कमल रायमाझी
भैरहवा, १ चैत । नेपालको पुरानो मोर्डन चिया उद्योग बाट उत्पादित मुना चियामा भैरहवाका एक व्यवसायीलाई राईस कुकर उपहार परेको छ ।
भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पतालमा चमेना गृह सञ्चालन गरिरहेका गंगाराम अर्याललाई मुना चियाको प्याकेट भित्र राईस कुकर उपहारको कुपन परेको थियो ।
उपहारको कुपन पाएका अर्याललाई मुना चियाको अधिकृत बिक्रेता मंगला इन्टर प्राईजेज भैरहवाका प्रोपाईटर हेमन्त राज जोशीले कुकर हस्तान्तरण गरेको चिया उद्योगका प्रतिनिधि मिलन पोखरेलले जानाकारी दिए ।
मुना चियाको प्याकेट भित्र नगद उपहार, सुनचादीको सिक्का, टिभि, फ्रिज, राईस कुकर लगाएत उपहार कुपन रहेका छन् ।
नेपालमा नम्बर १ बिक्री हुने मुना चिया युवा देखी बृद्धा सम्मको रोजाईमा परेको देखिन्छ ।