लुम्बिनीखबर
भैरहवा ७ पुस । नेपाल सुनचाँदी ब्यवसायी महासँघको केन्द्रीय सातौ पूर्ण बैठक तथा पदाधिकारी भेला पुस ७ र ८ गते भैरहवामा हुने भएको छ ।
नेपाल सुनचाँदी ब्यवसायी सँघ रुपन्देहीको आतिथ्यमा हुने बैठकमा केन्द्रिय कार्यसमितिका ५५ जना पदाधिकारीको सहभागिता रहने अध्यक्ष बिक्रम बहादुर सुनारले जानकारी दिए । बैठकमा सुनचाँदी ब्यवसायमा आएका ब्यवसायमा आएका समस्याको बारेमा गम्भीर छलपmल हुने केन्द्रिय उपाध्यक्ष प्रेम कुमार सेन्चरीले बताए । बैठकको ब्यवस्थापनको जिम्मेवारी केन्द्रिय उपाध्यक्ष प्रेम कुमार सेन्चुरी र केन्द्रिय सदस्य जोगलाल बिश्वकर्मा दिईएको छ ।