logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    कामका आधारमा राप्रपालाई भोट


    १० असार २०७४ , शनिबार

    कामका आधारमा राप्रपालाई भोट

    कमल रायमाझी
    भैरहवा,१० असार । राष्ट्रिय प्रजातन्त्र पार्टी सिद्धार्थनगरले शनिवार पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
    स्थानिय तहको निर्वाचनमा रुपन्देहीको सिद्धार्थनगर वाट नगरप्रमुखमा उम्मेदवारी दिएका सागर प्रताप राणा र उपप्रमुखमा उम्मेदवारी दिएकी रमिता थापा मगरले राप्रपाले जित्ने ठोकुवा गर्दै जनताले कामका आधारमा भोट दिने बताएका छन् ।


    पत्रकारहरु संग कुरा गर्दै यस क्षेत्रका सांसद तथा पुर्वमन्त्री दिपक बोहराले समेत भैरहवाको विकासमा राप्रपा मात्र एक पार्टी भएको ठोकुवा गरे ।
    उनले भैरहवामा सडक निर्माण, ढल निकास, सफा सुन्दर र हरियाली नगरको परिकल्पनामा राप्रपाले कामगरिरहेको बताउदै आगामी दिनमा अझ आधुनिक शहरको रुपमा विकास गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
    निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल निर्माण देखी बुटवल भैरहवा सिक्सलेन सडक र आर्थिक कोरिडोरको बिकासमा लागी राप्रपा भैरहवाले अग्रस्थानमा रहेर कामगरेको कारण यसपटक सिद्धार्थनगरमा राप्रपाका उम्मेदवारहरुलाई बिजय बनाउन समेत राप्रपाका केन्द्रिय उपाध्यक्ष समेत रहेका पुर्वमन्त्री बोहोराले बताए ।
    उनले राप्रपा सिद्धार्थनगरलाई संगठनका आधारमा भन्दा कामका आधारमा जनताले विस्वास लिने भन्दै स्थानिय निकायमा आफ्ना सवै उम्मेदवारहरु विजय हुनेमा समेत विस्वत रहेको बताए ।


    कार्यक्रममा राप्रपाका नगरप्रमुखका उम्मेदवार सागर प्रताप राणाले समेत नगरको आधुनिकता संगै प्रविधियुक्त शहरमा परिवर्तन गर्न आफ्नो उम्मेदवारी परेको बताए ।
    उनले विगतमा समेत आफु जनप्रतिनिधि हुदा नगरक्षेत्रमा धेरै विकास गरेको बताउदै बाकी रहेका केहि कामहरु यस पटक विजय भएपछि पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
    उपप्रमुखकी उम्मेदवार रमिला थापा मगरले आफु युवा तथा जनजाती समुदायकी महिला उम्मेदवार भएकाले मतदाताको रोजाईमा परेको बताईन । उनले राप्रपा भैरहवाको विकासमा अपरिहार्य शक्ती भएकाले अव आफ्नो विजयमा यसक्षेत्रमा जनसमुदायहरुको सहयोग हुने विस्यास व्यक्त गरिन ।
    आफु उपप्रमुख पदमा निर्वाचित भएपछि यस नगरका महिलाहरुका निम्ति विभिन्न सिप मुलक कार्यक्रम, जनचेतना मुलक कार्यक्रम, आत्मनिर्भर र रोजगारमुखी कामहरु गरेर देखाउने वताईन ।
    राप्रपा रुपन्देहीका प्रवक्ता रवि कुमार रौनियारको सञ्चालनमा सम्पन्न कार्यक्रममा राप्रपा युवक संघका जिल्ला अध्यक्ष शंकर खत्री, निर्वाचन परिचान कमिटी संयोजक धर्म के.सी, स्थानिय समाजसेवी रबि श्रेष्ठ तथा स्थानिय पार्टी कार्यकर्ता र बुद्धिजिविहरुको सहभागिता रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.