logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    प्रयोगशाला बन्दै देश


    २५ मंसिर २०७४ , सोमबार

    प्रयोगशाला बन्दै देश

     

    कमल रायमाझी

    नेपाल एक सार्वभौम सत्ता सम्पन्न स्वतन्त्र देश भएपनि विभिन्न अन्तराष्ट्रिय हस्तक्षेपका कारण अस्थिर अबस्थामा रुमलिएको छ । देशमा राणा शासनको अन्त्य संगै सुरु भएको शाह वंशीय शासन व्यवस्था, पञ्चायती राज्य व्यवस्था २०४६ सालमा आएको बहुदल र २०६३।६३ पछिको लोकतन्त्रमा हजारौ नेपालीले आहुती दिए तर देशमा स्थिर सरकार आउन सकेको छैन । कुनै पनि राज्यमा एक पटकको परिवर्तनशिल आन्दोलनले देशमा स्थिर हुने र विकास निर्माणले तिव्रता पाउने गरेको देखिन्छ ।

    तर दुर्भाग्य नेपालमा आउने परिवर्तनसँग अर्को समस्या श्रृजना हुने गरेको छ । राणा शासनको अन्त्य संगै पञ्चायतको आगमन र त्यसका विरुद्ध सुरु भएको राजनितिक दलहरुको आन्दोलनले देशमा अस्थिरतामा फसेको छ । २०४५ सालको जनआन्दोलन नामक बिद्रोहले न्याएको प्रजातान्त्रिक व्यवस्थाहरु समेत लामो समय टिक्न सकेन ।

    विक्रम सम्बत २०४६मा भएको निर्वाचनमा काग्रेस सरकारले बहुमतका साथ ५ बर्षको राज्य सञ्चालन गर्ने म्यान्डेड पाएपनि ३ बर्षमा ढाल्न बाध्य पारियो । र देशमा थप अस्थिरतातिर धकलियो । त्यस पछि भएका प्रत्येक निर्वाचनले बहुमतको सरकार सञ्चालन गर्ने अवसर यहाँका राजनितिक दलहरुलाई मिलेको देखिदैन ।

    अस्थिरता तिर देश रुपलिदै अगाडी बढेको छ । माओबादी जनयुद्धले समेत देशलाई थप अस्थिरता तिर मोडेयो । विक्रम सम्बत २०६२।६३ को दोस्रो ठुलो जनआन्दोलन र माओवादी जनयुद्धले भित्राएका उपलव्धीहरु समेत राज्यले कार्यान्वय गर्न सकस भएको देखिन्छ ।
    कठिन परिस्थितीमा आएको नेपालको नया संविधान २०७२ कार्यान्वयन समेत जटिलता देखिएको छ । नेपालमा विभिन्न विदेशी शक्ति केन्द्रहरुले आफ्नो स्वार्थ अनुकुलको कामहरु अगाडी वढदा देशले निकास नपाएको हो । राज्य सञ्चालन गर्ने राजनितिक दलका नेताहरु विदेशी शक्ती केन्द्रहरुको इसरामा चल्दा देशमा स्थायीत्व र निकास निस्कन मुस्किल परेको प्रमाणहरु छरपस्ट देखिन्छ ।

    देशलाई विभिन्न आन्दोलन र युद्धमा धकल्न मलजल गर्ने र आफ्नो अनुकुलको फाईदा लिने तत्वहरु हावी हुदा अहिले नेपालमा हुन लागेको प्रदेश सभा निर्वाचन र प्रतिनिधि सभा निर्वाचन पछि के हुने हो भन्न नसकिने अवस्था रहेको छ । विशेष गरी नेपाललाई अस्थिरता तिर धकलेर आफ्नो विभिन्न स्वार्थ पुरा गर्न खोज्ने भारतिय पक्ष र युरेपियन युनियनहरु अहिले नेपालमा सक्रिय रहेको छन् ।

    देशमा कहिले आन्दोलनको विउ रोप्ने, कहिले जातिय विउ रोप्ने, धार्मिक एजेण्डा अगाडी सार्ने र क्षेत्रियतालाई समेत राजनितिकि दलहरुको एजेण्डा बनाउदा देश विभिन्न समस्याहरु बाट जडकिएको छ ।

    देशका विभिन्न समस्याहरु रोपेर आफु अनुकुलको सरकार बनाउने र आफ्ना स्वार्थहरु पुरा गर्ने विदेशी परिपाटीले नेपाल प्रयोगशालाको रुपमा विकास भएको छ । यसको अन्त्यका लागी हामी नेपालीहरु एकजुट भएर देशलाई स्थिर र विकासमा अगाडी बढाउनुपर्दछ । अन्य विदेशी मुलुकहरुको प्रयोगशाला बन्नुहुदैन ।

    अहिले हुन थालेको बाम गठबन्दन र लोकतान्त्रीक गठबन्दन विचको मुख्य निर्वाचन प्रतिस्पर्धामा जसले जिते पनि बहुमतको सरकार बनाउने हैसियतमा एक दल पुगोस भन्ने हाम्रो अपेक्षा रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.