मो इमरान खान
कपिलबस्तु,२२ असार । कपिलबस्तुको कृष्णनगर नगरपालिकामा माओबादी केन्द्रकी उपमेयर उम्मेदवार सबनम खातुनले विजयी प्राप्त गरेकी छिन् ।

मुस्लिम महिला उम्मेदवार खातुनले आफ्नो कडा धार्मीक परम्परालाई सम्मान गर्दै उपमेयरमा बिजय प्राप्त गर्न सफल भईकी हुन ।
मुस्लिम समुदायको रमजानको समय र महिला सदस्य भएपनि उनी पार्टीको सिद्धान्तमा अडिक रहेर अगाडी वढदा सफलता हात पारेको बताउछिन् ।
आफ्नो धर्म संस्कारलाई पनि सम्मान गर्दै जनताको घरदैलोमा बुर्खालगाएर माओबादी केन्द्रको पक्षमा भोट माग्दा सवैको सदभाव र माया पाएकाले चुनाबमा बिजय भएको उनको भनाई रहेको छ ।
कृष्णनगर कटर मुस्लिम समुदाय बसोवास गर्ने क्षेत्र भएपनि उनले पारिवारिक धार्मीक संस्कारमा चुनाबी अभियान सञ्चालन गर्दा विजय सुनिश्चित गरेको स्थानियहरु समेत वताउछन् ।

नगरपालिका को चैपुरवा भन्ने गाउमा जन्मिएकी उनको बिहे पनि चैपुरवामै भएको छ । समाजमा भद्रभलादमी वुवा कुन्नु खाँकी छोरि खातुन पनि अव समाज सेवामा लागेपछि उनको परिवारमा पनि खुसियाली छाएको छ ।
मुस्लिम समुदायहरुको लागी समावेसी र समानताको हक दिने पार्टी समेत माओबादी केन्द्र भएकाले पनि उनको परिवारले उनलाई राजनितिमा आउन प्रेरेरित गरेको हो ।
कृण्णनगर नगरपालिका वाट उनले ३ हजार ४११ मतसहित बिजयी भएकी छिन । यस नगरमा स्वतन्त्र उम्मेदवार रजत प्रताप शाह ले ७ हजार ३२८ मतसहित मेयरमा बिजयी भएका छन् ।
।