कमल रायमाझी
भैरहवा, भदौ ।रुपन्देहीका किसानहरु अहिले कृषि विमामा आकर्षित हुँदै गएका छन् । सरकारले कृषि विमालाई प्राथामिकतामा राखेपछि किसानहरु आकृशित भएका हुन ।

गहँु, माछा, आलु, केरा, तरकारी, चैते धान लगायतका खाद्यान्न तथा तरकारीहरुमा किसानहरुले विमा गर्ने सुविधा पाएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ । किसानले गर्ने बिमित रकम मध्य ७५ प्रतिशत राज्यले अनुदान दिने र २५ प्रतिशत किसानले तिर्नुपर्ने व्यवस्था समेत रहेको छ । आर्थिक बर्ष ०७३÷०७४ मा विभिन्न खाध्यान्न बालीमा जिल्लाका २ सय २० जना किसानले ३ करोड ५ लाख बरावरको कृषि विमा गरेका छन् ।
रुपन्देही खाध्यान्न र तरकारीमा आत्मनिर्भर भएको जिल्ला समेत रहेको जानाकारी दिँदै कृषि विकास कार्यालय रुपन्देहीले जिल्लामा १ लाख ८२ हजार मेट्रीक टन खाध्यान्न आवस्यक रहेको र २ लाख ७६ हजार मेट्रीक टन उत्पादन हुनेगरेको बताए ।
जिल्लामा मुख्यगरी धान,गहँु, मकै, कोदो र फापर लगाएतका खाध्यान्नहरु उत्पादन हुने गरेको जिल्ला कृषि बिकास कार्यालय रुपन्देहीको तथ्याकमा देखिन्छ ।
आलु र हरियो तरकारीमा समेत रुपन्देही आत्मनिर्भर रहेको जिल्ला कृषि बिकास कार्यालय रुपन्देहीमा तथ्याङक रहेको छ । जिल्लामा १ लाख १ हजार मेट्रीक टन तरकारी आवस्यकता रहेकोमा १ लाख १५ हजार मेट्रीक टन उत्पादन हुने गरेको छ ।
गेडागुडी र तेलहनवालीको उत्पादनले भने रुपन्देहीलाई अपुग हुने गरेको जिल्ला कृषि बिकास कार्यालय रुपन्देहीकी कृषि प्रसार अधिकृत आशा भण्डारीले जानाकारी दिइन ।
जिल्ला कृषि बिकास कार्यालय रुपन्देहीकी कृषि प्रसार अधिकृत भण्डारीले जिल्लामा कृषि पकेट क्षेत्र ब्लक क्षेत्रको आधारमा कायक्रमहरु अगाडी वढाईएको जानाकारी दिदै प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तरगत किसानलाई आर्थिक अनुदान समेत उपलव्ध गराइएको बताईन ।
जिल्लामा ५३ वटा कृषि पकेट क्षेत्र र २ वटा कृषि व्लक क्षेत्र रहेका छन् । तरकारीमा १४ वटा पकेट क्षेत्रहरु छन् । जस अन्तरगत केराको पकेट क्षेत्र ४ वटा, आलुको १ वटा,सिमिको १ वटा, तोरीको १ वटा, मकै १ वटा, गहँु १ वटा, धान १० वटा, धानको विउ ३ वटा, माछा ५ वटा र च्याउ ३ वटा पकेट क्षेत्रमा उत्पादन हुनेगरेको छ ।
जिल्लाका रायपुर, मानपकडी, मानमटरिया, धकधई, असुरैना, अमुवाँ खाध्यान्नको पकेट क्षेत्र हुन भने सुर्यपुरा, मानपकडी, बसन्तपुर लगायतका क्षेत्रहरु तरकारीका पकेट क्षेत्र र दयानगर, छोडकी रामनगर, अमुवा, मानमटरिया, मानपकडी र धकधई माछाको पकेट क्षेत्र रहेका छन् ।
प्रत्येक पकेट क्षेत्रका लागी जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले २ लाख ८२ हजारको अनुदान दिने गरेको छ भने जिल्लामा रहेका दूई ब्लक क्षेत्र मध्य माछा व्लक क्षेत्रलाई ४३ लाख र खाान्न उत्पादन हुने व्लक क्षेत्रलाई ५३ लाख अनुदान सहयोग गरेका जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । नेपालको कृषि, पर्यटन र उद्योगमा समेत अगाडी बढेको रुपन्देहीले पहिल्लो समयमा माछा उत्पादनलाई छुट्टै पहिचान बनाएको छ ।