logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    एलआइसीले दियो मृत्यकको परिवारलाई १३ लाख


    ३ माघ २०७४ , बुधबार

    एलआइसीले दियो मृत्यकको परिवारलाई १३ लाख

    गोविन्द प्रसाद गिरी
    भैरहवा,पुस ३ । लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल लिमिटेड ( एलआइसी नेपाल) ले दुर्घटना वाट मृत्यु भएका रुपन्देही बासगढीका ३४ बर्षिय शंकर कुंवरको परिवारलाई दुर्घटना विमा बापत १३ लाख रुपैया हस्तान्तरण गरेको छ ।
    २०७३ साल साउन २ गते बैदेशिक रोजगारको लागी कतार जादाँ कुवँरले बैदेशिक रोजगार दुर्घटना विमा एलआईसी नेपालमा गरेका थिए । बैदेशिक रोजगार म्यादी जिवन विमा बापत २७ सय तिरेपछि विमितले १३ लाख रुपैया पाउने व्यवस्था रहेको छ ।


    एलआइसी नेपालको बैदेशिक रोजगार म्यादी जिवन विमा वापतको रकम विमितको कुनै दुर्घटना भएर मृत्यु भएको खण्डमा दिने गरिएको छ ।
    कुंवरको पनि कतारमा रोजगार गरि नेपाल फर्किसकेपछि काठमान्डौ वाट घर आउने क्रममा मंसीर १३ गते लु२ ख २९१ नम्बरको बस त्रिसुली नदिमा दुर्घटना भैई मृत्यु भए संगै परिवारले उक्त रकम पाएको हो ।
    मृत्यु भएका कुंवरको परिवारलाई एलआइसी नेपाल बुटवल शाखा प्रमुख सुर्य जिसीले एक कार्यक्रमका विच उक्त रकमको चेक हस्तान्तरण गरेका हुन । एलआइसी नेपालले डेथ क्लेम अन्र्तगत कुनै पनि विमितको परिवारलाई सहजै इन्सुरेन्स बापत पाउने रकम उपलव्ध गराउने गरेको एलआइसी नेपालका एजेन्सी म्यानेजर नवराज गौतमले जानकारी दिए ।
    बैदेशिक रोजगारका लागी कतार पुगेर एक महिने बिदामा नेपाल आएका कुंवरको मृत्यु संगै उनको परिवारले पाएका यो रकमले छोरा छोरिको शिक्षा दिक्षामा लगानी गर्ने उनको पारिवारिक स्रोतले जानाकारी दिएको छ ।


    कुंवरको घरमा बृद्ध आमा, श्रीमती, एक ५ बर्षिया छोरी र १० महिनाको छोरा रहेका छन् । बुवाको मृत्यु पछि निकै दुःख र कष्टका साथ हुर्काएर बैदेशिक रोजगारमा पुगेर फर्किएको छोराको दुर्घटनामा मृत्यु भएपछि उनकी आमालाई ठुलो बज्रपात परेको छ । कुंवरले आफ्नो मृत्यु संगै १० महिनाको छोराको समेत मुख सम्म हेर्न पाएनन् । उनको मृत्यु संगै उनकी श्रीमतीको काघमा परिवारिक जिम्मेवार थपिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.