logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    परिबर्तन पक्षथर माओबादी केन्द्रलाई जिताउः खान


    ३१ जेष्ठ २०७४ , बुधबार

    परिबर्तन पक्षथर माओबादी केन्द्रलाई जिताउः खान

    भैरहवा, ३१ जेठ । दोस्रो चरणको स्थानीय तहक निर्वाचनमा ने.क.पा.माओवादी केन्द्रले योग्य र सक्षंम नेतृत्व चुन्न जनतालाई अनुरोध गरेका छन् ।


    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगरप्रमखका उम्मेदवार फैज अहमद खान र उपप्रमुखकी उम्मेदवार कमला थापाले अब नगरपालिकाका मतदाताले बिकास प्रेमी र योजना ल्याउन सक्ने लाई बिजय बनाउन जनता संग अनुरोध गरेका हुन ।
    नगरमा सधै एकै अनुहार र सामान्तबाद सोच भएका नेतृत्वहरु चुनिदा विकासमा हामी पछाडी परेका भन्दै माओवादी केन्द्रमा उम्मेदवारले नया र योग छान्नु पर्ने बताए ।
    ने.क.पा. माओवादी केन्द्र सिद्धार्थनगर समितिले बुधबार आयोजना गरेको पत्रकार भेटघाट तथा छलफल कार्यक्रममा नगर प्रमुखका उम्मेदवार खानले अहिले सम्मका जनप्रतिनिधिले जनतालाई दास बनाउने काम मात्र गरेको बताउदै देशमा राजतन्त्रको अन्त्य भइसके पनि सिद्धार्थनगरमा राजसत्ताको अभ्यास गर्ने व्यक्तिहरु राजातन्त्रका मठाधिस भएको बताए ।
    माओवादी केन्द्र सिद्धार्थनगर सचिवालय सदस्य समेत रहेका नेता खानले देशमा आमुल परिवर्तन भइ गणतन्त्र आइसके पनि सिद्धार्थनगरका जनताले त्यसको पूर्ण रुपमा आभास गर्न नपाएकाले माओवादी केन्द्रलाई अव जनताले चुन्नेमा आफु बिस्वस्त रहेको पत्रकारहरुलाइ जानाकारी दिए ।
    जनप्रतिनिधिहरुका जनता मालिक भएकाले जनतालाई भोट बैंकका रुपमा नबुझी नेतृत्वले जनता जर्नाधन हुन भन्नेकुराको आभास गराउनु पर्ने उनले बताए ।
    अन्यायमा परेका उत्पीडित समुदायको पक्षमा आफु जहिले पनि उभिएकोले सिद्धार्थनगरका जनताले यस पटकको निर्वाचनमा माओवादी केन्द्रलाई जिताउने कुरामा विश्वस्त रहेको उपप्रमुखकी उम्मेदवार कमला थापाल बताइन ।
    सिद्धार्थनगरलाई हराभरा बनाउन आफुहरुको पहिलो प्राथमिकता रहेको भन्दै उपप्रम
    खकी उम्मेदवार थापाले नगरको विकास र परिवर्तनका लागी माओवादी आवस्यक रहेको कुरा व्यक्त गरिन ।
    माओवादी केन्द्र सिद्धार्थनगर कोषाध्यक्ष समेत रहेकी महिला नेतृ थापाले आफुले धेरै बोल्ने भन्दा पनि काम गरेर देखाउने व्यक्ति भएकाले माओवादी केन्द्रको जीत सुनिश्चित रहेको दावी गरिन ।


    कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज हकिकुल्ला खाँले भैरहवामा बाँडिएको मनोविज्ञान नै विकासको अवरोधको कारण रहेको बताए । सिद्धार्थनगर नगरपालिका रुपन्देहीको पुरानो नगरपालिका भए पनि विकास हुन नसकेको खानले बताए । उनले सिद्धार्थनगरका कतिपय वडामा जाँदा नगरपालिका हो भनेर आभास गर्न सकिने अवस्था समेत नरहेकोमा पत्रकारहरु समक्ष दुःख व्यक्त गरे । नगरपालिकाको छेउमा रहेका गाविसहरुलाई जोडेर उपमहानगरपालिका बनाउनुपर्छ भनेर माओवादी केन्द्रले आवाज उठाए पनि केही दलले आफ्नो स्वार्थका कारण त्यो हुन हुन नदिएको आरोप उनले लगाए ।
    पत्रकार भेटघाट कार्यक्रममा माओवादी केन्द्र राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा सिद्धार्थनगर निर्वाचन परिचालन कमिटिका संयोजक अनुप बराल, सिद्धार्थनगर समितिका अध्यक्ष चोपलाल आचार्य, सचिव तीर बहादुर रोकाय डार्विन लगायतको उपस्थिीति रहेको थियो ।
    सिद्धार्थनगर–६ माओवादी अभियान
    स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ने.क.पा. (माओवादी केन्द्र ) सिद्धार्थनगर नगरपालिका वडा नं. ६ ले चुनावी प्रचार प्रसार अभियानलाई तीव्रता दिएको छ ।


    बुधबार पार्टीले वडाका विभिन्न टोलहरुमा कोणसभाको आयोजना गरेको छ । कोणसभामा बोल्दै माओवादी केन्द्र राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा सिद्धार्थनगर समिति अध्यक्ष चोपलाल आचार्यले कांग्रेस, एमाले र राप्रपा भन्दा देशलाई निकास दिने माओवादीको फरक एजेण्डा भएको कारण अहिले देशभर नै माओवादीको जनलहर बढेको बताए । “हामीले जुन उत्पीडित समुदायको कुरा उठाएर विगतमा लडेका थियौं त्यही कुरा स्थानीय तहको निर्वाचन मार्फत संस्थागत गर्नेछौं । हाम्रो एजेण्डाको बारेमा अन्य दलले प्रचार गरे पनि संघीयता, धर्म निरपेक्षता, समावेशिताको विषय कसले उठायो भन्ने कुरा जनताले राम्रोसंग बुझेका छन, आचार्यले भने ।”
    चुनावी प्रचार अभियानमा माओवादी केन्द्र सिद्धार्थनगर नगरपालिकाको मेयर पदका उम्मेदवार फैज अहमद खान, उपमेयरकी उम्मेदवार कमला थापा, वडा नं. ६ अध्यक्षका उम्मेदवार राम दयाल गुप्ता, महिला सदस्यकी उम्मेदवार सरिता थापा, दलित महिला सदस्यकी उम्मेदवार सुर्जमति हरिजन, सदस्यका उम्मेदवारहरु मोहम्म्द रफिक मुसलमान र सुरेन्द्र कुमार तिवारी, पार्टीका सिद्धार्थनगर सचिव तीर बहादुर रोकाय डार्बिन, सह–सचिव मेराज खान, अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य टि.पी. न्यौपाने, कपिल चापागाई सहित पार्टीका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिीति रहेको थियो । प्रचार प्रसारको क्रममा वडाको समग्रको विकासको लागि माओवादी केन्द्रलाई नै मतदान गर्ने वडावासीहरुले प्रतिबद्धता व्यक्त गरेको पार्टीका जिल्ला सम्मेलन आयोजक समिति सदस्य वि.एन.गुप्ताले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.