logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    लुम्बिनी प्रेस क्लबलाई १७ हजार सहयोग


    २० भाद्र २०७४ , मंगलबार

    लुम्बिनी प्रेस क्लबलाई १७ हजार सहयोग

    लुम्बिनीखबर
    भैरहवा, २० भदौ । वैदिक सनातन धर्म सेवा समिति रुपन्देहीले क्रियाशील पत्रकारहरुको संस्था लुम्बिनी प्रेस क्लबलाई अक्षयकोष अभिवृद्धिका लागि रु.१७ हजार रुपैँया आर्थिक सहयोग गरेको छ ।

     

     

    भैरहवामा रहेको नारायणस्थान मन्दिरमा निर्माण गरिएको नयाँ हवन कुण्ड उदघाटन तथा हस्तान्तरण समारोहमा सेवा समितिले प्रेस क्लबका अध्यक्ष माधब ढुङगानालाई रकम हस्तान्तरण गरेको हो ।

    समारोहमा भैरहवाकी पहिलो महिला रिक्सा चालक कमला घर्ती क्षेत्रीलाई ७ हजार नगद सहिद सम्मान गरिएको छ । साथै सिद्धार्थनगर नगरपालिकामा निर्वाचित नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुलाई खादा ओढाएर सम्मान पनि गरिएको हो ।

    वैदिक सनातन सेवा धर्म समिति सिद्धार्थनगरकी अध्यक्ष जानुका भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा इश्वरकृष्ण महाराज जीको प्रमुख आतिथ्यता रहेको थियो ।

    प्रमुख अथिति महाराजजीले वैदिक सेवा धर्म समितिले १६ लाख लागतमा निर्माण गरेको नारायण स्थान मन्दिरको नया हवन कुण्ड उदघाटन गर्दै स्थानिय साहित्यकार बालकृण्ण भट्टराई, समाजसेवीहरु ओमकार गौचन, टिका बहादुर हिराचन, निधानचन्द्र श्रेष्ठ, इञ्जिनियर चन्द्रभक्त श्रेष्ठ, महेश जैशवाल लगायतलाई सम्मान समेत गरेका हुन् । सावित्री श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन विनिता श्रेष्ठले गरेकी थिईन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.