logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    सिद्धार्थनगरमा व्यवस्थित पिकनिक स्पट


    ७ पौस २०७४ , शुक्रबार

    सिद्धार्थनगरमा व्यवस्थित पिकनिक स्पट

    अरुण ज्ञवाली
    भैरहवा ७ पुस । सुन्दर मौसमको सदुपयोग गर्दै यति बेला हुलका हुल पिकनीक मनाइरइेका छन् । जाडो महिनाको पारिलो घामको न्यानोपनसँगै प्रकृतिको रमाइलोमा भुल्दै पिकनिक जानेहरुको लर्को छ, यतिबेला बिभिन्न ठाउँहरुमा ।

    पिकनिकमा नरमाउने को होला र ? पिकनिक भने पछि जोकोही खुसी नहुने कुरै छैन । पिकनिक नयाँ साथी बनाउने अवसर पनि हो । पिकनिक भनेपछि विशेष गरि युवायुवतीको जमात बढी खुसी हुन्छ । त्यसो त प्रौढ र बालबालिका पनि पिकनिक भनेपछि हुरुक्कै हुन्छन् । तर, युवा जोशमा पिकनिकमा रमाउनेहरु बढी भेटिन्छन् ।

    तर भैरहवाबासीको सधै एउटा गुनासो “ भैरहवामा पिकनिक स्थल र पार्क भएन ” । तर भैरहवाबासीको यो गुनासो अब पुरा हुने भएको छ । पारिवारिक होस वा साथीभाई सँग रमाईलो गरी पिकनिक मनाउन भैरहवा छोडेर टाढा जानुपर्ने बाध्यता रहन्थ्यो । अब त्यो बाध्यता भैरहवाबासीमा रहने छैन ।

    सिद्धार्थनगर नगरपालिका वडा नं २ मेउडिहवामा रहेको पञ्चवाटिका स्थललाई अहिले व्यवस्थित पिकनिक स्पट निर्माण कार्य सुरु भए पछि भैरहवाबासी पिकनिक मनाउन अब टाढा जानपर्ने बाध्यता हटेको छ ।

    शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय भैरहवाले पञ्चवाटिकामा ब्यबस्थित पार्क र पिकनिक स्पट निर्माण सुरु गरेको छ । शहरी विकास तथा भवन निर्माण बिभाग डिभिजन कार्यालयका ईन्जिनियर सुरेश खनालका अनुसार १ करोड ३५ लाखको लागतमा उक्त क्षेत्रमा पिकनिक स्पट निर्माण सुरु गरिएको छ । निर्माण परियोजना अन्तरगत उक्त क्षेत्रमा ७ वटा पिकनिक सेड घर,फुटपाथ, बालबालिकाका लागि बोटिड गर्न पोखरी निर्मााण र हरियाली बनाईने छ । करीब ३ बिघा १६ कटठा क्षेत्रपmल रहेको उक्त पिकनिक स्पट सगुन कन्सट्रक्सनले निर्माण गरिरहेको छ ।

    ईन्जिनियर खनालका अनुसार निर्माण सुरु भएपछि असार मसान्त सम्म समय अवधि भएपनि आउँदो दुई महिना सम्ममा निर्माण सम्पन्न गरिने छ ।

    अघि बढ्दै सिद्धार्थनगर
    सफा सुग्घर, हराभरा र पर्यटकीय नगर बनाउने मुख्य उद्धेश्यका साथ सिद्धार्थनगर नगरपालिकाले दीर्घकालीन एकीकृत सहरी विकास गुरुयोजना बनाउन सुरु गरेको छ ।
    बुद्ध जन्मस्थल लुम्बिनीको प्रदेशद्वार र स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने नाका समेत रहेको यो नगरको चौतर्फी विकास गर्ने उद्देश्य सहित गुरुयोजना बनाउन लागिएको हो ।

    गुरुयोजना तयार गर्न परामर्शदाता छनौट गर्ने र परामर्शदातालाई नगरबासीको घरदैलोमा पठाई नगरवासी, बुद्धिजीवी, राजनीतिकर्मी, समाजसेवी र विषयगत क्षेत्रका विज्ञहरुको सहभागितामा एक वर्ष भित्र गुरुयोजना बनाइने सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले बताए ।

    लामो समय जनप्रतिनिधिविहीन हुँदा प्राप्त सम्भावना हुँदाहुँदै पनि विकसित हुन नसकेको सिद्धार्थनगरलाई जनप्रतिनिधिहरु आएसंगै योजना सहित विकास गर्न थालिएको छ ।
    पर्यटकीय विकासका लागि नगरपालिकाले नगर भित्र पर्ने डण्डा खोलामा बोटिङ सञ्चालन गर्ने, नेपाल–भारत सीमा नाका बेलहियामा विशाल बुद्ध मूर्ति निर्माण गर्ने जनाएको छ । त्यसका लागि टेण्डर समेत आह्वान गरिसकिएको छ ।

    यस्तै नगरका मुख्य स्थानका घरहरुमा बुद्ध जीवनींसग मेल खाने गरी एकै किसिमको रङ लगाउने लगायतका योजना अगाडी सारेको छ ।
    डम्पिङसाइड नहुँदा जथाभावी फोहोर फाल्नाले दुर्ग्न्धित बन्दै गएको नगरलाई स्वच्छ र सफा राख्न फोहोर व्यवस्थापनलाई व्यवस्थित गर्दै लैजाने नगरपालिकाले जनाएको छ । रातिको समय र बिहानको समयमा नगर प्रहरी परिचालन गरी जथाभावी फोहोर फाल्नेलाई कारबाही गरिने प्रमुख अधिकारीले बताए ।

    नगरपालिकाले महिला तथा बाल विकास, शिक्षा, स्वास्थ्य, कृषि र पशुविकास जस्ता कार्यक्रमलाई प्रभावकारी बनाउन ११ करोड ४८ लाख विनियोजन गरी काम अगाडि बढाएको उपप्रमुख उमा काफ्लेले बताइन् ।

    नगरपालिकाको कार्यालय भवन जिर्ण हुनाको साथै नगरपालिकामा कार्यरत कर्मचारीहरुको लागि आवश्यक पर्ने कार्यकक्ष समेत अभाव भएकाले वडा नं. ५ मा पर्ने हाटबजारमा रहेको पिआइयु इकाई रहेको भवनलाई भत्काई सो स्थानमा नगरपालिका कार्यालय भवन निर्माणको लागि नक्सा निर्माण भइरहेको नगरपालिकाले जनाएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.