logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    बढ्दैछ शिक्षामा सूचना प्रविधि


    २९ भाद्र २०७४ , बिहिबार

    बढ्दैछ शिक्षामा सूचना प्रविधि

    बढ्दैछ शिक्षामा सूचना प्रविधि
    लुम्बिनीखबर
    भैरहवा २९ भदौ । विद्यार्थीको सिकाई प्रक्रिया, शिक्षकको क्षमता विकास प्रक्रिया र विद्यालयको व्यवस्थापन प्रक्रियामा सूचना प्रविधिको क्रमशः विकास हुन थालेको छ ।

     

     

    सूचना प्रविधि भन्नाले केवल कक्षामा कम्प्यूटरको प्रयोग र सिकाईलाई मात्र बुझ्नु अपूर्ण हुनेछ । यस क्रममा रेडियो, टेलिभिजन, टेलिफोन, प्रोजेक्टर, डिजिटल क्यामेरा वा कम्प्युटर जस्ता सूचना तथा सञ्चार प्रविधिका उपकरणहरु शिक्षण सामग्रीका रुपमा परम्परागत सामग्री भन्दा अझ सान्दर्भिक, उपयुक्त, दक्ष र प्रभावकारी रुपमा प्रयोग गर्न सकिने सूचना विज्ञ बताउँछन् ।

    सूचना प्रविधिको माध्यमद्वारा उपलब्ध सूचनाहरुको संकलन, विश्लेषण, भण्डारण एवं पुनः उपयोग छिटो छरितो र विश्वसनीय माध्यमबाट हुनेहुँदा वर्तमान विश्वमा सूचना प्रविधिको महत्व अग्रपंक्तिमा रहेको छ ।

    विश्वलाई नै एकै ठाउँमा बाँध्न सफल यस प्रविधिको सहयोगले विकासका एवं सम्भावनाका अनेकौँ ढोकाहरु खुल्दै गईरहेको मुन लाईट आवासीय मा.विका संस्थापक प्राचार्य बि एन शर्मा बताउँछन् । शिक्षामा पनि आधुनिक सूचना प्रविधिहरुको समुचित र व्यवस्थित प्रयोगले शिक्षाको गुणस्तरलाई नयाँ आयाम दिने तथ्यलाई जति छिटो आत्मसात गर्न सकिन्छ त्यति नै शिक्षाको दायरा फराकिलो हुनुका साथै शिक्षाको सामथ्र्यलाई अझ बढी उर्जा प्रदान गर्दछ ।

    सूचना प्रविधिको द्रुततर विकास, तिनको बढ्दो प्रसार र उपलव्धता, तिनमा निहित विषयवस्तुको प्रकृति र घट्दो मूल्यका कारण सिकाई प्रकृयामा यसको प्रयोग अर्थपूर्ण हुनसक्छ ।
    नेपालमा शिक्षामा सूचना प्रविधि प्रयोग विद्यालयहरुमा सूचना प्रविधिको विषयगत पढाईको शुरुवात केही वर्षदेखि हुँदै आएको छ ।

    विशेषगरी नीजि विद्यालयहरुमा यस प्रविधिहरुको प्रयोग अधिकतम रुपमा गरेको पाईन्छ ।  सरकारी विद्यालयहरुमा पनि सूचना प्रविधिको पढाई एवं प्रयोग विस्तार हुँदै गएतापनि भौतिक पूर्वाधार एवं लगानी अभावका कारण अधिकांश विद्यालय, विद्यार्थीहरु यसबाट वञ्चित हुँदै आएका छन् । फेरिपनि विश्वमा बढ्दै गएको सूचना प्रविधिको विस्तार विकासको प्रभावले नयाँ पुस्ताहरुको आकर्षण यसप्रति बढ्दै गईरहेको छ ।

    अविभावकहरु पनि आप्mना सन्तानहरुलाई सकेसम्म यस प्रविधिबाट लाभान्वित गराउन चाहन्छन् । सिद्धार्थनगर ३ का अभिववक जिबन केसी २१ औ शताब्दी भनेकै आईटीको युग भएकाले बिद्यार्थीलाई सुचना प्रबिधिबाट अलग राख्न नहुने बताउछन ।

    विषयगत सँगसँगै व्यवहारिक रुपमा पनि सूचना प्रविधिको प्रयोग विद्यालय एवं विद्यार्थीहरुमा बढ्दै गएको पाईन्छ । सूचनाप्रविधिका सामानहरुको नियमित मूल्य गिरावट एवं नयाँ प्रविधिको व्यापक विकासले यसमा पहुँचको अवसरलाई धेरै सहज बनाईदिएको छ । विद्यालयमा कम्प्यूटर, टेलिभिजन, डिभिडि, डिजिटल क्यामेरा, ह्वाईटबोर्ड, ईन्टरनेट, अडियो भिडियो रेकर्डर, सिडि जस्ता प्रविधिको प्रयोग अनिवार्य जस्तै भईसकेको काशि नोबल एकेडेमीका सहायक प्राचार्य श्री रायमाझी बताउँछन ।

    सूचना प्रविधिका सकारात्मक पक्षहरुमा बारम्बार दोहो¥याएर प्रयोग गर्न सकिन्छ , सूचनाहरु दीर्घकालसम्म सुरक्षित राख्न सकिनुका साथै एकै पटकमा एकै साथ ठूलो समूहमाझ पुग्न सकिन्छ यसका अलावा छिटो, छरितो एवं विश्वशनीयरुपमा सूचना प्रवाह गर्न सकिन्छ । विद्यार्थी केन्द्रित प्रणाली हुनाले विद्यार्थीहरुको रुचीलाई कायम राख्न सकिन्छ ।

    सूचनाप्रविधिबाट सचेत रहनुपर्ने पक्षहरुमा बिषेश गरी सूचना प्रविधिसँग सम्बन्धित सामाग्रिहरु बढि मूल्यवान हुन्छन् । धेरै लगानी लाग्ने हुनाले सबैको पहुँचमा पुर्याउन कठिन हुने सरोकारवाला निकायको राय छ ।

    साथै भौतिक पूर्वाधारहरु महँगा हुनुका साथै निर्माण कार्य सहज हुन नहुने र भौतिक संरचनाहरुको नियमित मर्मतसम्भारको व्यवस्था अनिवार्य गरिनुपर्छ साथै प्रविधि प्रयोग गर्न नजानेमा स्रोत र साधनको चर्को मूल्य चुकाउनुपर्ने बताईन्छ ।

    सामग्रीहरु छिटो छिटो अपडेट भईरहने हुँदा सामाग्रिको मूल्यमा छिटो छिटो उतारचढाव आउँने र सामग्रीलाई भाईरस, धुलोमैलो, टुटफुट एवं चोरिबाट सुरक्षित राख्नु पर्नै बताईन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.