लुम्बिनीखबर
भैरहवा २९ मंसिर । राष्ट्रपति बिद्यादेवी भण्डारी पुस ८ गते भैरहवा आउने भएकी छन् । नेपाल जेसिजको आँै ४४ महाधिबेशनको उद्घाटन गर्न राष्ट्रपति भैरहवा आउने जेसिआई सिद्धार्थ नेपालका अध्यक्ष सुमन शर्माले जानकारी दिए ।

जेसिआई सिद्धार्थ नेपालको आतिथ्यमा भैरहवाको महेन्द्र सभा गृहमा तीन दिन सम्म चल्ने महाधिबेशनमा देशभरका १ सय ४४ शाखाका करीब २ हजार ५ सय प्रतिनिधि सहभागी हुने अध्यक्ष शर्माले बताए ।
महाधिबेशनमा सहभागी हुने प्रतिनिधिका लागी भैरहवा क्षेत्रका होटलका करीब १ हजार ८ सय बेड बुक गरिएको छ । २५ बर्ष पछि जेसिजको राष्ट्रिय महाधिबेशन दोस्रो पटक भैरहवामा हुन लागेको छ ।
यस अघि १९९१ मा भैरहवामा महाधिबेशन भब्यताका साथ सम्पन्न भएको थियो । महाधिबेशनको तयारी अन्तिम चरणमा पुगेको र सहभागी प्रतिनिधिलाई बुद्धको जन्मस्थल लुम्बिनिको समेत भ्रमण गराईने भएको छ । महाधिबेशन पछि भैरहवाको आन्तरिक पर्यटन प्रर्बधनमा ठुलो टेवा पुग्ने बताईएको छ ।