लुम्बिनीखबर
भैरहवा,२२ असोज । लैंगिक हिैसाको अन्त्य र मानव बेचबिखनका विरुद्ध काम गरिरहेको के.आई नेपालले ३ बालिका सहित १ महिलालाई भारतका बिभिन्न स्थानबाट उद्धार गरि पुर्नस्थापना गरेको छ ।
भारतका विभिन्न स्थानमा प्रभावित नेपाली चेलिहरुको उद्धार गर्ने क्रममा के.आई. नेपालले मुम्वई स्थित एक कोठीवाट ३ जना बालिका र दिल्लीको एक कोठिवाट १ महिलालाई उद्धार गरेको के.आई. नेपालले जानाकारी दिएको हो ।
उद्धार गरिएका बालिकाहरुलाई मुम्बईको एक गैरसरकारी संस्थामा पुर्नस्थापना गरिएको र दिल्लीको कोठिवाट उद्धार गरिएकी चितवन ठेगना भएकी महिलालाई भारतस्थित नेपाली दुतावास संगको समन्वय र सहकार्यमा नेपाल ल्याईदै गरेको के.आई. नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिए।
विगत १० बर्ष देखि सामाजिक क्षेत्रमा क्रियाशित यो संस्थाले देशका विभिन्न ६ स्थानमा शाखा कार्यालय हरु स्थापना गरि कार्यक्रमहरु गर्दै आइरहेको छ ।
मोरङ्ग, पर्सा, चितवन, रुपन्देही, कपिलवस्तु, बाँकेमा शाखा कार्यालयहरु राखी मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध कार्य गर्दै आइरहेको के.आई नेपालकी रुपन्देही शाखा प्रमुख उषा गुरुङले बताईन् ।
नेपाल भारत सीमामा रहेर सीमा निगरानी, सूचना सम्प्रेषण, परामर्श तथा उद्धार गर्ने, उद्धार गरिएका महिला तथा बालिकाको पुनस्र्थापना गरी सुरक्षित आवास सेवा र सीप विकास तालिम प्रदान गरी परिवारमा पुनर्मिलन गराउने र व्यवसाय संचालनमा मद्धत गरी आत्मनिर्भर बनाउने काममा समेत के.आई. नेपाल क्रियाशित रहेको प्रहरीको रेर्कडमा देखिन्छ ।
समुदायमा सचेतनामुलक कार्यक्रम संचालन गर्दै मानव बेचबिखनमा परेकाहरुको उद्धार पश्चात कानुनी सहायता प्रदान गर्देै वकालत तथा पैरवी लगायतका कार्यहरु संचालन गर्दै आइरहेको यस संस्थाले हरेक बर्ष सयौं महिला तथा बालबालिकाको उद्धार गरेका उदारण समेत रहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।