नरेश के.सी.
रुपन्देही, फागुन २७ । गत वर्ष चैत्र १२ गते मगर जातिको मात्रै बसोबास रहेको पाल्पाको सुकेताल पुग्दा हामी अत्यन्तै हर्षित भएका थियौँ ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्व अध्यक्ष माधव नेपाल, लुम्बिनी पर्यटन प्रबद्र्धन विकास समिति सदस्य सागर अधिकारी, रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका निवर्तमान अध्यक्ष मोदनाथ बेलबासे, सिद्धार्थ ट्राभल एण्ड टुर एजेन्ट (साट्टा) का अध्यक्ष चन्द्र बहादुर थापामगर, सिद्धार्थ होटल एशोसियनका सदस्य थानेश्वर पौडेल, पर्यटन व्यवसायी गमला नेपाल, लिला बहादुर बोहरा, होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्व सदस्य लाल बहादुर के.सी लगायतको टोलीले सुकेतालको त्यतिबेला अवलोकन भ्रमण गरेको थियो ।
दोभान पर्यटन विकास समितिका अध्यक्ष दल बहादुर गुरुङको संयोजनमा भएको उक्त कार्यक्रमका पर्यटन क्षेत्रका अगुवाहरुले सुकेतालको प्रबद्र्धन र संरक्षणमा योजनाबद्ध रुपमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
पर्यटन पत्रकारको रुपमा कलम चलाईरहेको नाताले त्यतिबेला पर्यटन व्यवसायीको टिमसँग त्यहाँ पुग्दा र त्यसको झण्डै एकवर्षपछि सोही ठाउँको अवलोकन भ्रमणमा पुग्दा धेरै उथलपुथल भएको देखियो ।
दोभानका युवा समाजसेवीद्वय दलबहादुर गुरुङ र राजेश श्रेष्ठको विशेष अगुवाईमा सुकेताललाई ग्रामीण पर्यटनको नयाँ गन्तव्यको रुपमा विकास गरिँदै गएको थियो । त्यतिबेला भेट्दा सामाजिक अभियन्ता गुरुङ जति उत्साहित थिए गएको शुक्रबार पुनः सोही ठाउँमा भेट्दा उनमा नैराश्यता छाएको देखियो ।

उक्त क्षेत्रको प्रबद्र्धनमा सामाजिक अभियन्ता गुरुङ र श्रेष्ठले झैँ पछिल्लो समय धेरैले समय खर्चिरहेका छन् । सरकारी कोषबाट पनि धेरथोर रकम लगानी भईसकेको छ । बाह्रै महिना पानीले डम्म परेको तालबाट निकालिएको ३ किलोवाटको लघु जलविद्युत परियोजनाले त्यस गाउँका सबै घरधुरी झिलिमिली बनिरहेका थिए । सुकेताल सांस्कृतिक क्लबको प्रस्तुति, स्थानीय उत्पादनको परिकार र हार्दिकता सहितको मगर समुदायको होमस्टेलाई अझै विस्तार गर्दै थप पर्यटक ओइराउने सपनामा अहिले तुषारापात भएको देखिएको छ ।
सो क्षेत्रमा रहेको गरिबी र चेतनाको कमीलाई दास बनाउँदै केही महिना यता विभिन्न प्रलोभन देखाई उक्त पर्यटकीय क्षेत्रको दोहन गर्ने गिरोह सक्रिय भएकोे पाइएको छ । नेपाल पर्यटन पत्रकार संघ रुपन्देहीको प्रथम बैठकको अवसरमा त्यहाँ पुगेका सांसद तथा उक्त गाउँपालिकाका जनप्रतिनिधिले समेत सुकेतालमा डोजर आतंक मच्चिएको बताए ।
सोही क्षेत्रका प्रदेशसभा सदस्य तुलाराम घर्ती (वसन्त), तिनाउ गाउपालिका वडा नम्बर २ का अध्यक्ष राजेश श्रेष्ठ र सुकेताल पर्यटन विकासका अभियन्ता दलबहादुर गुरुङ, पर्यटन पत्रकार संघका अध्यक्ष भुवन कार्कि लगायतले सुकेतालमा विकासका नाममा प्राकृतिक सौन्दर्यताको विनाश भईरहेको भन्दै चिन्ता समेत व्यक्त गरे । प्रदेश सभा सदस्य घर्तिले भने ‘ पर्यटन समृद्ध नेपालको आधारशीला हो । सुकेताल, बल्ढेंगगढी, पाटन, डडेगाऊ जस्ता प्राकृतिक सौन्दर्यतामा ह्रास आउनेगरी गरिने सबै कामलाई हामी निषेध गर्न बाध्य हुनेछौं । ’
सांसद घर्तिले तत्कालको फाइदा भन्दा दिर्घकालिन रुपमा हुने पर्यटकीय व्यपार तिर लाग्न स्थानियलाई समेत आग्रह गरे । सांसद घर्तिले त्यसो भनिरहदा नजिकै डोजर र टिप्परले धुलोंको मुश्लो उडाईरहेका थिए ।
उक्त ठाउमा अहिले अल्फा कम्पनिले सुकेतालको सबै गाउ नै विस्थापीत गर्नेगरी चुनढुंगा उत्खनन गर्नेगरी योजना अगाडी बढाएको छ । खानीको उत्खनन सुरुभएसंगै बाह्रै महिना कलकल बग्ने पानीका मुहानहरु सुक्ने खतरा बढेर गएको छ भने हाल दैनिक ५ सय बराबरमा चल्ने टिप्परको कुदाईले अहिले त्यहाका जनता पीडित भएका छन् ।
सोही ठाऊको स्थलगत अवलोकनमा पुगेका नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन ५ नम्बर प्रदेशका सचिव प्रदीप आचर्यले भने ‘ तत्काललाई खानीवालाले बाटो विस्तार गरेर, दुई चार जनालाई टिप्परमा हेल्परको काम दिएर खुसी पारेको देखियो तर खानी सन्चालन भयो भने अर्घाखाचीको नरपानीमा अवैज्ञानिक ढंगले उत्खनन गर्दा जत्ति असर गरेको थियो त्यो भन्दा बढी असर यहां देखा पर्नेछ । ’ आचर्यले स्थानियबासी तत्काल प्रलोभमा नफसी सुकेताल जस्तो प्राकृर्तिक सौन्दर्यको थलोलाई बचाउन त्यस ठाउमा कुनै हालतमा पनि प्रकृतिको दोहन गर्ने काममा रोक लगाउन एक हुनुपर्ने पनि बताए ।
समुद्र सतह देखि ९ सय मिटरको उचाईमा रहेको चुरेको खोंचमा ३ रोपनी क्षेत्रफलमा फैलिएको ताल नै त्यहाँको मुख्य आकर्षणको केन्द्र हो । चैत महिनाको उखरमाउलो गर्मीमा पनि डम्म पानीले भरिएको तालमा दालचिनी, सिमल र विभिन्न्न हरियाली बिरुवाको प्रतिछायां त्यहांको मुख्य आकर्षण हो । तालको बीचमा शिबजीको मन्दिरमा दर्शनार्थीको घुईचाले काठमाण्डौको रानीपोखरीको झल्को समेत दिनेगर्दछ ।
सिद्धार्थ राजमार्गको बुटवल – पाल्पा सडक खण्डको दोभानबाट तल खोलामा झरेर झयांग्ला जाने बाटोलाई केही माथिसम्म पछ्याई डोल भन्ने ठाउँबाट माथि डाँडामा करिब १५ मिनेटको यात्रापछि सुकेताल पुग्न सकिन्छ ।
चूरेको खोंचमा त्यति धेरै उचाइमा विरलै पाइने सिमसार र ताल हेर्न अवलोकन गर्न देश विदेशबाट मान्छेहरु आउन थालेपछि मगर समुदायको जीवनशैली पनि फेरिने धेरैले अपेक्षा समेत गरेका छन् । मगर समुदाय र सस्कृतिको अनुपम उदाहरण बोकेकोे, सडक यातयात सँग सिधा जोडिएको, प्राकृतिक दृष्टिले विविधतायुक्त सुकेताल नेपालको ग्रामिण पर्यटनको आधारशिला बन्नेमा धेरैको विश्वास समेत थियो ।
साविकको दोभान ९ हालको तिनाउ गाउँपालिका वडा नम्बर २ पर्ने उक्त सुकेतालमा वर्षमा ५ देखी ८ हजार सम्म आन्तरिक पर्यटक आइरहेको विगतको तथ्यांक छ । उक्त ठाउमा २०६५ सालमा ग्रामिण पर्यटन महोत्सव शुरु भएको थियो । केही महिना पहिले चौथो महोत्सव समेत सम्पन्न भएको छ भने २०६७ सालदेखी होम स्टे सन्चालनमा आएको हो ।
सोही ठाउँमा ०६८ सालमा संरक्षणमा साहित्यिक यात्रा भन्ने विशेष कार्यक्रम समेत सम्पन्न भएको थियो । पश्चिम नेपालको व्यापारिक केन्द्र बुटवलबाट बढीमा १ घन्टामा पुग्न सकिने सुकेतालमा अहिले डोजरले बाटो बनाउने नाममा तहसनहस नै पारेकोप्रति भने पर्यटनसंग सरोकारितहरु चिन्तीत भएका छन् । पर्यटन व्यवसायीहरु सो ठाउमा होटल तथा पर्यटकीय गन्तब्यकोलागी आवश्यक भौतिक संरचना बनाउन जग्गा खोज्दा नपाउने तर खानी उत्खननकोलागी स्थानियले जग्गा सहजै उपलब्ध गराउने गरेको प्रति पनि आश्चर्यचकित परेका छन् ।
यता पाल्पाको दोभान क्षेत्रमा टिप्परहरुले आतंक नै मच्चाउने गरेको पाइएको छ । दोभान प्रहरी चौंकीले बुटवलबाट पाल्पातर्फ जाने गाडीलाई इन्ट्री गर्ने चलन छ । तर टिप्परहरुलाई भने गर्दैन ।
सबै गाडीलाई गर्ने टिप्परलाइ चाहि किन नगरेको होला भनि हामीले सोधीखोजी गर्दा टिप्परहरुको बलमिचाई र माथिददेखीको सेटींग रहेको बुझियो । दुघर्टना ग्रस्त उक्त क्षेत्रमा दैनिक १२ सय बराबर टिप्पर ओहोरदोहर गर्ने गर्दछन् । ति टिप्परको अत्यधिक गति, ध्वनी प्रदुषण र तीनले उडाउने धुलोको कारण सर्वसाधरणले त सास्ती खेपेकै छन् त्यो भन्दा बढी सास्ती सडक ड्युटीमा रहेका प्रहरीले खेपीरहेका छन् । चौकीका इन्चार्ज शान्त बहादुर बस्नेतले भने ‘गत साल इन्ट्री गर्न खोजिएको थियो तर जनशक्ति र समय बढी लाग्ने तथा तत्काल लामो जाम हुने भएकोले माथिकै निर्देशनमा टिप्परको इन्ट्री गर्न छाडिएको हो । ’
प्रहरीले इन्टी र चेकजाच नगर्दा सिद्धबाबाको त्यो खतरनाक बाटोमा टिप्पर चालकहरुले हवाईजहाज उडाए झै टिप्पर कुदाईरहेका हुन्छन् ।
साना सवारी साधनहरु उनीहरुको कार्नै फुट्नेगरी बजाइने हर्नको आवज सुन्दा वित्तिकै टाढै निरीहतापुर्वक साइड खालीको पर्खाईमा बसीरहेका देखिन्छन् । महिनैपीच्छे मान्छेको अनाहकमा ज्यान लिईरहेका टिप्पर चालकमाथी कडाइ गर्ने बेलामा प्रहरीले कागजात, लाइसेन्स तथा कुनैपनि चिज चेकजाच नगरी छाडीदिदा उनीहरु त्यो क्षेत्रमा डनको रुपमा परिचय बनाइरहेका छन् ।
यता पश्चिम क्षेत्रीय ट्राफीक प्रहरी कार्यलय बुटवलले भने ओभरलोड र ढाला छोपेर नआएका गाडीलाइ कारबाहि गरिरहेको बताएको छ । उक्त कार्यलयका निमित्त प्रमुख डिएसपी माधब प्रसाद बुढाथोकीले भने ‘ हामीले ट्राफीक नियम उल्घंन गर्नेलाई कारबाहिको दायरामा ल्याएका छौं । तर इन्ट्री गर्न तत्काल असहज भएकोले नगरिएको हो । ’