logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    आखाँ अस्पतालद्धारा श्रमिकको अधिकार खोस्ने प्रयास


    ५ भाद्र २०७४ , सोमबार

    आखाँ अस्पतालद्धारा श्रमिकको अधिकार खोस्ने प्रयास

    लुम्बिनीखबर
    भैरहवा, ५ भदौ । भैरहवा स्थित रण अम्बिका शाह आँखा अस्पताल प्रशासनले त्यहाँ कार्यरत सुरक्षा गार्डमाथि  डर, धाक धम्कीपूर्ण व्यवहार गर्दै आएको छ ।

    अस्पताल प्रशासनले सुरक्षा  गार्डले टे«ड युनियन गठन गरेको भन्दै साप नेपाल सेक्युरिटी मार्फत अस्पतालमा कार्यरत सुरक्षा गार्ड कमाण्डर रामवृक्ष ठाकुर लगायतका अन्य गार्डलाई सेवा बाट निष्कासित गर्ने भन्दै धम्की दिएको छ । अस्पताल प्रशासनका प्रमुख आमोद सिंहले टे«ड युनियन गठन गरेको बहानामा धम्की दिने गरेको ठाकुरले गुनासो गरेका छन् ।

     

    साप नेपाल सेक्युरिटी मार्फत अस्पतालमा कार्यरत गार्डलाई सुरक्षा सेवामा कमी कमजोरी भए कम्पनी लाई जानकारी गराउनु पर्नेमा अस्पताल प्रशासनले कम्पनीलाई जानकारी नै नदिई गार्डलाई सेवाबाट निष्कासित गर्ने धम्की दिने गरेको छ । साप सेक्युरिटी अन्तर्गत उक्त अस्पतालमा २८ जना सुरक्षा गार्ड कार्यरत रहेका छन् ।

    एक वर्षको सुरक्षा सम्झौता गरेको अस्पतालले कम्पनिसँग कुनै लिखित वा मौखिक जानकारी नै नगराई आफूहरुलाई अस्पताल प्रशासनले अन्यायपूर्ण व्यवहार गरेको गार्ड कमाण्डर ठाकुरले बताए । उनले अस्पतालको सुरक्षामा आफूहरुको कुनै कमजोरी नभएको दाबी गर्दै सेक्युरिटी गार्डहरुको हक अधिकारका लागि टे«ड युनियन गठन गर्दा अस्पताल प्रशासनबाट अवरोध गरिनु दुर्भाग्यपूर्ण भएको बताए ।

    जिफन्टका केन्द्रीय परिषद सदस्य उत्तम श्रेष्ठले युनियन गठन गर्न पाउनु मजदुरहरुको अधिकारलाई अस्पताल प्रशासनले रोक लगाउनु र सुरक्षा गार्डलाई युनियन गठन गरेको नाममा धक्की दिनु निन्दनीय कार्य भएको बताए ।

    उनले सेक्युरिटी कम्पनीसँगको सम्झौतामा कार्यरत सुरक्षा गार्डलाई व्यक्तिगत तवरले अस्पताल प्रशासनले धम्की दिनु दादागिरी भएको बताउँदै प्रशासन समयमै सचेत नभए कानुनी उपचार खोज्ने बताए । पछिल्लो समय रण अम्बिका आँखा अस्पतालमा बेथितिका घटनाहरु बढदै गएका छन् ।  यस सम्बन्धमा अस्पताल प्रशासनका व्यवस्थापक आमोद कुमार सिंह भने प्रशसाशनले कुनै किसिमको धम्की नदिएको र कर्मचारी प्रती आफुहरु सचेत रहेको बताएका छन् । उनले अस्पतालको आन्तरिक मामिलाका बिषय बाहिर गएकाले केहो भनि सोधपुछ गरेको जानाकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.