logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    पैदलमार्गीलाई घाईते पार्दै सिर्दाथनगरको फुटपाथ


    २५ माघ २०७४ , बिहिबार

    पैदलमार्गीलाई घाईते पार्दै सिर्दाथनगरको फुटपाथ

    कमिशनतन्त्र बिग्रियोले संरचना
    –उमेशचन्द्र रिजाल
    फुटपाथ अथवा अंग्रेजीमा उल्था गर्दा फुट ब्रेक पाथ हुन्छ । यो फुट ब्रेक पाथ सिद्धार्थनगर नगरपालिकामा पूर्ण रुपमा लागू भएको छ । बिहान मर्निङवाकमा जानु छ भने फुटपाथबाट हिँड्दै नहिँड्नु, हिँड्नैपर्ने भएमा सडक किनाराबाट हिँड्नु । वास्तवमा सिद्धार्थनगर नगरपालिकामा बसेर योजना बनाउनेहरुलाई धन्यवाद नदिई सकिन्न । यसका धेरै पाटाहरु मध्ये म फुट ब्रेककै वरिपरि यो लेखलाई डो¥याउन चाहेको छु ।

     

    पूर्व झापा लखनपुरबाट एक मित्र म कहाँ आए, उनको मर्निङवाक गर्ने बानी रहेछ । लखनपुरलाई मङ्गलबारे बजार पनि भनिन्छ । दमकको रतुवा पुल पार गरेपछि पाडागुँगीबाट एक कि.मी. दक्षिण लागेपछि ठ्याक्कै मङ्गलबारे बजारमा पुगिन्छ, त्यहाँ हरेक मङ्गलबार बजार लाग्दछ, अझै पनि लाग्ने हो भने गौरादह, गौरीगञ्ज हुँदै भारतीय सीमामा पुगिन्छ ।

    मेरा मित्रलाई मङ्गलबारे, पाडागुँगी र फेरि पाडागुँगी मङ्गलबारे मर्निङवाक गर्ने बानी रहेछ । उनी रात्री बस चढेर बिहान यस्तै सात बजे मलाई फोन गरे । मैले बुद्धचोकमा उर्लिएर मकालु बुक्स अगाडि उभिनु भनेर पहिले नै भनिसकेको थिएँ । उनलाई लिन म बुद्धचोकमा गएँ र आफ्नो वासस्थानमा ल्याएँ । मर्निङवाक बानी हो वा के हो उनी बडो फूर्ती देखिन्थे ।

    धेरै भलाकुसारी भयो । “हैन यहाँ मर्निङवाक गर्ने कता होला ? ” उनले प्रश्न गरे । “अरे ! यार यहाँ मर्निङवाकको कुनै समस्या छैन, सारा नगरमा फुटपाथ छन्, जति हिँडेपनि हुन्छ ।”

    उनी दङ्ग परे । खुुशी भए, भोलिपल्ट बैठक कोठामा जहाँ उनी सुतेका थिए, बिहान ६ बजे गएको त मर्निङवाकमा हिँडिसकेका रहेछन् । मलाई खुल्दुली भयो । कहाँ गए होला ? हिँड्ने ठाउँ त मैले बयान गरेकै हुँ । बुद्धचोकबाट दक्षिण लागि शान्तिनगर भैरहवा बहुमुखी क्याम्पस आडबाट पश्चिम तर्फ हिँड्दै देवकोटा चोकबाट उत्तर लाग्नु त्यति भए पुग्छ । मैले अघिल्लो दिन सम्झाएको हुँ ।

    करीब ८ बज घुँडाभरी रगतका धारा बहाउँदै मेरो वासस्थानमा आइपुगे, म आत्तिएँ । “के भयो ? मित्र के भयो ?” मेरो मुखबाट यत्ति मात्र आवाज आयो ।
    उनको घाउमा मल्हमपट्टी गरियो, घाउ सामान्य भएपनि मेरो लागि यो धेरै नरमाइलो घटना थियो ।

    उनले मलाई अत्यन्त नम्रताका साथ भने, “हेर्नुहोस् मित्र यो फुटपाथ हो कि फुट ब्रेक पाथ हो, यहाँ त फुटपाथमा हिँड्दा ड्याङड्याङ आवाज आउँछ । कुनै सिमेन्टका स्लाब अग्ला र कुनै होचा छन्, त्यति मात्र होइन यसलाई नमुना नगर बनाउँछु भन्नेहरुले के मानिसका घुँडो, टाउको फुटाएर मात्र बनाउने हो । के यहाँका नगरपालिका प्रमुख, सरोकारवालाहरुलाई त्यसबारे थाहा छैन ?ठूलो दुर्घटनाबाट म बचेँ,तर भविष्यमा यहाँका आम नागरिकलाई त यो अवस्था पूर्ण राखिएका स्ल्याबहरु बारे अवगत हुनु पर्दैन ?”

    म गम्भिर सोचमा परेँ । मेरो गम्भीरता देखेर उनले भने, “ठीक छ यो साधारण चोट हो, अरुलाई नलागोस् मेरो यत्ति आग्रह हो ।” “यो जाबो कुरा होइन, यसका बारेमा बसेरै सरोकारवालासँग कुरा गर्नुहोस्” उनको सुझाव ।

    भोलिपल्ट दिउँसो दुवै सिद्धार्थनगर घुम्न निस्कियौँ । बिहान देखिएको फुट ब्रेक पाथ नै थिएन । फुटपाथमा कुखुरा पसल, फलफुल, चिया, मोटर र मोटरसाइकल पार्किङ । मित्रले मलाई व्यङग्यपाथ कसिहाले, “जनताको खुट्टा भाँचिनु भन्दा यो ठीक, तर यो पनि फुट ब्रेक पाथ नै हो । कहिले तल, कहिले माथि हिँड्नुपर्ने बाध्यता ।”

    “मित्र म एउटा सल्लाह दिन्छु, अब फुटपाथबाट होइन, नवनिर्माण हुन लागेका बाटाहरु जुन एडिबीको सहयोगमा बन्दैछन्, त्यहाँ नहिँड्नुहोला ।”
    मेरो आग्रहलाई उनले ठाडै अस्विकार गरे, “ यो फुट ब्रेक पाथबाट म मुक्ति चाहन्छु, भोलि झापातिरै लाग्नुपर्ला । मित्रलाई मैले धेरै आग्रह गरेँ, उनी बस्न मानेनन् । एउटा प्रश्न चाहिँ मैले पनि सोधेँ, “सरोकारवाला भनेको को हो ? ” उनको जवाफ, “यो फुट ब्रेक पाथ बनाउने देखि सम्पूर्ण सका घेरामा यो पर्दछ ।”

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.