लुम्बिनीखबर
भैरहवा, भदौ १ । दरखसवा महिला सामुदायिक समूह सिद्धार्थनगर ३ को आयोजनामा वृक्षरोपण गरिएको छ ।

बेलहिया–बुटवल सडक खण्ड अन्र्तगत दरखसवा देखि रण अम्बिका शाह आँखा अस्पताल सम्म सडकको दुवैतर्फ विभिन्न प्रजातिका करीब एक सय ५० बिरुवा रोपिएको दरखसवा महिला सामुदायिक समूहकी अध्यक्ष रुपा पुनले जानकारी दिईन् । रोपिएका बिरुवा संरक्षण गर्न समूहका सदस्यहरुलाई निर्देशन दिइएको छ ।
वृक्षरोपण मात्र गरेर नहुने भएकाले बिरुवा संरक्षणमा विशेष जोड दिइएको पुनले बताईन् । त्यसैगरी दरखसवा क्षेत्रमा छाडा चौपायालाई निषेध गरिएको छ । छाडा गाईगोरु, बाख्रा लगायतका चौपाया छाड्नेलाई कडा कारबाही गरिने अध्यक्ष पुनले बताईन् ।