कमल रायमाझी
भैरहवा,४ साउन । नेपालकै दोस्रो ठुलो भैरहवा भंसार कार्यालय रुपन्देहीले आर्थिक बर्ष २०७३ ।०७४ को असार मसान्त सम्ममा लक्ष्य भन्दा बढि राजस्व असुली गरेको छ ।
५७ अर्ब ३४ करोड ४० लाख ८ हजार असुलीको लक्ष्य लिएको भन्सार कार्यालयले ६२ अर्ब ३२ करोड ६४ लाख ९४ हजार असुली गरेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।
लक्ष्य भन्दा झन्डै आठ प्रतिशत अर्थात ५ अर्ब ११ करोड ११ लाख ३ हजार रुपैया बढी राजस्व असुली गरेको भैरहवा भंसार कार्यालयका निमित्त प्रमुख गोपाल खत्रीले बताउनुभयो ।
आयात गरिएको समान मध्य सवै भन्दा बढी जीप,कार र भ्यानहरुमा १४ अर्ब ६१ लाख ६४ हजार राजस्व असुली भएको छ । दोस्रोमा मोटरसाईकलमा ७ अर्ब ३७ करोड २९ लाख ३५ हजार र तेस्रोमा सिमेन्ट क्लिङकरमा ३ अर्ब ९७ करोड २३ लाख २० हजार रुपैया राजस्व असुली गरेको भैरहवा भन्सार कार्यालयका निमित्त प्रमुख खत्रीले जानाकारी दिनुभयो ।
यसको अलवा एम.एस.विलेट, ट्रक, मिनि ट्रक, हाईस्पिट डिजेल, ग्लेज टाइल, सिंगल क्याव पिकअपफ गाडी, पेट्रोल, पोलिथिन दाना, चकलेट, चामल, एलपि ग्यास, श्रृंगारका समानहरुमा राजस्व असुलीको रेर्कड बढी देखिन्छ ।
यस भन्सार कार्यालय बाट आयात गरिने समानहरु मध्य ९८ प्रतिशत समानहरु भारतिय र २ प्रतिशत समानहरु तेस्रो मुलुकका हुने गरेको भंसारका कम्प्युटर अधिकृत निर्मलराज कंडेलले बताए ।
भैरहवा भन्सार कार्यालय बाट सेन्थेटिक यार्न, बोरा झोला र कपडा, रद्दी कागज, हस्तकला, अदुवा र जडिबुटी जस्ता बस्तुहरु भारत तर्फ निर्यात समेत गरेको भैरहवा भन्सार कार्यालयको सुचना शाखाले जनाएकोे छ ।
रुपन्देही र नबलपरासी जिल्ला कार्यक्षेत्र रहेको यस भन्सार कार्यालयका त्रिबेणी, महेशपुर, पक्लिहवा, लुम्बिनी, पर्शौनी, भुजाहा, वुच्चीवरेवा, अमुवा, थुमुवा, बिष्णुपुरा, मंझरिया र बेथरी गरि १२ वटा छोटि भन्सार रहेका छन् ।
नेपालको सहज नाकाको रुपमा रहेको यो भन्सार कार्यालयले प्रकृयागतरुपमा कर्मचारी लाई आवस्यकता अनुसार परिचालन गर्नुका साथै सुरक्षाकर्मीहरु संग समेत सहकार्यमा अगाडी बढेको पाईन्छ ।
भंसार सुरक्षा गार्ड, शसस्त्रप्रहरी राजस्व गस्ती डण्डा र नेपाल प्रहरीको प्रत्यक्ष निगरानी रहेको यो नाकामा हुने चोरि पैठारी नियन्त्रणमा समेत सक्रियता बढनाले भन्सार कार्यालयले लक्ष्य भन्दा बढी राजस्व असुली गरेको हो ।
भंसार कार्यालयका शाखा महेशपुर, लुम्बिनी र त्रिबेणी जस्ता छोटि भंसारले समेत लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको भैरहवा भंसार कार्यालयले जनाएको छ ।
यस भन्सार कार्यालय वाट आयात गरिएको समानहरु नेपालको विभिन्न जिल्लाहरु, उद्योग कलकारखानाहरु र आम उपभोक्ता सम्म पुग्ने गर्दछ ।
सरकारले ५० हजार भन्दा माथीको समान भन्सार गर्नुपर्दा लगाएको जाँचपास अनलाइन प्रणाली अर्थात आयात निर्यातमा एक्जिट कोडको व्यवस्था गरेपछि अझ भन्सारमा हुने चोरि निकासी समेत नियन्त्र भएको भंसार अधिकृत ओपिन्द्र बहादुर हमालले जानाकारी दिनुभयो ।