logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    चुल्ठो काटिँदा पश्चिम तराईमा सन्त्रास फैलियो


    ५ भाद्र २०७४ , सोमबार

    चुल्ठो काटिँदा पश्चिम तराईमा सन्त्रास फैलियो

    जनस्वास्थ्यको विशेष टोलीले अनुसन्धान थाल्दै

    लुम्बिनीखबर
    ५  भदौ, भैरहवा । सुन्दा पनि हाँसों लाग्दो, अपत्यारिलो समाचार हो यो तर घटनाले सत्यता सृजना गरेको छ ।  विशेषगरी युवतीहरुको कपालको चुल्ठो आफसे आफ काटिएको घटनाले पश्चिम तराइको रुपन्देही र कपिलवस्तुमा एक किसिमको सन्त्रास नै सृजना गरेको छ ।


    त्रासकाबीच रुपन्देहीको लुम्बिनी सांस्कृतिक नपा बस्ने वर्ष १५ अप्सना (परिवर्तित नाम) शनिबार राती सुतेकोे आइतबार सही सलामत त उठीन् तर एकैछिनमा उनलाई चक्कर लाग्यो र सुतिन् त्यसपछि एकैछिनमा हेर्दा त उनको आमाले छोरीको कपाल  काटिएको देखिन् ।

    त्यतिबेला छोरी बेहोस जस्तै थिइन् । उठाउँदा उठिनन् । उनलाई उपचारकोलागी भैरहवा स्थित भीम अस्पताल लगियो । भीमका इमरजेन्सी विभागका गोपाल उपाध्ययले सामन्य चेकजाँचपछि उनी ठीक भएको बताए ।

    यस्तै चुल्ठोको कपाल काटिएर अस्पतालमा उपचारत अवस्थामा रहेकी अर्की कपलिवस्तु जिल्लाको मायादेवी गाउँपालिकाकी १८ वर्षीया परिवर्तित नाम पुष्पाको पनि एक्कासी आफ्नो चुल्ठो कपालको काटिएको बताइन् ।  हामीले यो कसरी भयो भनेर सोध्दा भैरहवाको सिटी अस्पतालमा भेटिएकी उनी अचम्मीत र त्रसीत हुँदै कसरी यो भयो थाहा भएन भनिन् ।

    उनी भन्छिन् “रातिको साढे १० बजे थियो । हामी सबै सुतेका थियौँ । एक्कासी कसैले मेरो चुल्ठो ताने जस्तो लागेपछि म बेस्सरी चिच्चाए । चुल्ठो कसरी तानियो, कसले तान्यो मलाई केही पनि देखिन र थाहा छैन । त्यसपछि आमा दौडिँदै आउनु भयो र म बेहोस भए । त्यसपछि के भयो मलाई थाहा छैन । आफुले थाहा पाउँदा अस्पतालमा पो रहेछु ।” उनकी आमाले छोरी पटक पटक बेहोस भएको बताइन् । उनले यो घटनाले डर त्रास सृजना गरेको पनि बताइन् ।

    छिमेकी मुलुक भारतमा भाइरल ज्वरो सरह फैलिएको महिलाको चुल्ठो (कपाल) काटिने घटना नेपालमा पनि घट्न थालेको छ । मुलुकको रुपन्देही र कपिलवस्तु जिल्लामा महिलाको कपाल काटिएको घटना बाहिर आएको छ । सीमावर्ति रुपन्देही र कपिलवस्तुमा पनि यो घटना हुन थालेपछि युवतिहरु त्रसीत देखिन्छन् ।

    यसरी भाइरल जस्तै चुल्ठो काटिने बारेमा जिल्ला जनस्वास्थय कार्यलयका सूचना अधिकृत कृष्ण पोखरेललाई बुझ्दा यसबारेमा आफुलाई जानकारी नभएको बताए । उनले हिजो साविक आमा गाविस हाल लुम्बिनी सांस्कृतिक नगरपालिकामा घटेको जानकारी आएको छ । आज पनि भीम अस्पतालमा पनि आएको सुनिन आएको छ । सुचना अधिकृत कृष्ण पोखरेलले अस्पतालमा आएका विरामी सामन्य रुपमा देखिएका छन् । उमेर समुह २५ देखी ३० वर्षको छ ।

    महिलाहरुमा सामन्यतया हिस्टेरिया हुनेगर्दछ तर यस्तो घटना पहिलो हो । हामी पनि आश्चर्य चकित छौं । यस विषयम विशेष टिम बनाएर अनुसन्धान गर्न चिकीत्सकीय र विज्ञ टोली हिड्दैछौं ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.