरो सदस्य बिनोद उपाध्याय पनि पुर्व बिधायक तथा चल्ताफुर्ता नेताहरुको रुपमा परिचित रहेको छन् । उपाध्यायको घर पनि धकधई बजारको दक्षिण क्षेत्रमा नै पर्दछ । माओबादीका निर्वतमान सभासद घनश्याम यादब पनि यसै क्षेत्रका पुर्व जनप्रतिनिधि तथा मन्त्री हुन ।


    संघिय समाजबादी फोरमका जिल्ला अध्यक्ष महेन्द्र यादबको घर पनि धकधई बजारको नजिक पर्दछ । बिभिन्न दलमा दर्जनौ नेताहरु यसक्षेत्रले जन्माईसकेको छ । स्थानिय स्तरमा पनि अहिले राजनिति गर्ने युवाहरु दर्जनको सख्यामा बढी छ ।
    तर धकधईको बिकासमा भने कसैले चासो लिएको देखिदैन ।
    करिव ४० हजार जनसख्या रहेको रोहिणी गाउपालिका मध्य धकधई बजारमा मात्र ७ हजारको हाराहरीमा मानिसहरुको बसोवास रहेको छ ।
    यस क्षेत्रका ओमसतियाको केहि भाग र रोहिणी गाउपालिकाको सवै गाउहरुको केन्द्र र जमघट हुने स्थान धकधई हो । भैरहवा भुमही राजमार्गको मुख्य केन्द्र समेत यो बजार पर्दछ ।
    दिनप्रतिदिन शहरउन्मुख अवस्थामा रहेको यो बजार गर्मी र बर्षातको समयमा फोहोर डुबानले ग्रसित हुने गरेको छ ।
    डुबान,फोहोर मात्र नभएर यस बजारमा ढलनिकास नहुदा अर्को समस्या थपेको छ । जसका कारणले यहा बाट निस्किने दुर्गन्धले मानिसको स्वास्थ्यमा समेत असर पार्ने गरेको यहाका बजारबासी बताउछन् ।
    बजारको मुख्य भागमा रहेको रमेश मोबाईल सेन्टरका प्रोपाईटर रमेश यादबले बजारमा नालीको निकासी नहुदा समस्या निम्तिएको बताउदै फोहोर दुर्गन्धले समेत बजारबासीलाई अत्याएको बताए ।
    बजार गर्न आएका ग्राहकहरु समेत दुर्गन्धका कारण मुख छोपेर हिड्नु पर्ने अवस्था रहेको बताउदै रमेश मोवाईल सेन्टरका प्रोपाईटर यादबले सरकारी मापदण्ड बिपरित बनेको साघुरो बाटोको कारण बजार क्षेत्र अव्यवस्थित रहेको बताए ।
    भैरहवा भुमही सडक निर्माणका बेला बनाईएको नाली बेकामे रहेको जानकारी दिदै स्थानिय कपडा सिलाउने व्यवसायी गर्दै आएका आम आचल यादवले प्रयोगविहिन नालीका कारण समेत यहा बासिन्दालाई दुःख पुगेको बताए ।
    उनले बजेट खानका लागी मात्र नाली बनाएको आरोप लगाउदै बजारको पानी निकासमा यसको कुनै उपयोगीता नरहेको बताए ।
    राजनितिक दलका नेताहरु यसक्षेत्रमा आफुहरु सवै भन्दा ठुलो रहेको भाषण र गफ लगाउनमा व्यस्त रहेपनि यहाको विकासमा भने कुनै सोचविचार पुराएको देखिदैन् ।
    बजारमा नेताहरु दैनिक जसो गफ लगाउने नेताहरुको केन्द्र भएको छ । उनिहरुले बजारबासीले भोगेको समस्याको विषयमा भने बेवास्ता गर्ने गरेका छन् ।


    हिजो बाटो निर्माण प्रकृयामा पनि बजारक्षेत्रमा मापदण्ड अनुसार बनाउन नदिने राजनितिक दलका नेताहरु भएको आरोप लगाउदै बजारबासीले बिकास बिरोधी,एकादूई व्यक्तिको कुरा सुनेर साघुरो बाटो बेकामे नाली बनाएको बताउछन् ।
    बजारक्षेत्रमा कृषि बिउबिजनको व्यवसायी गर्ने मुक्ती चौधरीले बजारको बिकासमा जसले ध्यान दिन्छ यसपालीको स्थानिय निकायको निर्वाचनमा उसलाई मात्र भोट हाल्ने बताउदै धकधई क्षेत्रको बिकासमा अगाडी बढन सक्ने नेता अबको रोजाईमा पर्ने बताए ।
    बिभिन्न दलका दर्जन बढी नेताहरु अहिले आफुलाई भोट हाल्नका लागी घरदैलो अभियानमा हिडेको बताउदै कृषि बिउबिजन व्यवसायी चौधरीले भोट नेतालाई होईन उसको आचरण र कामगर्न सक्ने दक्षतालाई हाल्न समेत बजारबासीलाई अनुरोध गरेका छन् ।
    असारको दोस्रो साता हुन थालेको स्थानिय निकासको निर्वाचनमा पनि यसक्षेत्र बाट विभिन्न राजनितिक दलका व्यक्तिहरुका गाउपालिका प्रमुख र उप्रमुखमा दर्जनको सख्यामा उम्मेदवारी पर्ने भएको छ भने वडामा पनि धेरै राजनिकि दलका कार्यकर्ता उठने भएका छन् ।
    स्थानिय निकायको निर्वाचनमा पनि धकधई बजारलाई माया गर्ने र बिकास प्रेमी नेतालाइृ आफुहरुको रोजाईमा पार्ने छलफल चलेको बजारबासीको भनाई रहेको छ ।
    यहाको स्वास्थय, शिक्षा,रोजगार, खानेपानी र कृषिमा ध्यान दिने नेताले जित्ने अपेक्षा समेत धकधईबासीको रहेको देखिन्छ ।
    अबका यस गाउपालिकाको प्रमुखमा उठेका नेपाली काग्रेशका उम्मेदवार अकबल खाँन, एमालेका नरसिंह चौधरी, माओबादी केन्द्रका प्रदिप पाण्डे, राप्रपाका ताहिर अली र संघिय समाजबादी बाट सनोज यादबमा कसले जनताको मन जित्न सक्ने हुन त्यो भने धकधईबासीको हातमा रहेको छ ।

    पशुपती यादब

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.