logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    लैंगिक हिंसा विरुद्ध कार्यक्रम


    २९ मंसिर २०७४ , शुक्रबार

    लैंगिक हिंसा विरुद्ध कार्यक्रम

    लुम्बिनीखबर
    भैरहवा, मंसिर २९ । मानब बेचबिखन तथा लैंगिक हिंसा अन्त्यका लागि महिला बिकास कार्यालय रुपन्देहीले १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियानमा विभिन्न सचेतनामुलक कार्यक्रम गरेको छ ।

    ‘लैगिक हिंसा अन्त्यको लागी कोहि नछुटौ सबै जुटौ’ भन्ने मुल नाराका साथ महिला तथा बालबालिका कार्यालय रुपन्देहीले सिमाक्षेत्र बेलहिया लगाएत क्षेत्रमा पुगेर अन्तरक्रिया तथा सुचना मुलक पर्चा पम्पेलिटिङ वितरण गरेको महिला विकास कार्यालय रुपन्देहीकी प्रमुख शारदा बस्यालले जानाकारी दिईन ।

    महिला विकास कार्यालय रुपन्देहीले सचेतनामुलक कार्यक्रम अन्र्तगत स्कुल शिक्षा कार्यक्रम, लामो तथा छोटो दुरि सवारि साधनहरुमा स्टिक टास्नुका साथै हस्ताक्षर कार्यक्रम, रिक्सा चालकहरुलाई अनुशिक्षण, घरदैलो अभियान लगाएतका कार्यक्रम गरेको हो ।

    कार्यालयले जिल्लाका सवै स्थानिय निकायहरुमा समेत पुगेर गैहसरकारी संस्थाहरुलाई १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियानमा सहभागी गराएको छ ।

    सुरक्षा निकाय स्थानिय समाजसेवी तथा राजनितिक दलका कार्यकर्ताहरु संग समेत १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियानमा महिला बिकास कार्यालय रुपन्देहीले छलफल तथा अन्तक्रिया गराएको महिला बिकास कार्यालय रुपन्देहीको सुचना शाखाले जनाएको छ ।

    घरेलु हिंसा र महिला हिंसाका घटनाहरु अन्त्य गर्न लागी गरिएको यो अभियानले रुपन्देहीका बस्तीहरुमा समेत प्रभाव पारेको स्थानियहरुले बताएका छन् । जिल्लामा घरेलु हिंसा अन्त्यका लागी विभिन्न गैरसरकारी संस्थाहरुले समेत पहल गरिरहेको देखिन्छ ।

    विभिन्न सञ्चार माध्यम मार्फत समेत १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियानको प्रचार प्रसार समेत गरिएको छ ।

    नेपालको संविधान २०७२ मा महिला अधिकारको सम्वन्धमा समेत नागरितामा समान वंशिय अधिकार र समान सहभागिता गराएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.