logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    सिद्धार्थनगरको सुन्दतामा अर्घाखाँची सिमेन्टको साथ


    २८ साउन २०७४ , शनिबार

    सिद्धार्थनगरको सुन्दतामा अर्घाखाँची सिमेन्टको साथ

    कमल रायमाझी
    भैरहवा,२८ साउन । यसक्षेत्रको ठुलो उद्योग अर्घाखाँची सिमेन्ट प्रा.लि. भैरहवाले स्वच्छ बातावरण सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।
    कार्यक्रममा यस क्षेत्रको सुन्दरता र वातावरणीय विकासका लागी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ ।
    विक्रम सम्वत २०६५ सालम स्थापना भएको यस उद्योगले यस नगरको विकासका लागी हराभरा सिदार्थनगर सुन्दर स्वच्छ र सफा हाम्रो आगन भन्ने मुल उद्देश्यका साथ कार्यक्रमहरु गरिने समेत वताएको छ । महामानब गौतम बुद्धको जन्मस्थान लुम्बिनीको प्रबेषनगरी सिद्धार्थनगरलाई व्यवस्थित र सुन्दर नगर बनाउने सहयोग गर्ने प्रतिवद्धता समेत सिमेन्ट उद्योगले गरेको छ ।
    नगर सफाका लागी उद्योगले अभियान सञ्चालन गरेको बताउदै उद्योगको सञ्चालनक समितिले सिद्धार्थनगरलाई फोहोर संकलनका लागी निशुल्क डस्बिन समेत वितरण गरेको छ ।
    सिद्धार्थनगरका नगरप्रमुख हरि प्रसाद अधिकारीलाई उद्योगका सञ्चालक तथा प्रबन्धक निर्देशक राजेश कुमार अग्रवालले डस्विन हस्तान्तरण गरेका हुन् ।
    कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख अधिकारीले लामो समय जनप्रतिनिधि विहिन रहेको नगरपालिकाको विकासमा आफुहरु अग्रसर हुने अवशर जनताले दिएकाले सुन्दरनगरको अभियानमा अगाडी वढेको वताए । उनले यस नगरलाई पर्यटकिय नगरको रुपमा विकास गर्न सवैको आवस्यकता रहेकाले अर्घाखाची सिमेन्ट स्वच्छ र सफा नगरको अभियानमा सहयोग पुराएकोमा सिमेन्ट उद्योग परिवार प्रति धन्यवाद समेत व्यक्त गरे ।
    कार्यक्रममा सिमेन्ट उद्योगका प्रवन्धक निर्देशक अग्रवालले पनि आफ्नो सिमेन्ट उद्योग नाफामुखी भन्दा सेवामुखी रहेको वताउदै सामाजिक क्षेत्रमा निरन्तर सहयोग हुने वताए ।
    उनले लुम्विनीको प्रबेषद्धारमा रहेको सिद्धार्थनगरको सुन्दरताको लागी सिमेन्ट उद्योगले सधै सहयोग गर्ने वताउदै उद्योगका प्रबन्धक निर्देशक अग्रवालले जनप्रतिनिधिहरुले यसमा भुमिका खेल्नुपर्ने वताए ।
    उद्योगले नेपालका काठमान्डौ लगाएतका विभिन्न स्थानहरुमा डस्विन वितरण गर्दै आएको छ । यसलाई निरन्तरता समेत दिने उद्योगको सुचना शाखाले जनाएको छ ।
    स्थापना काल देखि नै सामाजिक क्षेत्रमा सहयोग पुराउदै आएको सिमेन्ट उद्योगले स्थानिय स्तरको विकासका लागी बार्षिक बजेट समेत छुट्टाउने गरेको छ ।
    सञ्चार क्षेत्र, सामाजिक क्षेत्र , गरिव, दुःखी, असाहय र शिक्षा क्षेत्रमा समेत सहयोग पुराउदै आएको यो उद्योगले उत्पादन गरेको अर्घाखाची सिमेन्ट समेत नेपालमा गुणस्तरिय सिमेन्टमा पर्दछ ।
    यसले उत्पादन गरेको अर्घाखाची ओपिसी सिमेन्ट नेपालका ठुला परियोजना देखी स्थानिय स्तरका बिकास निर्माणमा समेत प्रयोग हुदै आएको छ ।
    लुम्बिनीमा बाहय पर्यटकको आगमनमा कमी
    लुम्बिनीखवर
    लुम्बिनी, २८ साउन । बुद्धजन्म स्थल लुम्बिनीको गरिमा बिश्वमा बढे तापनि अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी आगमनमा बिदेशी पर्यटक एघार प्रतिशत कमी आएको छ ।
    लुम्बिनी बिकास कोष द्वारा जारी मासिक तथ्याङक अनुसार सन २०१६ जुलाई महिनाको तुलनामा सन २०१७ को जुलाई महिनामा बिदेशी पर्यटकहरुको लुम्बिनी आगमनमा कमी आएको हो ।
    सन २०१६ को जुलाईमा दुई हजार नौ सय २७ जना लुम्बिनी भ्रमण गरेकोमा सन २०१७ को जुलाईमा दुई हजार चार सय ५७ जना मात्र बिदेशी पर्यटकको लुम्बिनी आगमन भएको छ ।
    यसै गरि आन्तरिक पर्यटकको सूचीमा रहेका भारतीय पर्यटकहरुको लुम्बिनी आगमनमा ३७ प्रतिशत बृद्धि भएको तथ्याङमा उल्लेख छ ।

    सन २०१६ को जुलाईमा पाँच हजार एकसय २७ जना भारतीय पर्यटक मात्र लुम्बिनी आएका थिए ।
    त्यस्तै आन्तरिक पर्यटक मध्येकै नेपाली पर्यटकहरुको गत बर्ष जुलाई महिनाको तुलनामा यस बर्षको जुलाई महिनामा लुम्बिनी एक दशमलव एक प्रतिशत बृद्धि भएको छ ।
    सन २०१६को जुलाईमा २५ हजार सात सय ६० जना पर्यटक मात्र आएको हुदा सन २०१७ को जुलाई महिनामा २६ हजार ३२ जना नेपाली पर्यटकहरु लुम्बिनी भित्रिदा स्वदेशी पर्यटक बढेको जारी तथ्याँकमा उल्लेख छ ।
    भरतीय पर्यटक सुनौली तथा कालीदह नाकाबाट सहज ढंगबाट प्रबेश पाउदा उनीहरुको आगमनमा बृद्धि भएको देखिन्छ भने काठमान्डौ मुग्लिन सडक बिग्रिएको कारण त्यहाँ स्थित ट्राभल्स एजेन्सीहरुले चितवन र लुम्बिनीका लागि पर्यटक पठाउन नसक्दा बिदेशी पर्यटकहरुको लुम्बिनी आगमनमा कमी आएको लुम्बिनी बिकास कोषका पथप्रर्दशक मुकुन्द गौतम ले जानकारी गराए ।
    उनले लुम्बिनीमा पर्यटक बढाउन राज्यले काठमन्डौ मुग्लिङ सडक तत्काल मम्र्मत गरि पर्यटक आगमनको ढोका खोल्नु पर्ने सुझाव दिएका छन् ।
    यद्यपि लुम्बिनीमा बिदेशी पर्यटकको आगमनमा कमी आए पछि होटेल,यातायात,रिक्शा र फलफूल ब्यवसायीहरुले पर्यटन ब्यापार घटेको गुनासो समेत गरेका छन ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.