कमल राभैरहवा,जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीले स्थानिय तहको निर्बाचनमा सफलताको लागी अभियानलाई गाउ देखी शहर हुदै जनताको घरदैलो सम्म पुराएको छ ।

जिल्लाको सदरमुकास भैरहवा र यसको आसपासको क्षेत्रमा राप्रपाको गढको रुपमा बिगतको किल्लालाई अहिले पनि राप्रपाले जोखाउने प्रयास देखिन्छ ।
राजनितिक खेलाडीका रुपमा परिचित दिपक बोहराको गृह जिल्ला तथा निर्बाचन क्षेत्र भएकाले पनि यस क्षेत्रको निर्बाचनमा राप्रपा बलियो शक्तीको रुपमा अगाडी देखिएको छ ।
भैरहवा सदरमुकासम संग जोडीएको ओपसतिया गाउपालिकामा पनि राप्रपाले आफ्ना शसक्त उम्मेदवारलाई उठाएको छ । अनुभवी तथा राजनिति खेलखेल्न सक्ने नेताहरुलाई यहाको जिम्मा दिए पछि अन्य दलहरु अलमल परेका छन् ।
ओमसतियामा राप्रपाले गाउपालिकाको प्रमुखमा तिलक कोइराला, उपप्रमुखमा चित्रलेखा यादब रहेका छन् । ओमसतियाको वडानम्बर ४ साबिकको बसन्तपुर गाविसमा वार्ड अध्यक्षमा पुराना राजतिज्ञ ओम प्रकास कुर्मीले उम्मेदवारी दिएका छन् । उनि पुर्व गाबिसका उपाध्यक्ष समेत हुन । स्थानिय माझ लोकप्रिय छबि बनाएका कुर्मीले अहिले घरदैलो अभियानलाई तिब्रता दिएको बताउदै आफ्नो जित सुनिश्चित रहेको बताए ।
गाउघरमा दाजुभाई, दिदिबहिनी भेटदै र भोट माग्दै हिडेको छु जित त मेरो हुन्छनै भन्दै कुर्मीले वार्डको बिकासका लागी सल्लाह सुझाव समेत मागेका छन् ।
उनको टिममा महिला सदस्य अनिता वाग्ले, दलित महिला सदस्यमा ज्ञानमती चमार छन् ।
सदस्यहरुमा पनि राजनितिक क्षेत्रमा अनुभवी व्यक्तीत्व लक्ष्मण पन्थी छन् । उनि पनि पुर्व गाविस उपाध्यक्ष हुन । उनको पनि गाउस्तरमा राम्रै लोकप्रियता रहेको देखिन्छ । अर्का सदस्यमा ओम प्रकास कुर्मी रहेको राप्रपा वसन्तपुर सम्पर्क कार्यालयले जानाकारी दिएको छ ।
बिकास र जनताको पक्षमा सधै निरन्तर लागी रहने वार्ड अध्यक्ष कुर्मी र सदस्य पन्थीले अहिले बसन्तपुरमा राप्रपाको नेतृत्व गर्दै जितलाई पक्का बनाएको दाबि गरका छन् । उनिहरुले चुनाबी अभियानमा समेत महिला पुरुष र स्थानियहरुको सहभागितालाई जोड दिदै गाई चिन्नमा मतदान गर्न अनुरोध गरेका छन् ।
उनिहरुले आफुहरु संग विकासका योजनाहरु प्रशस्त रहेकाले मास्टर प्लान बनाएर बसन्तपुरलाई नमुना गाउ बताउने ,कृषिलाई आधुनिकीकरण गर्ने, खानेपानी, सडक र नाला निर्माणमा जोड दिने, शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारिण्टी दिने कुरालाई जनताले समेत मनपराएको स्थानिय सुर्य प्रसाद शर्माले बताए ।
उनले भने हामी टोलबासी यहाहरुलाई जिताउन लागेका छौ । बिकास र अवशरको लागी यहाहरु बसन्तपुरको योग्य उम्मेदवार हो ।