logo
  • १४ साउन २०८३ , बिहिबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    हज यात्रामा कपिलवस्तुबाट धेरै


    २३ साउन २०७४ , सोमबार

    हज यात्रामा कपिलवस्तुबाट धेरै

    मो. इमरान खान
    कपिलवस्तु, साउन । मुस्लिम धर्मालम्बीहरुको साउदी अरबमा जाने हजयात्रीको सख्या कपिलबस्तु बाट धेरै रहेको छ । विभिन्न २९ जिल्लाबाट हज गर्न जाने धर्मालम्बीहरु मध्य कपिलबस्तु बाट सवैभन्दा धेरै सख्या देखिएको हो ।
    नेपाल भरबाट १ हजार २ सय जना रहेको मा कपिलवस्तुबाट मात्र १ सय ७९ रहेको  केन्द्रिय हज कमिटी बैठकले जानाकारी दिएको छ ।

     


    अघिल्लोे वर्षको तुलनमा यस वर्ष २ सय कोटा थप गरिएको हो । अघिल्लो वर्ष एक हजार जना मात्र हज गर्न मक्का जान पाएका थिए । यस बर्ष हज यात्रामा जाने संख्या अहिले सम्म कै सबै भन्दा बढी हो । यस वर्ष सुनसरीबाट १ सय ४५, र रुपन्देहीबाट १ सय ३५ हज गर्न जान पाउने भएका छन् ।

    बाँकेबाट १ सय ८, रौतहटबाट ६५, काठमाडौं र सिरहाबाट ६०÷६० जना जान पाउने भएका हुन् । सप्तरी र मोरंगबाट ५६÷५६, धनुषाबाट ३६, नवलपरासीबाट ३३ र महोत्तरीबाट ३० जना हर्ज गर्न जाने भएका छन् । बाराबाट २२, सर्लाहीबाट २१, सप्तरीबाट १६, गोरखाबाट १३ र झापा र तनहुबाट १२÷१२ जना हजका लागि छनौटमा परेका छन् ।

    स्याङ्गजाबाट ९, बर्दिया र दाङ्गबाट ८÷८, अर्घाखाचीबाट ७, पाल्पाबाट ५, कास्कीबाट ४, सुर्खेतबाट ३ र पर्वत, चितवन, मकवानपुर तथा कैलालीबाट २÷२ जना हज यात्रामा जान पाउने छन् । कपिलवस्तुमा अघिल्ला वर्षको तुलनामा यहाँबाट यस वर्ष ८ जना थपिएका हुन् ।  गत वर्ष जान नपाएका पुराना आबेदक तर्फ जिल्लामा दर्ता रहेका १ सय २७ जना तथा केन्द्रमा दर्ता गराएका ४ जना गरि १ सय ३१ र यस वर्ष जिल्लामा आबेदन दिएका २ सय १२ नया आबेदक मध्ये ४८ गरि १ सय ७९ जना छनौटमा परेको बताईएको छ । मुस्लिम बहुल क्षेत्र भएकाले जिल्लाबाट हजयात्रामा जानेहरु नेपालमै सबैभन्दा बढी हुने गर्छन् ।

    मुस्लिम धर्मावलम्बी धेरै भएको जिल्लाबाट २ सय कोटा थप हुँदा पनि ८ जना मात्र जान पाउनु न्यायसंंगत भएन ।  मुस्लिम अगुवा अब्दुल रसिद खाले भने ‘ निर्णय पुनरावलोकन गर्नुपर्छ’ । उनले ३५ जना सम्म थपिनु पर्ने माग गरे ।

    हज कमिटिको निर्णयबाट आफु सन्तुष्ट नरहेको केन्द्रिय हज कमिटीका सदस्य र उफअहमद खाले बताए । हजयात्री छनौट गर्ने काम ७ सदस्यिय कार्य सम्पादन समितिले गरेको हो । पुराना आवेदक र ७५ वर्ष माथीकालाई प्राथमिकता दिने गरेको छ ।

    देश भरबाट हजयात्राका लागि २ हजार आवेदन परेको थियो । अगस्त १० देखि १९ तारिख सम्म हजयात्राका लागी मुस्लिम धर्मालम्बीहरु मक्काकालागि प्रस्थान गर्नेछन् । हजयात्री काठमाडौ–युएई हुदै साउदीको जेद्दा पुग्नेछन ।

    चन्द्रमाको उपस्थितीले तय हुने ईदमा जेद्दाबाट ८० किलोमिटरको दुरी तय गरि सम्भवतः २ सेप्टेम्बर (भदौ १७) का दिन पैगम्बर मोहम्मदको जन्म स्थान (खान ए कावा) मा परिक्रमा गरि मक्काको मिना मुद्दिलफा आराफातमा ५ दिन बसि नवाज अदा गर्ने छन् । त्यसपछि पैगम्बर मोहम्मदको कब्रस्थान रहेको मदिनामा पुगी १० दिन नबाज पढे पछि हज पुरा हुनेछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.