logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    मृत्युको मुखबाट मलाई बचाउनुहोस् !


    १७ असार २०७४ , शनिबार

    मृत्युको मुखबाट मलाई बचाउनुहोस् !

    मेरो घर दोलखाको झुले हो । म एक्काइस वर्षकी भएँ । २०७४ साल जेठमा मेरो बंगाराबाट रगत बग्न थाल्यो । पछि बान्ता र पखालासमेत लाग्न थाल्यो । हुँदाहुँदा बान्तामा रगत देखिन थाल्यो । झुले स्वास्थ्य चौकीमा जाँच गराएँ । त्यहाँ तीन दिन बसेपछि मलाई जिल्ला जनस्वास्थ्यमा पठाइयो । त्यहाँ चार दिन बसें ।
    चार दिनको उपचारपछि डा. विनोद डंगोलले काठमाडौं जाने सल्लाह दिनुभयो । म वीर अस्पताल पुगें । त्यहाँ पनि नभएपछि असार १ गते नयाँबानेश्वरस्थित निजामती अस्पताल भर्ना भएँ । मलाई ब्लड क्यान्सर भएको रहेछ । त्यहीं मेरो उपचार भइरहेको छ । डाक्टरको सल्लाहअनुसार रोग पहिलो स्टेजमै भएको र उपचार गर्न सके म बाँच्न सक्ने रहेछु । मेरो बाँच्ने चान्स असी प्रतिशत रहेछ । यति कुराले ममा बाँच्ने आशा पलाएको छ, तर उपचार गर्न लगभग पच्चीस लाख रुपैयाँ लाग्ने रहेछ ।
    मेरो घरको आर्थिक अवस्था नाजुक छ र उपचार गर्न सक्ने अवस्था पनि छैन । काखमा तीन महिनाको छोरो छ । श्रीमान् बेरोजगार हुनुहुन्छ । सुत्केरी अवस्थामै मलाई यति ठूलो विपत्ति आइपरयो । बालक छोरोलाई हुर्काएर पढाउने र आफ्नै खुट्टामा उभिन सक्ने बनाउने इच्छा छ, तर रोग लागेकाले अस्पताल बेडमा आइपुगेको छु ।
    अब मसित एउटै विकल्प बाँकी छ, त्यो हो– सबैसँग हात फैलाएर सहयोग माग्ने र उपचार गर्ने । मैले भगवानसँग पनि बारबार यही प्रार्थना गरिरहेकी छु । भन्छन्– थोपा, थोपा मिलेर समुद्र बन्छ रे ! हजुरहरू सबैको सानो सहयोगले मेरो उपचार सम्भव हुनेछ र मृत्युको मुखबाट फर्किनेछु । मेरो अनुनय छ– कृपया तपाईंहरूले सकेको सहयोग गर्नुहोस् र काखको सानो छोरा हुर्काउने मौका दिनुहोस् ।
    तसर्थ सहयोगको लागि राष्ट्रिय वाणिज्य बैंक, चरीकोट शाखा, दोलखामा रहेको खाता नम्बर १६१०००६९६११० मा रकम जम्मा गरी मोबाइल नम्बर ९८६१७२३२५९, ९८४१३२५८४८ मा खबर गरिदिन विनम्र अनुरोध गर्दछु ।
    उर्मिला भुजेल, बेड नं २३५, निजामती अस्पताल, नयाँ बानेश्वर, काठमाडौं
    ……………

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.