logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    दर्ता बिना सञ्चालनमा आँखाको चमेना


    २५ भाद्र २०७४ , आइतबार

    दर्ता बिना सञ्चालनमा आँखाको चमेना

    कमल रायमाझी
    भैरहवा, २५ भदौ । लुम्बिनी नेत्र ज्योति विज्ञान अध्ययन संस्थान रण अम्बिका शाह आँखा अस्पताल भैरहवामा दर्ता बिना नै चमेना गृह सञ्चालनमा छ ।

     

     

    सञ्चालनमा रहेको चमेना गृह प्रदूषित तथा अव्यवस्थित रुपमा चलिरहेको जिल्ला बजार अनुमगन समिति रुपन्देहीले जनाएको छ । अनुगमनको टोली चमेना गृहमा पुग्दा खुल्लारुपमा खाने वस्तुहरु राख्नुका साथै फोहर र अव्यवस्थित पाईएको थियो । जहाँ झिंगाहरु समेत भन्किरहेका देखिन्थे ।

    चमेना गृहमा चिया नास्ता गर्ने बिरामीहरुको भिडभाड रहेपनि फोहोर प्रदूषण व्यवस्थापनमा कमजोर देखिएको जिल्ला बजार अनुगमन समितिको ठहर गरेको छ ।
    चमेना गृह सञ्चालन गर्नका लागि नेपाल सरकारको आन्तरिक राजस्व कार्यालय, वाणिज्य कार्यालय र घरेलुमा दर्ता हुनुपर्दछ । आँखा अस्पतालको हाता भित्र सञ्चालन गरिएको चमेना गृह मातहतका कनै पनि निकायमा दर्ता समेत नरहेको जिल्ला अनुगमन समितिका सदस्य तथा जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रतिनिधि अष्टराज गौतमले जानकारी दिए ।

    चमेना गृहमा खाने वस्तुका साथमा विषादीजन्य वस्तु फिनेल समेत राखिएको थियो । यसरी खाने वस्तुसँग विषादी वस्तु राख्नु निकै खतरनाक र लापरबाहीपूर्ण रहेको जिल्ला अनुगमन समितिका सदस्य तथा खाद्य अनुसन्धान अधिकृत विक्रम लिम्बुले बताए । एकातिर चमेना गृह सञ्चालन गर्न दिँदा सरकारी निकायमा दर्ता नै नभएको व्यक्तिलाई दिएको र अर्को तिर अव्यवस्थित र फोहोरी अवस्थामा भेटिनु गलत भएको अनुगमन समितिका सदस्य तथा वाणिज्य कार्यालयका प्रतिनिधि नारायण पन्थीले जानाकारी दिए ।

    नेपालकै उत्कृष्ट आँखा अस्पतालको रुपमा रहेको यो अस्पतालमा विगत केही समयदेखि व्यवस्थापनको कमजोरीका कारण विभिन्न घटनाहरु बाहिर आउने गरेका छन् । ट्रेड युनियन गठन गरेको भन्दै कर्मचारी माथि धम्कीपूर्ण भाषा प्रयोग गर्ने र बिना प्रमाण कर्मचारीहरुलाई आंतकित बनाउनका लागि स्पष्टीकरण सोध्ने काम समेत यस अस्पतालको व्यवस्थापन शाखाले गर्ने गरेको छ ।

    दैनिकरुपमा नेपाल र भारतका सयौँको आखाँका बिरामीहरुको उपचार गरिरहेको यो आखाँ अस्पतालको व्यवस्थापन कमजोरीले भबिष्यमा विभिन्न समस्याहरु निम्तिने सम्भावना समेत रहेको छ ।

    यस क्षेत्रका कुशल राजनीतिज्ञ तथा समाजसेवी सागरप्रताप राणा अध्यक्ष रहेको अस्पतालमा विभिन्न समस्याहरु दोहोरिनुमा अस्पतालको प्रशासन फाँटको कमजोरी देखिएको छ । यस विषयमा अस्पतालका व्यवस्थापक आमोद कुमार सिंहलाई बुझ्दा चमेना गृह सञ्चालनमा केही कमजोरी रहेको बताउँदै निकट भबिष्यमा व्यवस्थित गरिने जानकारी दिए ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.