logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    व्यक्तिवादी भन्दा समाजवादी बराललाई मधेसीले भोट दिने


    १८ मंसिर २०७४ , सोमबार

    व्यक्तिवादी भन्दा समाजवादी बराललाई मधेसीले भोट दिने

    लुम्बिनीखबर
    भैरहवा, मंसिर १८ । रुपन्देही क्षेत्र नं ३ (क) का वामका साझा उम्मेदवार विश्वास बराल (अनुप)लाई यस क्षेत्रका मधेसी समुदायको सबै भोट जाने भएको छ ।

    मधेसको अधिकारको लागि लामो जनयुद्ध लडेका र सिद्धान्तमा प्रतिबद्ध बराललाई भोट दिएर विजयी बनाउन मधेसी समुदायहरु एकजुट भएका छन् । लामो समयदेखि सामन्तवाद र विभिन्न वर्ग समुदायबाट उत्पीडनमा परेका मधेसी समुदायको अधिकारका लागि माओवादीले आफ्नो जनयुद्धकालमा एजेण्डा नै बनाएर अगाडि बढेका कारण अहिले सबै मधेसीहरु विभिन्न पहुँचमा पुगेको उनीहरुले बताए । मधेसीलाई राज्यको सबै पहुँचमा पु¥याउनका लागि समावेशी र समानुपातिक सिद्धान्तको परिकल्पनाकार समेत माओवादी नै भएकाले उसको साझा उम्मेदवार बराललाई आफूहरुले मत दिने उनीहरुको धारणा रहेको छ ।

    माओवादीको एजेण्डामा पलाएका विभिन्न राजनीतिक दलहरुले मधेसको अधिकार दिन्छु भनेतापनि व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न नसकेको बताउँदै उनीहरुले बराल जस्तो इमान्दार नेतालाई जिताएर पठाउँदा आफ्नो अभिभावकत्व हुन सक्ने बताए ।

    बरालको प्रतिस्पर्धामा उठेका मधेसवादी दलका नेताहरुले मधेसका मुद्धाहरु सम्बोधन गर्न सक्ने आधार नै नरहेकाले मधेस आन्दोलनको नाममा तस्कर र माफियाहरुसँगको मिलोमतो गर्ने नेताहरुलाई आफूहरुले भोट दिन नसक्ने उनीहरुको भनाई रहेको छ ।

    यता मधेसीहरु रोइरहेका छन्, आन्दोलनको नाममा नाकाबन्दी भएको छ । नाकाबन्दीको फाइदा उठाउँदै तस्कर र कमिसनखोरसँग मिलेर पेट्रोल, डिजेल लगायतका विभिन्न सामानहरु तस्कर गरी नेपाल भित्र्याएर कमिसन खाने, रातारात करोडपति बन्ने नेताहरुलाई भोट दिएर कुनै फाइदा नहुने उनीहरुले बताएका छन् ।

    आफ्नो स्वार्थका लागि विभिन्न पार्टीहरु चहार्दै चुनाव लड्ने नेताहरुले भैरहवाको विकास गर्न नसक्ने मधेसी जनताहरुले बताएका छन् । यसको विकल्पको रुपमा उनीहरुले गोलाकार भित्रको हसिँया हथौडा र सूर्य चिन्हमा मतदान गरी वाम गठबन्धनलाई विजयी बनाउन सबैलाई अनुरोध गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.